मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
विक्रम संवत २०८१ साल अर्थात् ईस्वीय सन् २०२४-२०२५ र नेपाल संवत ११४४-११४५ । यस वर्षमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझाव अनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य चाडपर्वहरूको संक्षिप्त जानकारी यसप्रकार रहेको छ :
बडा दशैं २०८१
असोज २ गते देखि असोज १६ गतेसम्म सोह्रश्राद्ध
असोज १७ गते घटस्थापना
असोज २४ गते फूलपाती
असोज २५ गते महाष्टमी र महानवमी
असोज २६ गते विजयादशमी
तिहार २०८१
कात्तिक १४ गते कागतिहार
कात्तिक १५ गते कुकुरतिहार / लक्ष्मीपूजा
कात्तिक १७ गते गाईपूजा, गोबर्द्धन, म्ह पूजा
कात्तिक १८ गते भाइटीका
विक्रम संवत २०८१ का अन्य महत्वपूर्ण तिथि मिति र चाडपर्वहरुको जानकारी हाम्रो पात्रो एपमा अपडेट गरिसकेका छौ ।
Liked by: