ककपिटदेखि मनैसम्म दुविधा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

ककपिटदेखि मनैसम्म दुविधा




घटनाबारे विस्तृत अध्ययन र त्यसको प्रतिवेदन आउने नै छ । चालक दल र विमानस्थलका कर्मचारीबीच भएको अन्तिम कुराकानीको सार्वजनिक भएको अडियो अनुसार भने पाइलट निकै बेर अलमलिएको प्रष्ट सुन्न सकिन्छ ।



हवाई सुरक्षाको दृष्टिले नेपाली आकाश असुरक्षित मानिँदै आएको छ भने नेपाल विश्वमै धेरै हवार्ई दुर्घटना हुनेमध्येको देश भनेर पनि कहलिने गरेको छ । भौगोलिक दृष्टिका कारण नेपाल हवाई उडानका लागि चुनौती बन्न पुगेको हो । सोमबार काठमाडौंमा अवतरण गर्ने क्रममा ४९ जना यात्रुको मृत्यु हुने गरी भएको यूएस बंगलादेश विमान दुर्घटनापछि भने नेपाली जमिनमाथि पनि प्रश्न तेस्र्याउन थालिएको छ । यसै पनि काठमाडौंको रनवे साँघुरो मानिँदै आएको थियो । आजको दुर्घटना पश्चात्, यसले अरु थुप्रै समाचारको हेडलाइन बनाउने पक्का भइसक्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक राजकुमार क्षेत्रीका अनुसार भने आजको दुर्घटना साँघुरो रनवेको कारणले नभई निर्देशनको सही पालना नहुनाले भएको हो । सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “अवतरण गर्दाको विमानको अवस्था नमिलेको र अवतरण नगर्नु भन्दाभन्दै पाइलटको जवाफ नआउँदा विमान दुर्घटना भयो ।” रनवे २० का लागि स्वीकृति पाएको विमानले ०२ मा आएर अवतरण गर्न खोज्दा विमान रनवेबाट बाहिर ठोक्किएर दुर्घटना हुन पुग्यो ।
विमानमा ३३ जना नेपाली, ३२ जना बंगाली, एक चिनियाँ तथा एक माल्दिभसका नागरिक रहेका थिए भने चालक दलका चार्र जना सदस्य बंगलादेशका नै थिए ।

 
घटनाबारे विस्तृत अध्ययन र त्यसको प्रतिवेदन आउने नै छ । चालक दल र विमानस्थलका कर्मचारीबीच भएको अन्तिम कुराकानीको सार्वजनिक भएको अडियो अनुसार भने पाइलट निकै बेर अलमलिएको प्रष्ट सुन्न सकिन्छ । आजै विश्वकप छनौट चरणमा हङकङविरुद्ध भएको खेलमा पाँच विकेटको जित निकाले पनि सो दुर्घटनाले नेपालको आजको जित खल्लो बन्न पुगेको छ । केही युवा क्रिकेट अपडेटमा मस्त रहँदा डाक्टर बन्ने सपना बुनेका केही युवाले संसारबाट बिदा लिए । 


त्यस्तै, सामाजिक सञ्जालमा यसपाला गजबकै सनसनी मच्चियो । आफन्तलाई आपूm सकुशल रहेको जानकारी दिनको लागि खुला गरिएको फेसबुकको “मार्क सेफ”वाला बटनको मज्जैले दुरुपयोग भयो । काठमाडौं नै नछोडेका, विमानस्थलमै नभएका, बंगलादेश नै नपुगेका, काठमाडौंमा नै नभएकाहरु हामीले आपूm सुरक्षित रहेको खबर खोइ कसलाई हो पु¥यायौँ । 


मानवीय क्षति भएका घटनाहरुले आँखा त्यसै नै रसाउँछन् । झन् आफ्ना नानीहरु आफ्ना कोखमा नफर्किनुको पिडा, नेपाल घुमेर आउँछु भनेर हल्लाएर आएको हातको बिदाइ अन्तिम बिदाइ भइदिँदा र मायाले ल्याएको कोसेली हातमा ठम्याउन नपाई संसारबाट अलप हुनुपर्नेको पिडा खपिनसक्नु हुन्छ ।
दिवंगत आत्माले शान्ति पाउन् र शोकाकुल परिवारप्रति हार्दिक श्रद्धाञ्जली । दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.