क्याप्टेन पारस खड्काले रेडियोकर्मी सबिना कार्कीसँग नेपाली टिमलाई सबैको शुभकामना र हौसलाको खाँचो रहेको बताएका छन्, उनिसँगको कुराकानी सुन्नुहोस, हाम्रो पात्रोको पोडकास्टमा ।
लर्डस ग्राउन्डको मालिक र संसारकै सबैभन्दा सक्रिय क्रिकेट क्लबमध्यको एउटा क्लब मेरिलिबोन क्रिकेट क्लब, एमसीसी र नेपाल बिच भोली अर्थात मगंलबार १९ जुलाई २०१६मा एतिहासिक क्रिकेट म्याच हुँदैछ । नेपाल र बेलायत बिचको आसन्न र दौतरी समबन्धको उपमाको रुपमा लिइएको यो म्याचमा नेपालका तर्फबाट क्यापटेन पारस खड्का, ज्ञानेन्द्र मल्ल लगायत एमसीसीका तर्फबाट क्याप्टेन केइथ डचले क्यापटेनशीप सम्हाल्नेछन् ।
कुराकानी सुन्नकालागि यहाँ थिच्नुहोस् ।
एमसीसीले गत बर्ष नेपालमा एउटा सदभावना भ्रमणगरि काठमाडौ र पोखरा लगायतका शहरमा ६ वटा म्याचगर्दै भुकम्प प्रभवित नेपाली यूवाहरुसँग खेल प्रशिक्षण र अन्र्तक्रिया कार्यक्रम पनिगरेको थियो । सन् २००३ देखि नेपालमा भ्रमण शुरुगरेको एमसीसीको गतबर्षको नेपाल भ्रमण तेसा्रे भ्रमण थियो । स्थानिय समयअनुसार दिनको ११ बजे शुरुहुने म्याचमा वयस्ककालागी पाउन्ड स्टेरलिगं १० र बालबालिकाका लागी पाउन्ड स्टेरलिगं ५ शुल्क तोकिएको छ । उक्त म्याचका स्कोरहरु हरेकक्षण लर्डसको फेसबुक प्रोफाइलमा अपडेट गरिनेछ । (https://www.facebook.com/lordscricket/)
क्याप्टेन पारस खड्काले रेडियोकर्मी सबिना कार्कीसँग नेपाली टिमलाई सबैको शुभकामना, हौसला र आशिर्वादको खाँचो रहेको बताएका छन्, उनिसँगको कुराकानी सुन्नुहोस, हाम्रो पात्रोको पोडकास्टमा ।
Liked by: