१८ अषाढ, काठमाण्डाै । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको सर्वोत्तम हितलार्ई मध्यनजर गर्दैे बैकिङ्ग कृयाकलापहरु थप ग्राहकमुखी बनाउने क्रमलाई अझैं प्रभावकारी बनाउने उद्देश्यका साथ यही मिति २०७५ आषाढ १९ गतेबाट देशका प्रमुख शहरहरुमा अवस्थित देहायका २० शाखाहरुबाट बैंकिङ्ग सेवाको समयावधिमा वृद्वि गरेकोमा सोही बमोजिम निम्न शाखाहरुमा आईतबार देखि विहिवार सम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सक्नुहुने ब्यहोरा सहितको प्रेस विज्ञप्ति जारी गरेको छ ।
बैंकिङ्ग कारोबारको बिस्तार गरीएको शाखाहरुः
त्रिपुरेश्वर, महाराजगंज, सामाखुसी, नयाँ बानेश्वर, पुल्चोक, थापाथलीस्थित कर्पोरेट कार्यालय, ठमेल, न्युरोडस्थित बिशाल बजार, न्युरोडको खिचापोखरी, कमलादी, नारायणगढ चितवन, वीरगंज पर्सा, पोखरा महेन्द्रपुल कास्की, धरान सुनसरी, बिराटनगर मेनरोड मोरङ्ग, इटहरी सुनसरी, बुटवल रुपन्देही, दमक झापा, बिर्तामोड झापा, नेपालगञ्ज बाँके
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बेहोरा एन अार्इ सी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Liked by: