“बर्ड फ्लु रिलिफ फण्डका लागि निम्बसको शक्ति सहयोगी हात” | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

“बर्ड फ्लु रिलिफ फण्डका लागि निम्बसको शक्ति सहयोगी हात”





नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै कृषकको सुख दुखको साथीको रुपमा स्थापित हुन सफल निम्बसले विगत वर्षहरु झैं यस वर्ष पनि कुखुरा पालक कृषकमा एभिएन एईन्फ्लुएन्जाबाट हुन गएको नोक्सानीमा राहत पुर्याउने उद्देश्यले नेपाल सरकारले प्रदान गरेको राहत रकम बराबर नै निम्बसको शक्ति सहयागी हात कार्यक्रम अन्तर्गत राहत रकम यही २०७४ श्रावण ११ गते निम्बसको कर्पोरेट कार्यालय का.म.पा. –९ सिनामंगलमा प्रदान गरेको छ ।

यो पनि हेर्नुहोस् : स्वतन्त्र मूल्य निर्धारणले उपभोक्ताको हित गर्छ

यस कार्यक्रम अन्तर्गत यस पटक खनार–१२ सुनसरी स्थित पाथिभरा पोल्ट्री फार्मका शक्ति फीड प्रयोगकर्ता कृषक श्री सञ्जय गौतमलाई पर्न गएको नोक्सानी बापत राहत रकम रु. ३,३८,४८८ (अक्षेरेपी तीन लाख अड्तीस हजार, चार सय अठासी मात्र) प्रदान गरिएको छ ।

निम्बसको शक्ति सहयोगी हात कार्यक्रम अन्तर्गत प्रदान गर्ने यस किसिमको राहत कार्यक्रमको मुख्य उद्देश्य भनेको शक्ति फीड प्रयोगकर्ता कृषकहरुको कुखुरा पालन र उत्पादन स्तर तथा क्षमतालाई कायम राखी देशमा खाद्य सुरक्षा सुनिश्चित गर्नु हो ।

यो योजना व्यावसायिकरुपमा नेपालभरि ब्रोईलर र लेयर कुखुरा पालन गर्नेहरुका लागि मात्र हो । यस योजनाबाट लाभान्वित हुन कृषकले आफ्नो फार्म संचालन गर्नु अघि शक्ति फीड सप्लायर कहाँ दर्ता गर्नुपर्र्दछ साथै प्रकोप हुनुभन्दा ६ महिना अघिदेखि नियमितरुपमा शक्ति फीड प्रयोग गरिरहेको हुनुपर्दछ ।

एभियन एईन्फ्लुएन्जाको नामले जानिने बर्ड फ्लु, एउटा सरुवा रोग हो, जसले साधरणतया कुखुरा, हाँस, सुङ्गुर र मानिसहरुलाई असर गर्दछ । आजको दिनसम्म हाइलीप्याथोजेकि एभियन एईन्फ्लुएन्जा नेपालको विभिन्न भागहरुमा पाइएको छ, जुन झापा जिल्लामा सन् २००९ मा पहिलो पटक देखापरेको थियो र त्यस उपरान्त हरेक वर्ष यो समस्या देखा पर्दै आएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.