आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?





आमाको मुख हेर्ने दिन नजिक आइसकेको छ । हामी मध्ये कोही आफ्नो आमाको नजिक छौं होला भने कोही निकै टाढा । हामी जहाँ भएपनि आमासँगको भावना मनको सबैभन्दा नजिक हुने गर्दछ । मातातिर्थ औंशी नजिक आउन थालेपछि हामी सबैलाई यो विशेष दिनमा आफ्नो आमालाई के उपहार दिने भनेर अन्योल रहने गर्दछ । तपाईंहरू मध्ये धेरैले आफ्नो गक्ष अनुसार आमालाई के उपहार दिने भनेर योजना बनाउन थालिसक्नु भएको होला । यदि छैन भने हामी तपाईंहरू माझ आमालाई उपयोगी हुने उपहारहरू के कस्ता हुनसक्छन् त भनेर यो लेख मार्फत लिएर आएका छौं ।

विद्युतीय उपकरण (Electric Appliances)
आफ्नो परिवारको लागि प्राय भान्सामा दैनिकी बिताउने आमाहरूको लागि सहज होस् भनेर तपाईंले आफ्नो आमाको लागि राइस कुकर , रोटी मेकर जस्ता विद्युतीय उपकरणहरू उपहार दिन सक्नुहुनेछ।

ड्राइ फ्रुट्स (Dry Fruits)
मानिसहरूको बदलिदो जीवनशैली अनि बढ्दो व्यस्तताको कारण सन्तुलित भोजनको सुविधा जता त्यतै उपलब्ध नहुँदा शरीरलाई आवश्यक पर्ने तत्त्वहरू पूरा गर्न ड्राइ फ्रुट्स उत्तम विकल्प हो । त्यसैले आजको दिन आमालाई ड्राइ फ्रुट्स उपहार दिएर स्वस्थ जीवन बाच्न प्रेरित गर्न सक्छौँ ।

हेल्थ किट्स(Health Kits)
हामीले आमालाई हेल्थ किट्स दिएर आमाको स्वास्थ्यको बारेमा थप संवेदनशिल हुन सक्छौँ । हेल्थ किट्समा थर्मोमिटर, प्रेसर नाप्ने उपकरण , सुगर जाँच्ने उपकरण जस्तै साथै विभिन्न उपयोगी उपकरणहरू पर्दछन् ।

कस्टमाइज्ड गिफ्टस् (Customized Gifts)
हामीले आमाको मुख हेर्ने दिनमा आमालाई कस्टमाइज्ड गिफ्टस् पनि दिन सकिन्छ । यसमा कुशन, कप आदी वस्तुमा आमाको नाम तथा तस्विर बनाएर आमालाई खुशी बनाउन सकिन्छ ।

सारी, कुर्तासुरुवाल
अधिकांश महिलाहरूलाई नयाँ अनि आकर्षक वस्त्रहरूको रहर हुने गर्दछ ।
त्यसैले आमाको मुख हेर्ने दिनमा आमालाई नयाँ सारी , कुर्तासुरुवाल आदी वस्त्रहरू उपहार स्वरूप दिन सकिन्छ।

केक तथा सुगर फ्रि मिठाइ
आमाको लागि यो विशेष दिनमा थप उत्साह भर्न तपाईंहरूले आफ्नो आमाको लागि केक काट्ने व्यवस्था मिलाउन सक्नुहुनेछ । त्यस अलावा मिठाई उपहार दिएर पनि आमालाई खुशी बनाउन सकिनेछ । यदि आमालाई मधुमेहको समस्या छ भने तपाईंहरूले सुगर फ्री केक या मिठाइ समेत अर्डर गर्न सक्नुहुनेछ।

घडि, परफ्युम तथा एसेसरिज
घडि , परफ्युम तथा अन्य एसेसरिज उपहार दिएर आमालाई मख्ख पार्न सकिन्छ । घडि , परफ्युम तथा अन्य एसेसरिजले मानिसको व्यक्तित्वमा निखार ल्याउने गर्दछ । यसमा तपाईंको आमालाई व्यक्तिगत रुपमा मन पर्ने कुनै पनि वस्तु हुनसक्छन् ।

हेल्थ केयर डाक्टर प्याकेज (Health Care Doctor Package )

मानिसको स्वास्थ्यमा हामीले हेलचेक्र्याइँ गर्न सक्दैनौँ । त्यसैले यो सुन्दर दिनमा हामीले हाम्रो पात्रो हेल्थको हेल्थ केयर प्याकेज आमालाई उपहारको रुपमा दिन सक्छौँ । यो प्याकेज अन्तर्गत घरमै गएर तपाईंको आमाको होल बडी (whole body ) चेकजाँच गरिन्छ । यसले स्वास्थ्यमा आउने समस्याहरूको बारेमा समयमै सचेत बनाउने गर्दछ ।

यदि तपाईंहरु अझ पनि आफ्नो आमालाई दिने उपयुक्त गिफ्टको बारे अन्योलमा हुनुहुन्छ भने तल दिईएको लिंकमा क्लिक गरेर आफ्नो अन्योललाई मेट्न सक्नुहुनेछ । विदेशमा बस्नुभएका मानिसहरूले हाम्रो पात्रो गिफ्ट्स मार्फत मातातिर्थ औंशीको दिन आफ्नो आमाको लागि सरप्राइज उपहार पठाएर उहाँलाई खुशी प्रदान गर्न सक्नुहुनेछ ।

आमाको मुख हेर्ने दिनको सबै आमाहरूलाई स्नेह र सद्भावसहित शुभकामना !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.