कम्फ्यूसियस ( ५५१ देखि ४७९ ईसापूर्व)
छिमेकी मुलुक चीनका अत्यन्त प्रभावशाली दार्शनिक, गुरु अनि राजनितिज्ञ कम्फ्यूसियसका प्रेरणदायी १० भनाईहरु यहाँहरु समक्ष लिएर आएका छौ, नयाँ वर्षको यो सँघारमा । जीवनलाई सकारात्मक रुपमा अगाडी लैजान अनि सरल, सहज र खुशी जीवन ब्यतित गर्नका लागी ।
गएको वर्ष शायद हामी तनावमा थियौ, पढाई या कमाई या समबन्ध या प्रगती अनि अन्य तनावहरु हाम्रो मनमा रह्यो होला ? प्रतिस्पर्धा एउटा नराम्रो रुपमा जीवनलाई असर गर्ने कुरा पनि हो भने कहिलेकाँही स्वस्थ्य प्रतिस्पर्धाले हामीलाई प्रगतीशील पनि बनाँउदछ । तर नचाहिने प्रतिस्पर्धा र तुक विनाका समबन्धका कारणले तनाबमा रहनु राम्रो र गहकिलो कुरा पक्कै हैन ।
यस नयाँ वर्षमा मुस्कान अनि सरलता हामीमा छाओस्, जीवनलाई हरेक पल जीउन सिकौ । शायद तल प्रस्तुत महान विचारहरु हाम्रो लागी यसवर्ष हितकर हुनेछ, एकफेर पढौ र शेयर गरौ है ।
आफूलाई जसरी ब्यवहार गरोस जस्तो लाग्छ, त्यसै गरिनै अरुलाई पनि ब्यवहार गरौ र आफूलाई मन नपर्ने ब्यवहार हामी अरुलाई आफू पनि नगरौ भन्ने जस्ता कम्फ्यूसियसका विभिन्न ब्यवहार उन्मुख भनाईहरु अत्यन्त लोकप्रिय र ज्ञानवर्धक छन् । तर आज हामी यहाँलाई उन्का प्रेरणादायी अनि जीवन दर्शन मुखी भनाईहरु पस्किदै छौ ।
१. सबैकुरामा सुन्दरता छ तर सबैजनाले त्यो देख्न सक्दैनन
लौ है साथीहरु, कम्फ्यूसियसले भने जस्तै अब यस वर्षवाट हामीले हरेक कुरामा भएको सुन्दरता अनि आफ्नो जीवनको सुन्दरता नियाल्ने प्रयास गरौ । हरेक कुरामा भएका सुन्दरतालाई खोजौ, चाहे त्यो कुरा धेरै सानो या रंगहीननै किन नहोस ? हेर्ने नजरमा सुन्दरता भर पर्दछ, शायद हामीले यही बुझ्नपर्दछ ।
२. हाम्रो ठूलो जीत भनेको नहार्नु हैन तर हरेक पटक को हार सँगै साहसका साथ जीतको लागी प्रयास गर्नु हो ।
यस भनाईमा कम्फ्यूसियसले मान्छेलाई सधैँ जीतकालागी लालाहीत हुन हुदैन भन्ने सन्देश दिएका छन् र सदैव प्रयासरत रहन प्रेरीत गरेका छन् । पुराना वर्षका हारहरुलाई नयाँवर्षमा जीतमा परिणत गर्न प्रयासरत रहौ है, हामीसबैलाई शुभकामना
३ विचार बिनाको सिकाई एउटा केवल मजदुरी हो भने सिकाई बिनाको विचार हास्यास्पद र जोखिमयूक्त हुन्छ ।
तसर्थ हामीले हरेक सिकाईलाई विचारमा अनि विचारलाई सिकाईसँग जोड्न जरुरी छ । आखिर जीवन आफैमा सिकाईके थलो त हो ।
४ कुनै कुरा थाहा हुने वितिकै नबताईकन बस्न सक्नु र थाहा नभएको कुरालाई थाहा छैन भनि स्वीकार गर्न सक्नु नै ज्ञान हो ।
लौ हे, ज्ञानको नयाँ परिभाषा, एकफेर मनन गरौ
५ म दुईजना मान्छेसीत हिडिरहेको छु भने दुबैजना मेरा गुरुहरु हुन्छन् । एउटामा भएको राम्रा गुण र सिकेर आफूमा लागु गर्दछु भने अर्कामा अर्कोमा भएको नराम्रो गुण म आफूवाट हटाँउदछु ।
६ आफूभन्दा अब्बल मान्छेसँग मात्र मित्रता गास्नु
यस कुरामा चाँही कम्फ्यूसियसले धन या सम्पतीमा अब्बल नभनीकन विचार र ज्ञानमा अब्बल साथीसँगको मित्रतालाई ब्याख्या गरेका हुन् र उनी वैचारीक मन्थनको आवश्यक्तालाई उजागर गर्दछन् ।
७ जबसम्म तिमी रोकिदैनौ तबसम्म तिमी जतिकै विस्तारै अगाडी वढेपनी केही फरक पर्दैन
ल है, कहिले पनी हिम्मत नहारौ र अगाडि वढिरहौ ।
८ यदि लक्ष्य पाउन गाह्रो होला जस्तो भयो भने लक्ष्यलाई मिलाउने हैन , बरु आफ्नो लक्ष्य प्राप्तीका कदमहरुलाई मिलाउन जरुरी छ ।
९ तिमी जता जान्छौ र जे गर्छौ, आफ्नो मन लगाएर गर
१० वाचा गर तिमी सदैव दृढनिश्चयी भएर सक्दो मनलगाएर कार्य गर्नेछौ ।
ल है, जीत र हार मा नरोकिएर हामी सबैको यस वर्ष वितोस् ।
प्रयास जारी रहोस् अनि आफूले आफ्नो सम्मान र माया गरौ ।
सुयोग ढकाल
Liked by: