हुम्लाका जिवन्त तस्वीरहरुः यसपटकको 'फोटो नेपालमा' | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हुम्लाका जिवन्त तस्वीरहरुः यसपटकको 'फोटो नेपालमा'




अनि तपाईलाई थाहा छ ? यसवर्ष नेपाल पर्यटन वोर्डले घुमफिर वर्षकारुपमा प्रर्वधन गरिरहेको छ । आउनुहोस, सबैजना मिलेर यस वर्ष धेरै भन्दा धेरै स्वदेशी गाँउठाँउहरु घुमौ, हेरौ अनि जानौं । नयाँ ठाउँको यात्रा गर्नु नै धेरै भन्दा धेरै सिक्न पाउने अवसर हो अनि फेरि आफ्नो देशका ठाँउहरु घुम्न जानु एउटा गौरबको विषय पनि हो ।



भृकुटीमण्डप काठमाण्डौमा रहेको नेपाल पर्यटन प्रर्वधन बोर्ड अर्थात् नेपाल टुरिज्म बोर्डले नेपालमा पर्यटन प्रवर्धनकालागि हरसम्भव प्रयास अनि कसरतहरु गर्दै आएको छ ।

यीनै प्रयासहरु मध्ये एउटा कलात्मक प्रयास हो, 'फोटो नेपाल' । हरेक महिना भृकुटीमण्डप हाताभित्र रहेको नेपाल पर्यटन प्रर्वधन बोर्डमा नेपालका विभिन्न जिल्ला अथवा देशका विभिन्न सामाजिक परिवेश केन्द्रित तस्बिरहरुलाई प्रदर्शनी गर्ने गरिएको छ । जहाँ देशी र विदेशी अभ्यस्त हातहरुले खिचेका सुन्दर अनि अर्थपूर्ण तस्वीरहरुको प्रदर्शनी गर्ने गरिन्छ । शब्दहरुले अभिब्यक्त गर्न नसकिने कुरा तस्बिरहरुले बडो बिछट्टसंग अभिब्यक्त गरिदिन्छ, तस्वीरहरु त आँखिझ्याल हो, ति फ्रेम मार्फत् फ्रेम बाहिरको संसारलाई झलझली देखाईदिने यस्तै तस्बिरहरुको प्रदर्शनीमा टुरिज्म बोर्ड तपाईको पारखी आँखाको प्रतिक्षा गर्दछ ।




अाज माघ २०, २०७३ दिउँसो ३ बजेदेखि शनिबार बाहेक ३ दिन सम्म हुन गइरहेको यस फोटो प्रदर्शनीमा हामी हाम्रो पात्रो टोली पनि त्यता जाँदैछाैं, जाने हैन त नेपालको तस्बिर हेर्न ! त्यता चुल्है निम्तो छ है ।

यस वर्षको फोटो प्रदर्शनीमा हुम्लाका फोटाहरु प्रदर्शन गरिदैछ, हुम्लालाई नियाल्न आउनुहोस है, तस्बिररूपी आँखिझ्यालहरु तपाईलाई पर्खेर बस्नेछन् ।

अनि तपाईलाई थाहा छ ? यसवर्ष नेपाल पर्यटन वोर्डले घुमफिर वर्षकारुपमा प्रर्वधन गरिरहेको छ । आउनुहोस, सबैजना मिलेर यस वर्ष धेरै भन्दा धेरै स्वदेशी गाउँठाउँहरु घुमौं, हेरौं अनि जानौं । नयाँ ठाउँको यात्रा गर्नु नै धेरै भन्दा धेरै सिक्न पाउने अवसर हो अनि फेरि आफ्नो देशका ठाँउहरु घुम्न जानु एउटा गौरबको विषय पनि हो ।

केही घुमफिर वर्ष सम्बन्धि भिडियोहरु नेपाल पर्यटन बोर्डको YouTube च्यानलबाट केवल तपाईकालागि ।



पर्यटन प्रवर्धनकालागि हाम्रो पात्रो र नेपाल पर्यटन प्रर्वधन बोर्ड । यस फोटो प्रदर्शनी तथा अन्य गतिविधिहरूको नियमित जानकारीकालागि http://www.welcomenepal.com/

---
यो सामाग्री नेपाल पर्यटन बोर्डको अनुरोधमा हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.