
मेष राशि हुनेहरूको लागि यो वर्ष माध्यम नै रहनेछ । वर्षभरि नै एकादश शनिले आय आर्जनमा सुधार हुने र धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । सातौँ बृहस्पति र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । बृहस्पति र राहुको नकारात्मक प्रभावबाट बच्न उपाय गर्दा राम्रो हुनेछ, अत: मिश्रित वर्ष रहनेछ ।
