Barshik Rashifal | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

वार्षिक राशिफल - २०७६





राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा भ्रमण गर्ने गर्छन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो कुल वृत्त ९वास्तवमा केही दीर्घवृत्त० ३६० डिग्रीको हुन्छ । यसलाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ र यसरि प्रत्येक ३०र३० डिग्रीको राशीको अंश हुन आउँछ । यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ । यी राशीहरू क्रमले मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन हुन् । ज्योतिष शास्त्रको माध्यमले हामीले जीवनमा आईपर्ने अनेकन घटनाहरूलाई सुक्ष्म अध्ययन द्वारा विश्लेषण र विभिन्न समस्याहरूको समाधानका उपायहरूलाई नियाल्ने प्रयास गर्दछ ।

वार्षिक राशिफल जन्म राशि ९जन्म कुण्डलीमा चन्द्रमा जुन राशिमा छ ० त्यसै राशिको लग्न भावमा राखेर वार्षिक राशिफलले आउने वर्षको घटनाहरूलाई विश्लेषण गरि एकवर्षसम्म हुनसक्ने मुख्य घटनाहरूको अनुमान गरिन्छ । वार्षिक लग्नको लागि सबैभन्दा पहले मन्द गतिले हिड्ने ग्रहहरूको फलको का विचार गर्ने गरिन्छ । जसमध्ये शनि ग्रहले हाम्रो जीवनका साना ठुला सबैप्रकारमा घटनालाई हेर्ने गर्दछ । कहिले मार्गी र कहिले बक्री हुँदै शनिग्रह एउटा राशिमा लगभग अढाई वर्षसम्म रहन्छ र एउटा राशिमा लगभग एक वर्षसम्म रहने वृहस्पतिको प्रभावलेपनि जीवनको अनेकन मुख्य घटनाहरूलाई विचार गरिएको हुन्छ । यसका साथै वार्षिक राशिफल हेर्न चन्द्रबाट अरू ग्रह हरूको स्थितिलाई विचार गरेर फलाफेश गर्ने गरिन्छ । यीनै ग्रह गोचरका आधारमा तयार पारिएको यो वर्ष तपाईंको लागि कस्तो रहने छ त ?

मेष
मेष राशी हुनेहरुका लागि तपाइको ग्रह गोचर हेर्दा जेठ ८ गतेसम्म देवागुरु वृहस्पति धनु राशिमा रहने भएकाले उक्त समयमा आँटेको र ताकेको कार्यबाट सफलता मिल्नेछ । समाज एवं राज्यबाट मान सम्मान पाईनेछ । जेठ ८ गतेबाट कार्तिक १३ गते सम्म देवागुरु वृहस्पति आठौ भावमा रहने भएकाले गरेको कार्यमा बाधा आउनेछ साथै सन्तान सुखबाट बन्चित रहनु पर्ला । सरकारी निकायको भयपनि रहला । कार्तिक १३ बाट पुन: समय राम्रो रहनेछ ।

व्यापार/व्यवसाय
यो वर्षमा विमा एवं वित्तिय संस्थामा गरेको लगानी लाभदायी हुनेछ । सेयर बजारमा लगानी गर्नेहरुका लागि मध्यम नै रहनेछ । तरल एवं जल तत्वमा गरेको लगानीबाट सफलता हात पर्नेछ । आर्थिक दृष्टिले असार असोज, माघ र फाल्गुन महिनामा अधिक लाभ मिल्नेछ भने साउन र कार्तिक महिनामा खर्चमा वृद्धि हुनेछ ।

प्रेम/सम्बन्ध
आफूले मनपराएको व्यक्तिलाई घर परिवारले मन नपराउन सक्छन् । प्रेम प्रसंगमा सोच विचार गरेर मात्रै निर्णय लिनु उचित हुनेछ । कसैको प्रलोभनमा नपरेकै राम्रो हुनेछ ।

शिक्षा
अध्ययन तथा अध्यापनको शिलशिलामा बिदेश तथा स्थानान्तरणको योग छ । विद्यार्थीरुले विद्या तथा बौद्धिक कार्यमा मनग्य प्रगति हाँसिल गर्नेछन् । विज्ञान तथा इन्जिनियरिङ्ग क्षेत्रका जिज्ञाशु हरूले विशेष सफलता पाउनेछन् ।

पेसा/रोजगार
पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ठाउँमा लगानीको अवसर जुट्नेछ । वित्तिय संस्थामा लगानी गरेको राम्रो हुनेछ । जागिरमा प्रमोसनको सम्भावना छ तर शत्रु पछि पर्नाले सरकारी निकायको भयभने रहिरहनेछ ।

स्वास्थ्य
स्वास्थ्या सामान्य समस्या देखिने हुदा अनावश्यक उपचार खर्च बढ्नेछ । रक्त संचारको समस्या बढ्न सक्छ । चोट पटकको भय रहेकाले गणेशजीको स्मरण गरि यात्रा गर्नाले राम्रो हुनेछ ।

शुभ रङ्ग
रातो, सेतो, हरियाे र पहेंलो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ४, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
मंगलवार गणेशजीको आरधना,दर्शन एवं स्मरण गर्नाले भाग्यमा वृद्धि हुनेछ । असहायलाई र निमुखा प्राणीलाई सहयोग गर्नाले एवं सत्य बोल्नाले अधिक सफलता मिल्नेछ ।

वृष
वृष राशि भएका व्याक्तिहरुका लागि २०७६ सालको पूवार्ध राम्रो रहनेछ फाल्गुन ४ गतेसम्म शनि अनुकुल स्थानमा रहनाले भौतिक सुखमा बढोत्तरी हुनेछ । वैदेशिक यात्राबाट पनि सफलता मिल्नेछ । फाल्गुन ४ गतेबाट शनिको अढैया रहेको कारण अनावस्यक झुटा आरोप एवं अनावस्यक झमेलामा परिनेछ तर देव गुरु बृहस्पतिले तपाईलाई सत् बुद्धि र उच्च पद प्रतिष्ठा तथा भाग्यमा वृद्धि गराउनेछ ।

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायीक दृष्टिले एस वर्ष मिश्रित फल मिल्नेछ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जनगर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ । विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । आर्थिक दृष्टिले नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याएर लगानी गर्नु पर्नेछ । शेयर बजारमा लगानी डुब्ने भय छ । व्यवशायीक दृष्टिले भाद्र र मंसिर महिनामा खर्च बढ्नेछ र श्रावण, कार्तिक र चैत्र महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
लामो समयदेखि प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । मित्रसँगको उल्झन सुल्झनेछ । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ । वर्षको अन्त्यमा भने विदेश गएका आफन्तहरूसंगको सम्बन्ध भने बिग्रिन सक्छ । प्रेमी/प्रेमिकाका घर परिवारबाट केहि अफ्ठ्यारा परिस्थितीहरुपनि सिर्जना हुनसक्छ ।

शिक्षा
योवर्ष विद्यार्थीहरूका लागि मध्यमनै रहनेछ । विज्ञान विषय तथा राजनीतिक क्षेत्रका शिक्षार्थीहरूलाई विशेष सफलता मिल्नेछ । पढाइकै शिलशिलामा घुमफिर तथा देश विदेशको यात्रा हुनेछ । असार र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।

पेसा/रोजगार
जागिरबाट त्यति सफलता प्राप्त गर्न सकिने छैन । वैदेशिक राेजगार भने राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रका प्रगति हुनेछ भने प्रतिश्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् ।

स्वास्थ्य
चोटपटकको भय तथा पेटको समस्या रहनेछ । रक्तसञ्चारको समस्या बढ्नेछ । परिवारको स्वाथ्यमा धन खर्च हुनेछ ।

शुभ रंग
सेतो, हरियो, र सुन्तला शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ४, ५, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक सोमवार दान-पुण्य गर्नाले मानशिक शान्ति मिल्नेछ । मंगलवार गणेशजी, शनिवार भैरवजी र सोमवार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । प्रात: सूर्यलाई अर्घ दिई शिवजीलाई जल चढाउनाले ग्रहबाधा कम हुनेछ । प्रत्येकदिन गाईलाई रोटी र परेवालाई चारो दिनाले भाग्यमा वृद्धि हुनेछ ।

मिथुन
मिथुन राशी हुने हरुका लागि यो वर्ष अधिकांश समय बृहस्पति र शनि सातौ भावमा रहनाले घर परिवारमा मंगल कार्यको योग बन्नेछ । वर्षको मध्यमाभने केहि उलझन एवं समस्याको सामना गर्नु पर्नेछ । लामो दुरीका लाभदायक यात्राहरू हुनेछन् । नयाँ काम एवं रोजगारको अवसर आउनेछ । फाल्गुन ४ गतेबाटभने शनिको अढैया रहेको कारण जन्म कुण्डलिमा यदि शनि कमजोर भए अनावस्यक एवं विविध समस्या आईपर्ने, अन्तिम समयमा काम बिग्रिने, झुटा आरोप लाग्ने तथा गरेको कार्यमा ढिलासुस्ती हुने र चोट पटकको भए रहनेछ ।

व्यापार/व्यवसाय
व्यावसायीक दृष्टिले एस वर्ष मिश्रित फल मिल्नेछ । नयाँ व्यावसायमा लगानि गर्नु पूर्व अग्रजजनाको सल्लाह एवं सुझावलाई प्राथमिकता दिनुहोला । विशेषगरि धातु तथा होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । घर जग्गाको लगानीबाट नोक्सान हुन साक्छ । फाल्गुन १९ गतेबाट व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, र चैत्र फाल्गुन महिना राम्रो छभने असार र पुष महिनामा अधिक खर्च हुनेछ ।

प्रेम/सम्बन्ध
प्रेममय दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । तर आश्विन देखि मंसिर सम्म जीवन साथी संग तथा वन्धु वान्धवसंगको सम्बन्ध भने नचाहाँदा नचाहाँदै विग्रने अवस्था आउँनेछ अत: वाणीमा लगाम लगाउन आवस्यक देखिन्छ ।

शिक्षा
मिथुन राशीका विद्यार्थीहरूलाई अध्यन अध्यापनको क्षेत्रमा पूर्वार्ध भन्दा उत्तरार्धमा सफलता मिल्नेछ । व्यवस्थापन तथा हेल्थ विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने पढाईमा केहि कम नम्बर आउनेछ ।

पेसा/रोजगार
सरकारी कर्मचारीहरुको लागि यो वर्ष निकै राम्रो हुनेछ । मनोरञ्जन र कुटनितिको क्षेत्रमा काम गर्नेहरुले राज्यबाट मान-सम्मान मिल्नेछ । प्राइभेट जागिरे हरुको लागिपनि सरुवा र बढुवाको योग रहेकोछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् ।

स्वास्थ्य
स्वास्थ्या सामान्य समस्या देखिने हुँदा उपचार खर्च बढ्नेछ । मधुमेह बढ्ने अधिक सम्भावना भएकाले सजक रहनु होला । नाक, कान तथा आँखामापनि समस्या आउन सक्नेछ ।

शुभ रङ्ग
हरियो, रातो, पहेंलो, र सेतो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ५ र ६ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन‚ पूजा, आराधना, एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक बुधवारको दिन निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ ।

कर्कट
कर्कट राशी हुनेहरुकालागी यो वर्ष सर्वोत्कृष्ट रहनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै सन्तान सुखपनि मिल्नेछ । आँटेको र ताकेको काम पूरा हुनेछ । धार्मिक क्षेत्र मा रुचि बढ्नेछ भने मांगलिक कार्य सम्पन्न हुनेछन् । राज्य तथा सामाजिक कार्यमा सफलता मिल्नेछ ।

व्यापार/व्यवसाय
यो वर्ष वर्षको पूर्वार्धमा शेयर बजारले सफलता दिलाउनेछ भने उत्तरार्धमा बैंकिंङ कारोबारबाट अधिक फाइदा हुनेछ । फेन्सी तथा सजावटिका व्यवासायीलाई मनग्य फाइदा हुनेछ । अचल सम्पति जोड्ने समय रहेकोछ । स्वास्थ्यमा लगानी गर्नेहरुले सजग रहनुहोला । असार महिनामा केहि धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले जेठ, असोज र पौष महिना शुभ रहेका छन् ।

प्रेम/सम्बन्ध
लामो समयदेखि प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । कसै कसैकालागि नयाँ व्यक्ति संग प्रेम भाव बढ्नेछ ।

शिक्षा
शैक्षिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । विदेशिएका विद्यार्थीहरूले अधिक सफलता हाँसिल गर्नेछन् । टेक्निकल क्षेत्रमा उच्च सफलता पाईनेछ । पुराना ब्याक लागेका विषय कट्नेछ। गणित विषयभने कमजोर नै रहनेछ ।

पेसा/रोजगार
यो वर्षमा नयाँ रोजगारको अवसर मिल्नेछ । निजामती कर्मचारी हरुको सरुवा तथा बढुवा हुने योग छ । मेडिकल पेसामा आवद्ध जातकहररूलाई अधिक सफलता मिल्नेछ । नयाँ ठाउँमा लगानीको वातावारण मिल्नेछ । अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागि राम्रो छ ।

स्वास्थ्य
यो वर्ष स्वास्थ्य स्थिति सामान्य रहेपनि वायुविकार तथा नसाको समस्या बढ्नसक्छ । पारिवारिक स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ ।

शुभ रङ्ग
सेतो, निलो, र घ्यूरङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ६ ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
यदि तपाईं आफ्नो भाग्यलाई अझै वृद्धि गराउन चाहनु हुन्छ भने शिवजीको दर्शन, पूजा एवं आराधना गर्नुहोला । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो भने राम्रो हुनेछ । बुधवार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

सिंह 
सिंह राशी हुनेहरुकालागी २०७६ साल सामान्य रहनेछ। भाग्य स्थानमा रहेको वृहस्पतिलाई शनि र केतुले बाधा ल्याउनेछन् । धेरै मिहिनेत गरेर थोरै मात्र प्रतिफल मिल्नेछ। देश विदेश तथा धार्मिक यात्राहरू हुनेछन् । जेठ ९ गतेबाट कर्तिक १३ सम्म केन्द्र भवन रहने वृहस्पतिले पारिवारिक सम्बधमा सुधार ल्याउनेछ र भौतिक जेथो जोडिनेछ । अरु ग्रह गोचरको प्रभाव भने सामान्य रहनेछ ।

व्यापार/व्यवसाय
सिंह राशिकोलागि यो बर्ष आर्थिक दृष्टिले जेठ सम्म आर्थिक सामस्या बढ्नेछ तत्पश्चात सामान्य हुँदै जानेछ । विद्युतीय उपकरण तथा मेसिनरीका क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ । खाद्यान्नमा गरेको लगानीबाट दिर्घकालिन प्रतिफल मिल्नेछ । शैक्षिक क्षेत्रबाटपनि राम्रै प्रतिफल पाईनेछ । आर्थिक दृष्टिले कार्तिक र माघ शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेम सम्बन्धमा प्रेमी/प्रेमिकाका घर परिवारबाट केहि अफ्ठ्यारा परिस्थितीहरु सिर्जना हुनेछ । पति-पत्नीबीच राय बाजिनेछ । आफन्त तथा घर-परिवार बाट टाढिनु पर्नेछ ।

शिक्षा
यो वर्ष शैक्षिक क्षेत्र सामान्य रहनेछ । स्कुल तथा कलेजका विद्यार्थीहरूलाई सोचेभन्दा कम अङ्क मिल्नेछ । जेठ र चैत्र महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ । साहित्य तथा शोधका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ ।

पेसा/रोजगार
वित्तिय संस्थामा आवद्ध व्यक्तिहरुलाई निकै राम्रो हुनेछ । नयाँ व्यापार वा रोजगारको अवसर मिल्नेछ । यो बर्ष सरुवा एवं बढुवाको योगपनि रहेकोछ । वैदेशिक रोजगारमा जान चाहने हरुकोलागि बाटो खुला छ ।

स्वास्थ्य
शीर्षपीडा बढ्नेछ साथै उदर रोगबढ्ने भएकाले आफ्नो खानपानमा बिशेष ख्याल गर्नुहोला । हड्डी तथा आँखाको समस्यापनि बढ्नेछ । औषध उपचारमा खर्च बढ्नेछ ।

शुभ रङ्ग
रातो, गुलाबी, पहेंलो र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ५, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा
सिंह राशी हुनेहरुले यो वर्ष मंगलवार गणेशजी तथा हनुमनजीको दर्शन एवं आराधना गरे ग्रहपिडा कम हुनेछ । प्रत्येक दिन माछालाई चारो या वानारलाई केरा या खानेकुरा दिनले भाग्यमा वृद्धि हुनेछ ।

कन्या
यो वर्ष समग्रमा कन्या राशीका जातकहरूका लागि राम्रै रहनेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । मान सम्मान एवं पदोन्नति हुनेछ । वाहन सुख पनि मिल्नेछ । फाल्गुन ४ गते सम्म अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झन आई अन्तिम समयमा काम नबन्ने र नराम्रा विचारपनि मनमा आउनेछ तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

व्यापार/व्यवसाय
व्यापार दृष्टिले यो वर्ष सुखद् रहनेछ । रोकिएका धन हात पर्नेछ । फेन्सी तथा पहिरनको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ । साउन, मङ्सिर र फाल्गुन राम्रो रहनेछ भने भाद्र र कार्तिक महिनामा लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुहोला अत: लगानी डुब्ने भय छ ।

प्रेम/सम्बन्ध
ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतःप्रेममा सफलता प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्ध गाढाभई परिणाममुखी बनाउन सकिनेछ । आफन्तहरुको सहयोगले कामहरु अगाडी बढ्नेछन् ।

शिक्षा
शैक्षिकक्षेत्रबाट सोचेअनुसार नै प्रतिफल मिल्नेछ । विज्ञान तथा इञ्जिनियरिङ्ग विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । भाद्र र माघ महिनामा अधिक सफलता मिल्नेछ ।

पेसा/रोजगार
यो वर्ष जागिर भन्दा व्यापारबाट राम्रो सफलता प्राप्त गर्न सकिनेछ । शेयर बजारको लगानी बढ्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । सामाजिक क्षेत्रमा भने समस्या खेप्नु पर्नेछ ।

स्वास्थ्य
रगत तथा स्वास प्रस्स्वासको समस्या बढ्नेछ । आफ्नो लागी स्वाथ्य उपचारमा धन खर्च बढ्नेछ । बाटो हिड्दा वा यात्रा गर्दा सचेत रहनुहोला ।

शुभ रङ्ग
हरियो, नीलो, रातो र कालो शुभ रङ्ग हो ।

शुभ अङ्क

१,५ र ६ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रहपिडा कमगर्न तथा सफलता प्राप्तिकोलागि दुर्गाजी र हनुमनाजीको पूजा/दर्शन एवं आराधना गर्नाले राम्रो हुनेछ । मंगलवार एवं शनिवार दुर्गा पाठ तथा हनुमान चालीसको पाठ गर्ने र प्रत्येक बुधबार गाईलाई घाँस दिनाले भाग्यमा वृद्धि हुनेछ ।

तुला 
तुला राशीका जातकहरूका लागि यो वर्ष शुभ/अशुभ मिश्रीत फल मिल्नेछ । महत्वपूर्ण निर्णय लिनु पूर्व अग्रज जनको सल्लाह लिंदा राम्रो हुनेछ । वर्षको पूर्वार्ध भन्दा उत्तरार्ध राम्रो रहनेछ । तुला राशी हुने हरुका लागि फाल्गुन ४ गतेबाट अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झन आई नराम्रा समचार सुन्नमा आउने र देश विदेशको यात्रा हुनेछ । अनावस्यक झमेला आउन सक्छ ।

व्यापार/व्यवसाय
यसवर्ष व्यापार व्यवसायबाट मनग्य फाईदा हुनेछ । शेयर बजार तथा ढुकुटीबाट सफलता मिल्नेछ । धातुको लगानीबाट लाभ मिल्नेछ । बैंकिंग क्षेत्रमा गरिएको लगानी बाटपनि राम्रै प्रतिफल पाईनेछ । वैशाख र श्रवन महिनामा धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । आर्थिक दृष्टिले श्रावण, पुष र चैत्र माहिना शुभ फलदाई रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछ । कार्त्तिकबाट प्रेमी/प्रेमिकाका घर परिवारबाट केहि अफ्ठ्यारा परिस्थितीहरु सिर्जना हुनेछ । दाजुभाई तथा घर-परिवार बाट टाढिनु पर्नेछ ।

शिक्षा
यो वर्ष शैक्षिक क्षेत्र मध्यम नै रहनेछ । पढ़ाईको सिलसिलामा विदेशको योग छ । व्यावस्थापन विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । स्कुल तथा कलेजका परिवर्तनको योगपनि रहेकोछ । भाद्र र माघ महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ ।

पेसा/रोजगार
नयाँ कार्यको अनुभव मिल्दैजानेछ । गरेको कार्यबाट वा रोजगारमा श्रमको उचित मूल्यांकन हुनेछ । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि जागिर भन्दा व्यापार नै राम्रो हुनेछ तर शत्रु पछि पर्नाले सरकारी निकायको भयभने रहि रहनेछ ।

स्वास्थ्य
पुराना रोगहरु बल्झने तथा दीर्घकाल रोग लाग्न सक्नेछ अत: विचार पुर्याउनु होला । कान तथा आँखामा समस्या देखा पर्नेछ । चोट- पटकको भय रहनेछ । पारिवारिक स्वस्थ्मा समस्या देखिनेछ ।

शुभ रङ्ग
सेतो, पहेंलो, खैरो र हल्कानिलो शुभ रङ्ग हो ।

शुभ अङ्क
४, ५, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
मंगलवार र गणेशजी र शुक्रवार तथा लक्ष्मीजीको दर्शन, पूजा एवं उपासना गर्नाले लाभ मिल्नेछ । वृद्ध तथा रोगीलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । शनिवार पीपलमा जल चढाई कागलाई खानेकुरा दिनले ग्रहपिडा कम हुनेछ ।

वृश्चिक 
२०७६ साल वृश्चिक राशी हुनेहरूको लागि निकै राम्रो रहनेछ । भाद्र र आश्विन महिनामा केहि संघर्षको सामना गर्नु परेपनि अरु समयमा सफलता मिल्नेछ । नयाँ योजनालाई कार्यन्वयनलाई ल्याउन सकिनेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । वृश्चिक राशी हुने हरुका लागि फाल्गुन ४ गतेसम्म शनिको अन्त्य साढेसाती रहेको कारण जन्म कुण्डलीमा शनि कमजोर रहने जातक हरूलाई गरेको कार्यमा उल्झन तथा काम बिग्रने समस्या हुन सक्ने र चोटपटकको भयपनि रहनेछ ।

व्यापार/व्यवसाय
२०७६ सालमा व्यापार व्यावसायबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । आर्थिक दृष्टिले भाद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ तर लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो सुस्ती हुन सक्ने देखिन्छ ।

प्रेम/सम्बन्ध
प्रणयप्रसङ्गका लागि सफलता पाउनको लागि सुझ बुझमा भर पर्नेछ । विपरीत वर्गप्रती आकर्षण बढ्ने योग छ । टाढा रहेका साथीबाट भरपूर सहयोग मिल्नेछ । नयाँ प्रेम प्रस्ताव समेत आउन सक्नेछ ।

शिक्षा
अध्यन अध्यापनको क्षेत्रमा वृश्चिक राशीका विद्यार्थीहरूलाई यो वर्ष कार्तिक महिनाबाट बढी सफलता मिल्नेछ । राजनैतिक तथा शोध विषयका विद्यार्थीहरूलाई राम्रो सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई यसपाली सामान्य नै रहनेछ ।

पेसा/रोजगार
राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । वैदेशिक संस्थामा आवद्ध व्यक्तिहरुलाई प्रमोसनको सम्भावना छ । नयाँ ठाउँमा नयाँ रोजगारको अवसर सिर्जना हुनेछ ।

स्वास्थ्य
स्वास्थ्या रक्त सम्बन्धि समस्या बढ्न सक्नेछ । उदरको समस्या देखिने हुदा खानपानमा विचार गर्नुपर्नेछ । पारिवारिक उपचारमा खर्च बढ्नेछ । घाँटी तथा हात गोडामा सामान्य समस्या देखिनेछ ।

शुभ रङ्ग
सेतो, पहेंलो, गुलाबी र रातो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ३ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
दान-पुण्य गर्नाले मानशिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ । मंगलवार गणेशजी र शनिवार भैरवजीको दर्शन गर्नाले लाभ मिल्नेछ । प्रत्येकदिन प्रात: सूर्यलाई अर्घ्य दिई कुकुरलाई रोटी र परेवालाई चारो दिनाले भाग्यमा वृद्धि हुनेछ ।

धनु 
२०७६ साल धनु राशी भएका व्याक्तिहरुलाई वृहस्पतिले शुभ फल दिन खोजेपनि शनिग्रहको कारणले वर्ष भरि शनिको मध्य र अन्त्य साढेसाती रहेको कारण विविध समस्या झेल्नुपर्ने, अन्तिम समयमा आएर काम बिग्रिने, आरोप एवं प्रत्यारोप लाग्ने र शरीरमा आलस्य र मनमा नैरास्यता बढ्नेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको नकारात्मक फल लाग्दैन अत: शनिले शुभ फल प्रदान गर्नेछ ।

व्यापार/व्यवसाय
व्यापार व्यावसायमा उतार चाडाव आउनेछ । ऋणपनि खप्टीने भय छ । कसैलाई नगदी सापटी दिंदा पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनुहोला । सेयर बजार सामान्य नै रहनेछ । पहिरन तथा सजावटीमा गरेको लगानीबाट भने सफलता मिल्नेछ । आर्थीक दृष्टिले जेठ, असार र फाल्गुन महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछ । आफन्त संग रहेको पुरानो मनमुटाव समाप्त भई नयाँ सम्बन्ध कायम हुनेछ । प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नेछ । विदेश गएका आफन्तहरूसंगको सम्बन्ध भने बिग्रिन सक्छ ।

शिक्षा
पढाई लेखाईमा सामान्य नै रहनेछ । विज्ञान एवं गणित क्षेत्रका शिक्षार्थीहरूलाई उच्च सफलता मिल्नेछ । अध्ययनको शिलशिलामा विदेशको यात्रा हुनेछ । असार र मंसिर महिनामा विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

पेसा/रोजगार
यो वर्ष धनु राशी भएका व्याक्तिहरुलाई नयाँ जागिर वा रोजगार मिल्नेछ । प्रतियोगितामा नामपनि निस्कन सक्नेछ । तर शनि कम्जोर हुनेहरुकलागि भने ताके अनुरुप काम नबन्नाले दिक्क लाग्नेछ साथै सरकारी एवं प्रशासनिक निकायबाट भय रहनेछ ।

स्वास्थ्य
यो वर्ष नसा तथा छातीमा समस्या आउन सक्नेछ । हात गोडामा चोटपटकको भयपनि रहनेछ । प्रजनन शक्तिमा ह्रास आउने सम्भावना प्रवल छ ।

शुभ रङ्ग
पहेंलो, गुलाबी, खैराे, घ्यूरंग र सुन्तलारङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
सोमबार र शुक्रवार क्रमशः शिवजी र दुर्गाजीको दर्शन/पूजा गरे राम्रो हुनेछ । गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्ने र वर-पीपललाई उचित स्थानमा वृक्षारोपण गर्नले ग्रहपिडा कमभई भाग्य वृद्धि हुनेछ ।

मकर 
मकर राशी हुनेहरूकालागि २०७६ साल चुनौतिपूर्ण रहनेछ । धेरै मिहनेत गरेर थोरै मात्र प्रतिफल पfईनेछ । वर्ष भरिनै बृहस्पतिले बुद्धिलाई तीक्ष्णता प्रदान गर्नेछ । बृहस्पतिले नै गर्दा ख्याती कमाउने योग बन्नेछ । शनिको साढेसातीको प्रभावले जन्म कुण्डलिमा शनि उच्च तथा स्वगृह, मित्रगृह तथा ३,६,११औं भावमा भए शुभ फल प्राप्त हुनेछ अन्यथा शनि कमजोर हुने जातकहरुकालागि यो वर्ष आद्य र मध्य साढेसाती रहेको कारण झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्बहुने तथा चोटपटकको भयपनि रहनेछ ।

व्यापार/व्यवसाय
मकर राशी हुनेहरूकालागि व्यापार दृष्टिले यो वर्ष मध्यम नै रहनेछ । धेरै समय देखि रोकिएका धन हात पर्नेछ । वैदेशिक लगानीको अवसर मिल्नेछ । आभूषण तथा कपडाको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने कमजोर रहनेछ । घरजग्गाको कारोवारमा समस्या आउनसक्छ । आर्थिक दृष्टिले साउन, असोज र पुष महिनामा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुहोला अन्यथा नोक्सानी हुनसक्छ ।

प्रेम/सम्बन्ध
प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछ । सहकर्मी तथा आफन्तसंग मनमुटाव कम भएर जानेछ । प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । कार्तिक बाट घरमा आफन्त तथा प्रेमीसंग केही अफ्ठ्यारो परिस्थितीहरु सिर्जना हुनेछ ।

शिक्षा
यो वर्ष विशेषगरी प्राविधिक (technology) तथा विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । शैक्षिकक्षेत्रबाट बैसाख र माघ महिनामा अधिक सफलता मिल्नेछ । वैदेशिक विद्यार्थीहरूले मानोवाञ्छित सफलता पाउनेछन् ।

पेसा/रोजगार
यो वर्ष नयाँठाउँमा लगानी वा नयाँ रोजगारको अवसर मिल्नेछ । सरकारी जागिर खानेहरूका लागि पनि यो बर्ष स्थानान्तरणको योग छ । मुद्दा मामिला तपाईको पक्षमा नहुन सक्छन् । वैदेशिक रोजगारमा रहेकाहरुका लागि भने आर्थिकपक्ष केहि कमजोर रहने देखिन्छ ।

स्वास्थ्य     
मुख तथा दाँतमा समस्या आउन सक्छ । खुट्टामा चोटपटकको भय रहनेछ । असार सावनम ज्वरो आउन सक्नेछ ।

शुभ रङ्ग
पहेंलो, हरियो, खैरो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ६, ७ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
दुर्गाजीको दर्शन,पूजा एवं आरधना गरि दुर्गा पाठ गर्ने र शनिवार पीपलमा जल चढाउने, हरेक मंगलवार हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । भोका व्यक्ति र निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ 
यस वर्ष कुम्भ राशी हुनेहरूकालागी आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । शान्त मनले बुद्धिको उपयोग गर्नाले जटिला ठानिएको काम सहज बन्नेछ । वृहस्पतिको प्रभावले गर्दा भौतिक सुख तथा वाहन लाभ हुनेछ । फाल्गुन ४ गतेबाट शनिको आद्य साढेसाती रहेको कारणले गर्दा कार्यमा उल्झन आई नराम्रा समचार सुन्नमा आउने र बिदेशको यात्रा गराउनेछ । अरुग्रह गोचर भने सामान्य रहनेछ ।

व्यापार/व्यवसाय
नयाँ कार्यको थालनी हुनेछ । कृषि तथा चौपयामा गरेको लगानी फस्टाउनेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्र राम्रो हुनेछ । होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । फाल्गुन ४ गतेबाट व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । आर्थिक दृष्टिले बैशाख, सावान र पुष महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी/प्रेमिकाका बिच प्रेमका कोपिला फक्रनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । अधिकांस प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाहपनि सम्पन्न हुनेछन् तर सन्तान पक्षको मायामा भने कमि आउनेछ ।

शिक्षा
पढाई लेखाईमा उल्लेख्य सुधार हुनेछ । विदेशिएका विद्यार्थीहरूलेपनि सफलता हाँसिल गर्नेछन् । प्राविधिक क्षेत्रमा शिक्षार्थीहरूलाईपनि उच्च सफलता मिल्नेछ । विज्ञान विषयभने कमजोर रहनेछ ।

पेसा/रोजगार
नयाँ कार्यको अनुभव मिल्नेछ । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकनभई ईनाम र प्रतिष्ठा कमाउन सकिनेछ । तर शत्रु पछि पर्नाले सरकारी निकायको भय रहनुकासाथै अवागालपनि खेप्नु पर्नेछ । संचार क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई निकै राम्रो हुनेछ ।

स्वास्थ्य
हड्डी तथा रक्तसंचारको समस्या बढ्न सक्नेछ । पारिवारिको स्वस्थय उपचारमा अधिक खर्च हनेछ । वायु रोगको सम्भाब्यता बढ्नेछ अत: खानपानमा विचार पुर्याउनु होला ।

शुभ रङ्ग
निलो, हरियो, पहेंलो र घ्यूरङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ६, र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
हनुमानचालिसाको पाठ एवं शिवजीको दर्शन आराधना र पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । शनिलाई खुसि पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीन 
२०७६ साल मीन राशि भएका व्याक्तिहरुका लागि उत्कृष्ट रहनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै सन्तान सुख मिल्नेछ । भौतिक सुख तथा आफ्नो अनुकूलताको फलपनि पाईनेछ अत:अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ र घरमा मांगलिक कार्यको योग समेत रहेको छ । श्रावण र आश्विन महिनामा भने भाग्यमा ह्रास आउनेछ ।

व्यापार/व्यवसाय
मीन राशि भएका व्याक्तिहरुका लागि व्यापार वा व्यावसायीक दृष्टिले एस वर्ष राम्रै प्रतिफल मिल्नेछ । बैदेशिक लगानीका लागि समय राम्रो छ । घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिने र विवाद पनि बढ्न सक्छ । सेयर बजारमा भने केहि उतारचढाव हुनेछ । फेन्सी तथा सजावटी क्षेत्रबाटपनि प्रशस्त आम्दानि गर्न सकिनेछ । दृष्टिले असार, भाद्र र पुष महिना लाभ मिल्नेछ भने कार्तिक हानिकारक हुनसक्छ ।

प्रेम/सम्बन्ध
प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । लामो समयदेखि प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । मित्र वा परिवारबाट भरपूर सहयोग मिल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ ।

शिक्षा
शैक्षिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ । टेक्निकल क्षेत्रमा उच्च सफलता पाईनेछ । पुराना ब्याक लागेका विषय कट्नेछन् । चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अधिक सफलता हाँसिल गर्नेछन् । ईन्जीनियरिंग विषयभने कमजोर नै रहनेछ ।

पेसा/रोजगार
यो वर्षमा नयाँ रोजगारको अवसर मिल्नेछ । प्रतिस्पर्धामा उत्तीर्ण भई नयाँ जागिरको अवसर सिर्जना हुनेछ । अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागिपनि राम्रो छ । मेडिकल पेसामा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ । तरल तथा इन्धनमा गरेको लगानीबाटभने नोक्सानी बेहोर्नु पर्ला ।

स्वास्थ्य
स्वासप्रस्वास, कान तथा आँखामा समस्या बढ्नेछ । मधुमेह बढ्ने सम्भावना अधिक छ अत: सजक रहनु होला । सवारि साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा ध्यान दिनुहोला यात्रामा विशेष सावधानी अपनाउनु पर्नेछ ।

शुभ रङ्ग
रातो, पहेंलो, गुलाबी र सुन्तलारङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ३, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रहपिडा कमगर्न तथा सफलता प्राप्तिकोलागी दैनिक गणेशजी तथा विष्णुभगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । शनिवार महामृत्युञ्जयको जप तथा हनुमान चालीसाको पाठ गर्ने र कुकुरलाई रोटी दिनाले ग्रहपिडा कमभई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । निमुखा प्राणीहरूलाई आहार दिने र घरमा केराको वृक्ष लगाउनालेपनि भाग्यमा वृद्धि हुनेछ ।

- ज्यो.प. नारायणप्रसाद दुलाल
       977-9849559502
(अधिक जानकारीका लागि )



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.