चैत्र २७, काठमाण्डाै । एन आई सी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक, नवलपरासी स्थित गैंडाकोट शाखाको आज मिति २०७४ चैत्र २७ गते एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर श्री छत्रराज पौडेल एवं एन अार्इ सी एशिया बैंकका संचालक श्री राजेन्द्र प्रसाद अर्यालबाट संयुक्त रुपमा विधिवत् समुद्घाटन सुसम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथी श्री छत्रराज पौडेलले स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको एवं त्यहाँ बसोबास गर्ने सबै व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारण, कर्मचारीहरु समेतलाई समस्या परिरहेको कुरालाई एन आई सी एशिया बैंक लि. ले अवलम्बन गरेको शाखा विस्तारको रणनीतिले सबैमा खुशी छाएको जनाकारी गराउनुभयो । साथै उक्त कार्यक्रममा संचालक श्री राजेन्द्र प्रसाद अर्यालले बैंकले आम सर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको एवं राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित बनाईरहेको एवं भविष्यमा समेत यस्ता कार्यलाई निरन्तरता दिने कुराको समेत जानकारी गराउनुभयो ।
यसै विषयमा बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने भन्नुहुन्छ, "बैंकलाई सर्वसाधारणबाट दर्शाउनुभएकोे प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब रू १३१ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।"
Liked by: