"भोक जरुरी छ" | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

"भोक जरुरी छ"




   Suyog Dhakal - Oct 01 2018

विनोद शाहीको यस्तो शाश्वत एवंम् महान् भोकलार्इ एशियन थाईफुड्स प्रा.लि. का महाप्रवन्ध निर्देंशक महेश कुमार जाजु उर्जा स्वरुप रु १ लाख १ हजारको चेक हस्तान्तरण गर्नुभयो । महेश जाजु सादर नमन अनि धन्यवाद ! समाजमा लुकेका, राज्य चुकेका त्यस्ता अनेक भोका पात्रहरुको खोजी, सम्मान र सहयोगका लागि अागामी दिनहरुमा यहाँभित्र अझ भोक जागोस्, अरुको भोकलार्इ जोशमा र अरुकै जोशलार्इ उर्जामा बदल्ने तपाइको भोक जारी रहोस् अनेक शुभकामना !



भोक मिठो कि भोजन मिठो महाराज?

सबै महाराजलाई यो प्रश्न छ । भोक बिनाको भोजन अनि भोजन बिनाको भोक दुबै एकअर्काबिना अपुरो नै हुन्छ । कसैले अरुचीका कारणले बिभिन्न ओखती र उपचार प्रयोग गरेर पनि भोक जागा बनाइरहेका हुन्छन त कसैले गरिबीका कारणले भोकलाई मेटाउन हजारौं डरलाग्दा प्रयास गरिरहेका हुन्छन् ।
  
खाना तब मात्र मिठो हुन्छ जब भोक लागेको हुन्छ अनि भोक तब मात्र गज्जब हुन्छ जब भोजन उपलब्ध हुन्छ, हैन र? असारमा रोपिने धानका बिऊँ अनि मङ्सीरमा धान काटेपछि पौषमा रोपिने गहुँ, यि मिहिनत अनि कसरतमा यदि केही कुरा लुकेको छ भने त्यो हो केवल भोक ।

भोक सबैमा हुन्छ, जसले भोकलाई समयमै मेटाउन आफ्नो भुमिका खेल्न सक्छ ऊ नै सफल र समाजमा एउटा अलग पहिचान बन्न सक्दछ । केही गर्ने भोक भए मात्र मानिस आफ्नो लक्ष्यलाई पछ्याउदछ र उसले त्यो भोक मेटाउन दृढ भएर काम गर्दछ । सबैमा विभिन्न किसिमका भोकहरु हुन्छन र हुन जरुरी पछि छ्, भोकविना मानव जीवन असम्भव नै छ । भोक यस्तो एक्लो चिज हो जसले एक साथ सपना तिर्सना र ताकत खोज्न थाल्छ । भोक यस्तो खोजी हो जसले एकसाथ स्रोत स्वाद र भाग खोज्न थाल्छ । भोक बिनाको जीवन भनेको बिष बिनाको सर्प झै हो भन्दा अन्यथा नहोला ।

भोक एउटा यस्तो उत्प्रेरणा हो जसले यो सृष्टि चलेको छ । मिँयोमा गोरुहरु बाँधेर दाउनी गर्दा वास्तवमा मिँयोले भोकलार्इ प्रतिनिधित्व गरेको हुन्छ जहाँ गोरुलार्इ बिश्रामको भोक हुन्छ भने मान्छेलार्इ भोलीको भोक मेटाउने अन्न भकारीमा टन्न राख्ने भोक हुन्छ ।

भोक त एउटा अदभूत अभिव्यक्ति हो, स्वस्थ रहनु को । एउटा तृष्णा हो भोक जसमा जिब्रो अनि पेट दुबैको उत्तिकै आवश्यक्ता रहन्छ । तर समाजमा धेरै त्यस्ता अनुहार छन् जसको भोक जिब्रो र पेटसम्म मात्र सिमित छैन । जिब्रो र पेटभन्दा धेरै पर अनगिन्ति ससाना अाशा, हाँसो तथा हज्जारौं अधूरा जीवनहरुमा खुशीको रङभर्न दिनरात एकोहोरीए नयाँ नेपालको भोक बोक्नेहरु पनि छन् यहाँ ।  भोकलाई शदियौंदेखि समाज अनि सभ्यताले नकारात्मक सकारात्मक दुवै अभिव्यक्तिका रुपमा राखेको छ तर यस धर्तीमा वास्तवमा केही अद्भूत अनुभव छ भनें त्यो हो अाफ्नो भोक र त्यो भोक मेटाउँदा प्राप्त हुने अनुभूती ।

ममा एउटा भोक जाग्यो चिसो हिँउमा चकटी लगार्इ साना नानीहरुलार्इ लाई शिक्षादिने । मलार्इ एउटा भोक लाग्यो द्वन्दको मारले सन्नाटा छाएका हिमाली भेगका विद्यालयहरुमा स्वाँस भर्ने र ममा एउटा भोक जाग्यो एउटा सामान्य विनोदबाट ती साना साना नानीहरुको प्यारो गुरु बिनोद दार्इ बन्ने ।

मलार्इ मेरो भोकको माया लाग्छ किनभनें भोक छ र त म छु । दूर्गमका हरेक कोपिलाहरुमा शिक्षा पहूँच पुर्याउने भोक बोकेर ५-६ घण्टा डोल्पाको अन्कन्टार बाटो हुँदै बाक्लो हिउँका अोछ्यानमा हिंड्दैगर्दा कहिलेकाहीं त लाग्थ्यो अब म सिद्दिएँ र मेरो भोकको अन्त्य यहिं छ अघि बढ्ने बाटो अब छैन । तर शायद! मनभित्र बढेको भोकको छटपटीले मैले मेरो लक्ष्य भेटें र अाज मेरो भोकको मिठो पकवान तयार भयो र यसलार्इ म स्वादका साथ ग्रहण गर्दैछु ।

अाइतबार काठ्माण्डौ गैरीधारास्थित होटल इम्पायरमा दूर्गमका शिक्षा अभियन्ता विनोद शाही उपरोक्त अनुभूती उपस्थित पत्रकार तथा प्रिती नूडल्सका उत्पादकहरुबिच अभिव्यक्त गर्दैथिए । एशियन थाई फुड्स् अन्तर्गतको प्रिती नूडल्डले सामाजिक उत्थान एवं निःश्वार्थ भावनाले युक्त भोकलाई विगतका वर्षदेखि सम्मान गर्दै आएको छ । यसै सिलसिलामा प्रिती नूडल्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत “भोक जरुरी छ” अभियानका सिलसिलामा दूर्गम क्षेत्रलाई शिक्षित र सचेत बनाउने भोक भएका हिमयाक (SnowYak) का संस्थापक श्री विनोद शाहीको भोकलार्इ यसपटक उत्कृष्ट ठान्दै वहाँलाई सम्मान स्वरुप रु एक लाख एकहजार नगद प्रदान गरेको छ । यसका अतिरिक्त वहाँले स्थापना गर्नुभएका विद्यालय एवं डोल्पाका अन्य विद्यालयहरुका लागि टेवल तथा अन्य शैक्षिक सामग्रीहरु पनि प्रितीले प्रदान गरेको कुरा पनि अभियन्ता विनोद शाहीले जानकारी गराउनुभयो  ।

हिमयाक (SnowYak) का संस्थापक विनोद शाहीमा दूर्गम क्षेत्रमा शिक्षा र जनचेतना फैलाउने भोक छ । विगत १४ वर्षदेखि निरन्तर डोल्पा जस्तो हिमाली जिल्लामा केन्द्रित भई सञ्चालित वहाँको संस्था हिमयाकले २ वटा पूर्ण रुपमा बन्द भएका स्कुलहरुको पुनः सञ्चालन, १३ गाउँका ८४५ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, ७ विद्यालयमा १६ स्वयंसेवक शिक्षकहरुको परिचालन, ५२५ बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा एवं ८० भन्दा बढी विपन्न विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान, गर्दैआएको छ ।

