मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
विक्रम संवत २०७९ साल अर्थात् ईस्वीय सन् २०२२-२०२३ र नेपाल संवत ११४२-११४३। यस वर्षमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझाव अनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य चाडपर्वहरूको संक्षिप्त जानकारी यसप्रकार रहेको छ :
बडा दशैं २०७९
भदौ २६ गते देखि असोज ९ गतेसम्म सोह्रश्राद्ध
असोज १० गते घटस्थापना
असोज १६ गते फूलपाती
असोज १७ गते महाष्टमी
असोज १८ गते महानवमी
असोज १९ गते विजयादशमी
तिहार २०७९
कात्तिक ६ गते कागतिहार
कात्तिक ७ गते कुकुरतिहार / लक्ष्मीपूजा
कात्तिक ८ गते गाईपूजा
कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा
कात्तिक १० गते भाइटीका
हामी शिघ्र २०७९ का अन्य महत्वपूर्ण तिथि मिति र चाडपर्वहरुको जानकारी यहाँहरुमाझ प्रस्तुत गर्नेछौं ।
Liked by: