विश्वकपमा दिन सकिने ६ उपहारहरू | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

विश्वकपमा दिन सकिने ६ उपहारहरू





अर्को हप्ता विश्वकप फुटबल २०२२ शुरू हुँदैछ । संसारकै सबैभन्दा ठूलो खेलकुद पर्वको पर्खाइमा फुटबल प्रेमीहरू उत्साहसाथ रेफ्रीको सिट्टी सुन्नको लागि कुरिरहनु भएको छ । आफ्नो फेवरेट टिम र फेवरेट खेलाडीको बारेमा कुरा गर्ने, कुन टिम सेमिफाइनल र फाइनल सम्म पुग्छ, कसले सबैभन्दा धेरै गोल हान्छ र गोल्डेन बुटको दाबेदारको भन्ने बहस शुरु भइसकेको छ । यी कुराहरु गर्दा गर्दै हामी पुरानो दिनहरु सम्झन्छौ, अघिल्लो विश्वकपका कुराहरू गर्छौ । साथीहरुसँगै बसेर आफूलाई मनपर्ने देशको जर्सी, मफलर लगाई गेम हेरेको र रमाइलो गरेको सम्झन्छौ । समय सँगै कैयौँ आफन्त तथा साथीहरू विदेश पुग्नुभएको छ भने कतिजना नेपालमै हुनुहुन्छ । त्यो रोमाञ्चक पलहरू अभाव महशुस गरिरहनु भएको छ कि रु ती पलहरूलाई दुरीले फरक नपरोस् । त्यसको लागि आफ्नो आफन्त र साथीहरूलाई उपहार पठाउन सक्नुहुन्छ । ती उपहारले उनीहरूमा उमङ्ग छाउनेछ र साथ भएको महसुस हुनेछ ।

उपहार पठाउनका लागि हजुरहरू अलमलमा हुनुहुन्छ भने यी ६ कुराहरु दिन सक्नुहुन्छ ।

१. जर्सीः


साथीहरूलाई उनीहरुको मनपर्ने टिमको जर्सी सबैभन्दा राम्रो उपहार हुन सक्छ । आफु फ्यान भएको देशको जर्सी लगाएर फुटबल हेर्नुको मजा नै बेग्लै हुन्छ । उपहार पाउनेको मनमा साथीलाई आफ्नो मन पर्ने देश कुन हो भनेर थाहा पायो भनेर त्यसले झन् भावनात्मक सम्बन्ध बढ्दै जान्छ ।

२. मफलरः

खेल भएको बेला मनपर्ने देशको नाम उल्लेख भएको मफलर बोक्ने चलन धेरै छ । यो हातमा राखेर हुटिङ्ग गर्न उर्जा आउँछ । प्राय विश्वकप गर्मी महिनामा हुने गरेपनि यसपालि जाडो शुरू हुनेबेला भइरहेको छ । त्यसैले यो मफलरले जाडोमा लगाउन पनि काम लाग्छ ।

३. फुटबलः

फुटबल प्रेमी साथीहरूलाई फुटबलनै उपहार दियो भने उनीहरूले त्यो बल खेल्नको लागि पनि प्रयोग गर्छन् । प्रत्येक विश्वकपमा नयाँ बल जारी गर्ने गरेको हुँदा उनीहरूले यो उपहारलाई संग्रह गर्न सक्नेछन् ।

४. जुत्ताः


खेलाडीहरूलाई फुटबल जुत्ता वा फुटशल जुत्ता दिँदा उनीहरू उत्साहित हुने कुरा स्वभाविक नै हो । उपहार पाउने व्यक्तिको जुत्ताको साइज भने सम्झिनु होला । आजभोलि खेल्नको लागि ठूलो फुटबल ग्राउन्डको कमीले गर्दा फूटशल धेरै लोकप्रिय भएको छ । यसको लागि फुटशल जुत्ताको उपयोगिता बढी हुन्छ ।

५. किरिङ्गः


कति साथीहरूलाई दैनिक उपयोग गर्न सक्ने र विश्वकप फुटबलसँग सम्बन्धित उपहार दिँदा किरिङ्ग दिन सकिन्छ । पहिले सँगै खेल्ने टिमलाई सम्झना स्वरूप टिमको नाम भएको किरिङ्ग उपहार राम्रो हुन्छ । प्रत्येक पटक घरको साँचो वा बाइकको साँचो प्रयोग गर्दा मित्रताको आभास हुनेछ ।

६. टिभी रसाउन्ड बार सहित प्रोजेक्टर


माथिका सबै उपहारहरू भनेको सम्झना र समर्थनका लागि हो तर विश्वकप त हेर्न पर्यो । हेर्नका लागि टिभी वा प्रोजेक्टरमा हेर्न धेरै मजा आउँछ। आफन्तजन वा साथीभाइहरूलाई टिभी वा साउन्डबार सहितको प्रोजेक्टर उपहार दिनु भनेको सबैभन्दा उत्तम उपहार हुनेछ ।

विश्वकपको अवसरमा साथीहरूलाई उपहार पठाएर मित्रतालाई गाढा बनाऔँ ।

हाम्रो पात्रो गिफ्टमार्फत आफ्ना प्रियजनहरुलाई यी उपहारहरू अर्डर गरी २४ घण्टामै पठाउन सकिन्छ । यो सेवा अमेरिका, क्यानडा, युके, युरोप, अस्ट्रेलिया, जापान, लगायत अन्य देशहरूबाट नेपाल पठाउन सकिन्छ ।

अब टाढा भएपनि विश्वकप हेर्दा मित्रताको आभास रहिरहने छ ।

साथीभाइलाई विश्वकप विशेष गिफ्ट पठाउन यहाँ क्लिक गर्नुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.