चाहे अमेरिकन आइडोल होस् या बेलायती पप आइडोल होस् या नेपाल आइडोल नै किन नहोस् ? सिमोन फुलरको नाम कन्सेप्ट अर्थात अवधारणा निर्माताका रुपमा सदैव आउने गर्दछ । आज नेपाल लगायत बिश्वका धेरै देशहरुमा सिमोनको अवधारणाको आइडल शोहरु चलिरहेका छन् । नेपालमा पनि यसैबर्ष नेपाल आइडल प्रथम पटक अन्य देशहरुमा जस्तै एउटा नितान्त बिदेशी कम्पनीको हाँगाका रुपमा आएको कुरा हामीले बुझ्न भनें जरुरी छ ।
यो पनि हेर्नुहोस् : मानिसलाई खुशी किन र केका लागी ?
यसअघि पनि नेपालमा यस्तै प्रकारको गायन रियालीटी शो "नेपाली तारा" का थुप्रै संस्मरणहरु भइसकेको छ । नेपाली ताराका केही संस्मरणहरु मार्फत नेपालले राम्रा राम्रा कलाकारहरु पनि पाएको छ । फेसबुक लगायतका अन्य धेरै सामाजिक सञ्जालमा आइडलका उम्मेदवारहरु, बाहीरिएका उम्मेदवारहरु लगायत बिभिन्न आरोप प्रत्यारोप छाइरहेको छ । लगत्तै आएका कुराहरुमा निर्णायक अनि अतिथीहरुले पनि यसो गरे अनि उसो गरे ले प्राथमिकता पाइरहेको छ, हैन त ?
बिश्वभरिको चलन हो, रियालीटी शोमा दर्शकहरुले भोटीगं गरेर आफ्ना चित्त परेका उम्मेदवारहरुलाई छान्ने , नेपाल आइडल पनि बिशुद्ध यस्तै एउटा प्रतिभाको खोजी गरिने धरातलका रुपमा सामान्य हेरिन जरुरी छ ।
जात या थरका आधारमा नेपाल आइडोलका प्रतिस्पर्धीहरुलाई हेरिनु भनें वास्तवमै नेपालीपनाको कमीका रुपमा हामीले हेरेका छौं । संगीतको प्रतिस्पर्धामा कहाँवाट कसले जात अनि बिभेदका कुराहरु छिराएका हुन्, दैव जानोस् तर त्यसता कुराका पछि लाग्नु अनि जातीय आक्षेप लगाउनु भनें नराम्रो हो ।
कुरा नै गर्ने हो भनें, इन्डियन आइडोलमा प्रशान्त तामागंलाई जिताउन महत्पवूर्ण भूमिका खेलेका नेपालीहरु आज आफ्नै देशमा भएको त्यसतै रियालीटी शोमा आआफ्नै दाजुभाई बीच भनाभैरी गरिरहेको कत्तिको सुहाएको छ ? मनन गर्न जरुरी छ ।
कुनै पनि प्रतिस्पर्धामा आआफ्ना मन खाएका उम्मेदवार, खेलाडी अनि कलाकार त सबैको हुन्छ नि हैन र ? तर आफ्नो रोजाई अनुरुप प्रतिस्पर्धा त कहाँ हुन्छ र ?
कुरा जे होस्, नेपाल आइडलमा जात या सम्प्रदायका आधारमा उम्मेदवारहरुको कलालाई तौलनु र अस्वस्थ समर्थन गरिनु नराम्रो नै मान्नुपर्दछ । नेपाली आइडलमा नेपालीपना त हराउनु भएन नि ? एउटा रोचक प्रसँग कोट्याउन चाहन्छौं यस आइडल रियालीटी शोको । चाहे अमेरिकन आइडोल होस् या भारतीय होस् या अन्य कुनै देशको ? आइडल बिजेता भन्दा पनि त्यसका अन्य प्रतिस्पर्धीहरुले चर्चा बटुलेका र शिखर चुमेका छन् ।
भारतमा नै आइडोल शोबाट निस्केकी नेहा कक्कर त्यस्तै श्रेया घोसाल , अरिजित सिंह जस्ता चर्चित गायकहरु पनि यसतै रियालीटी शो मार्फत आएका हुन् । त्यसतै अमेरिकन आइडलमा पनि केली क्रयाक्शन, रुबेन स्टुडार्ड, सञ्जय मालाकर आदीहरु प्रतिस्पर्धाबाट निस्कीएपनि बजारमा हजारौं डलर दैनिक कमाइरहेका छन् । कला र सीपको कदर गरौं अनि नेपाल आइडलमा नेपालीपना जागाऔं, हाम्रो पात्रोको सादर अनुरोध ।
Liked by: