बडा दशैं २०८० का शुभ साइत | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

बडा दशैं २०८० का शुभ साइत




मङ्गल धून दशैं विशेष

नेपालीहरूको महान चाड बडादशैं आगामी कार्तिक ७ गते मंगलबारका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद, टिका र जमरा ग्रहण गर्ने उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यसपालिको टिकाको शुभ साहित लाभ योगमा रहेको छ ।

यस दिन पश्चिम फर्केर दुर्गा भवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्नाले शुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्ण हुने शास्त्रोक्त कथन रहेको छ । शास्त्रीय मान्यता अनुसार यो पनि भनिएको छ कि सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन अतस् विजया दशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि टिका र जमरा ग्रहण गर्न सकिनेछ ।

यसैगरी आगामी असोज २८ गतेका दिन बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको शुभ साईत रहेको छ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्न (भिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साईत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिन भरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिनेछ ।

यस्तै, कार्तिक ४ गतेका दिन नवरात्रको सातौं दिन अर्थात् फूलपाती भित्र्याउने उत्तम साईत बिहानको ८ बजेर २४ मिनेटमा रहेको छ । यसैगरी कार्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिन दिन भरिनै जुनसुकै बेलापनि जमरा सेलाउन सकिनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.