अस्ट्रेलियामै पहिलो पटक पशुपतिनाथ झल्काउने महाआरती सम्पन्न | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

अस्ट्रेलियामै पहिलो पटक पशुपतिनाथ झल्काउने महाआरती सम्पन्न





विशेष आभार हाम्रो पात्रो (ज्योतिष बिभाग) मा आबद्धित चर्चित युवा ज्योतिषी अमृत पौडेल गुरुलाइ

 – मेलवर्नको डिगर्स रेस्टस्थित नेपाली बहुसांस्कृतिक केन्द्रमा अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरको आयोजनामा श्रावण महिनाको अन्तिम सोमबार विशेष सत्सङ तथा शिव पूजा महाआराती, भजन कृतनको साथमा महा रुदाभिषेक गरी मनाइएको छ ।

श्रावण महिना लागेसँगै हरेक सोमबार विशेष पुजा हुँदै आएको नेपाली मन्दिरमा अन्तिम सोमबार भने
 बाल व्यास श्रावण गुरुको विशेष उपस्थितीमा अस्ट्रेलियामै पहिलो पटक महाआरती भएको पशुपतिको झल्को दिनेगरी सम्पन्न भएको थियो ।



भक्तजनको लागि विहानै बाट पुजा रुद्राभिषेक गर्न खोज्ने भक्तहरुको लागी मन्दिर खुला रहेको र साँझ को महाआरती को दर्शन गर्न करिब हजारौ भन्दा बढी श्रद्धालुहरुको उपस्थिती रहेको एएनएमसीका सदस्य दिपक आचार्या ले जानकारी दिए ।

त्यस्तै विशेष अतिथिको रुपमा दुबै बाट पुगेका बाल व्यास गुरुले दिएको प्रवचन सुन्न र महाअरती दर्शन गर्न नेपाल बाट पुगेका अभिभावकहरु पनि उत्साहित हुदै पुगेका थिए र मन्दिरका पण्डित नारायण प्रसादले भने आएका भक्तजनहरुलाई शिवको पुजा गराउदै ब्यस्त थिए
 
नेपाली मन्दिरका अध्यक्ष भट्टराईले अष्ट्र्रेलियामा पहिलो पटक यसप्रकारको भव्य महाआरती भएको भनेर समेत जानकारी दिए । भव्य समारोहमा दिनेश थापा, डिबी कालिज, विश्वराज जोशी, गोविन्द भण्डारी लगायतले भने भजनमा नचाउदै ब्यस्त थिए

पछिल्लो समय चर्चामा आएका बाल ब्यास श्रवण न्यौपाने तिनै गुरु हुन जसले दुबईमा पनि विभिन्न चाँड पर्वको अवसरमा धार्मिक कार्य गर्दै आएका छन ।



नेपालमा पनि विभिन्न श्रीमद्भागवत भागवत धनधान्यान्चल ज्ञान महायज्ञ दर्जनौ गर्दै आएका हुन र पछिल्लो समय भने बालव्यास ले आफ्नै सत्सङ्कल्प मा नवलपरासी सुनवलमा नेपालकै नमुना योग तथा बहुउपयोगी ध्यान केन्द्र भवन निर्माणार्थ हेतु महायज्ञ गरी करिब ५ करोड उठाएर

महायज्ञका संयोजक भिम बहादुर थापा(भरत)को अध्यक्षतामा सम्पुर्ण आयोजक टिमलाई महायज्ञमा उठेको रकमलाई हस्तान्त्रण गरेको र इनै गुरुले सामाजिक कार्यमा पनी आफ्नो योगदान गर्दै आएको हुन भन्दै दिपक आचार्या ले बताएका हुन



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.