“छैन, हुदैन, सक्दैन” जस्ता निराशा र नकारात्मकता फैलिरहेको अवस्थामा “छ, हुन्छ र सक्छ“ फैलाउने भोक, दोषारोपण र परनिर्भरता मात्र ब्याप्त भएको अवस्थामा आफै गर्नुपर्छ, हामी सक्षम छौं भन्दै सबैलाई स्वाभिमान र जिम्मेवार बनाउने भोक, उपेक्षित र अपहेलित दूर्गम क्षेत्रलाई शिक्षित र सचेत बनाउने भोक, र यस्तै भोकले वहाँलाई साधारण मान्छेबाट हिरो बनाइदियो । वहाँ एवं वहाँको संस्था स्नो याक फाउन्डेशनले हिमाली जिल्लाहरुमा पुगेर विभिन्न स्कुल तथा शैक्षिक संस्थाहरुमा उल्लेखनीय कार्य गर्दै आएको छ । वहाँले विभिन्न विद्यालयहरुमा अध्यापन कार्य मात्र गर्नुभएन बन्द नै भइसकेका विद्यालयहरुलाई पुनः सञ्चालनमा ल्याउने कार्य पनि गर्नुभयो । वहाँका यस्तै अतूलनीय कार्यहरुले गर्दा वहाँलार्इ "सर अफ द हिमालयाज" भन्ने उपाधि पनि मिलेको छ ।

विनोद शाहीको यस्तो शाश्वत एवंम् महान् भोकलार्इ एशियन थाईफुड्स प्रा.लि. का महाप्रवन्ध निर्देंशक महेश कुमार जाजुले उर्जा स्वरुप रु १ लाख १ हजारको चेक हस्तान्तरण गर्नुभयो, कार्यक्रममा कम्पनिका मार्केटिङ प्रमुख अमित राठि तथा बसन्त श्रेष्ठको उपस्थिति रहेको थियो । महेश जाजु सादर नमन अनि धन्यवाद ! समाजमा लुकेका, राज्य चुकेका त्यस्ता अनेक भोका पात्रहरुको खोजी, सम्मान र सहयोगका लागि अागामी दिनहरुमा यहाँभित्र अझ भोक जागोस्, अरुको भोकलार्इ जोशमा र अरुकै जोशलार्इ उर्जामा बदल्ने तपाइको भोक जारी रहोस् अनेक शुभकामना !

यस अघि कृष्ण चौहान, क्षेत्रीलाई सम्मान स्वरुप रु एक लाख नगद प्रदान गरिएको छ । वहाँको रक्तदानको भोक रहेको थियो । रक्तदाताहरुले स्वेच्छिक रुपमा गरेको रगत विरामीलाई निःशुल्क दिनुपर्छ भन्ने मान्यता चौहानज्यूको रहेको छ ।

हरियो प्रितीका सफलतासँगै कम्पनीले प्रिती ह्वाइट पनि बजारमा प्रस्तुत गरिसकेको छ । ह्वाइट प्रिती हाल काठमाडौं बाहेक अन्य क्षेत्रहरुमा सहजै उपलब्ध हुँदै आएको छ भने यथाशीघ्र काठमाडौंमा पनि उपलब्ध हुने छ ।

प्रितीको बारेमा
नेपालको सुनसरी जिल्लामा अवस्थित एसियन थाई फुड्स् प्रा.ली.क्ष्क्इ २२०००ः२००५ सर्टिफाई कम्पनी हो । ग्क् ४ ४.१० मिलियन लागानी रहेको यस प्रा.ली. ले नेपाल, भारत, भुटान र अन्य तेस्रो मुलुकहरुमा समेत आफ्नो उत्पादनलाई पुर्‍याउँदै आएको छ । नेपालभर छरिएर रहेका २५००० भन्दा वढी खुद्रा काउन्टर मार्फत् उपभोक्तामा सेवा प्रदान गरिरहेको छ । कम्पनीका अनय उत्कृष्ट उत्पादनहरुमा रमपम, फुच्चे, कुरमकुरा, पिकभिक आदि पर्छन् ।

एउटा यस्तो भोक जागोस् की यो मेरो भोकले मेरो भोलीको सुनौलो भविष्य अनि धेरैले भोली देख्ने दिन र गर्ने कामलार्इ सपनाबाट बिपनामा परिणत गर्नसकोस् । तपाई अनि मेरो शरीर र स्वास्थ आजको हाम्रो भोकको कोख भित्र लुकेको छ, भोक नलाग्नु शोक हो अनि भोक लाग्नु नै सबथोक हो । त्यसैले त "भोक जरुरी छ" सबको मनमा केही न केही भोक जारी रहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.