इस्लाम धर्मका ५ आधारहरु / ईद मुबारक बिशेष | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

इस्लाम धर्मका ५ आधारहरु / ईद मुबारक बिशेष





ईद अर्थात इस्लाम धर्मको एउटा मुख्य अनि महत्वपूर्ण चाड । महिना दिनसम्मको दिनँहु सुर्योदय देखि सुर्यास्तसम्म पानी सम्म नखाई गरिने ब्रत अनि त्यसपछिको यो महान चाड ईद आफैमा रोचक र आकर्षक चाड हो । चन्द्रमाको बिछट्ट रुप अनि सौन्दर्यसँग अभुतपूर्व समबन्ध भएको यो चाडको उत्कर्षमा विश्वका धेरै देशमा बसोवास गर्ने इस्लाम धर्मावम्बीहरु मात्र नभई अन्य सहयात्री, साथि र छिमेकीसम्म रगींनेछन् ।
इसाई धर्मपछिको विश्वको सबैभन्दा दोश्रो ठुलो धर्म इस्लाम हो, इस्लाम अरबी भाषाको शब्द हो जसको अर्थ हुन्छ
९१० शान्ति
९२० आत्मसमर्पण।
इस्लाम धर्ममा ईबादत भन्नाले भगवानको महिमा भन्ने बुझाँउदछ, मुर्तिपुजा नगर्ने तथा एक् इश्वरबादमा आस्था राख्ने यस धर्मका विशेषताहरु हुन् ।
सन् २०११ को नेपालको जनगणना अनुसार कुल जनसख्यांको ४ दशमलव ४ प्रतिशत इस्लाम रहेका छन् । नेपालमा इस्लाम धर्मको इतिहास भने १५ औ शताब्दीमा काश्मिरवाट आएका ब्यापारीहरुको प्रवेशवाट शुरु भएको मानिन्छ जब राजा रत्न मल्ल शाषन सत्तामा थिए । त्यसपछि १७ औँ शताब्दीमा उत्तरी भारतवाट फेरि इस्लाम समुह नेपालमा प्रवेश गरेको इतिहास छ । यी इस्लामीक दस्ताहरु विशेष रुपमा हतीयार निर्माणका लागि आएका थिए । नेपाल एकीकरणको इतिहासमा पनि इस्लाम समुदायको देन र हतीयार निर्माणमा उनीहरुले गरेका योगदान प्रशंसनीय छ, शायद त्यसो नभएको भए ईस्ट ईन्डिया कम्पनीसँग लड्नकालागि नेपाल सक्षम हुन सहज पनि थिएन ।
चाहे छरछिमेकमा भएका इस्लाम साथि र छिमेकी हुन या खाडी मुलुक अनि अन्य मुलुकहरुमा साथै रहँदाका छिमेकी, साथि या सहकर्मिहरु हुन्, हामी अन्य धर्मका भएपनि इस्लामसँग कुनै न कुनै हिसाबले नजिक छौ । आज हामी हाम्रो पात्रोको यो ईल विशेष आलेखलाई इस्लाम धर्मका आधारभूत ५ कुराहरु बताउन केन्द्रित गर्दैछौ ।


१ साक्षी हुनु /शहादाह
अरबीस्لا اله الا الله محمد رسول الله उच्चारण्स्लाईलाह् इल्लल्लाह् मुहम्मदुर्रसुलुल्लाह्। नेपालिस् अल्लाह् बाहेक् अरु कोहि पुज्य छैन र मुहम्मद अल्लाह का रसूल हुन्। यस घोषणाको साक्षी भएर अल्लाह प्रतिको विश्वाशलाई नै इस्लाम धर्मको प्रथम आधार मानिन्छ ।

२ प्रार्थना / सलात
फारसीमा यसलाई नमाज भनिन्छ । हरेक मुसलामनले दिनमा ५ पटक नमाज पढ्न जरुरी मानिन्छ र यसरी नमाज पढ्दा मक्काभएको ठाँउतर्फ फर्केर पढिन्छ । यसले अल्लाहप्रतिको मानवको कृतज्ञता देखाउने भएकाले इस्लामको एउटा आधार मानिन्छ ।

३ दान /जकात
अन्य धर्म विशेषतः हिन्दुधर्ममा जस्तै इस्लाममा पनि दान पुण्यको ठुलो महत्व छ । अत्यन्त बलियो सामाजीक परिवेश भएके यस धर्ममा समाजका सम्पन्न ब्यक्ति अथवा परिवारले निर्धनहरुलाई दान गर्नु पनि एउटा धार्मीक आधार नै मानिन्छ ।
मनुष्यको सम्पतीलाई ईश्वरको दान मानिनेभएकाले उक्त सम्पतीले सबैजना ईश्वरका सन्नतीको भलो गर्नुपर्ने मान्यता छ ।

४ व्रत / सौम
संसारका सम्पूर्ण भौतिक र नाश्वर कुराहरुसँग ध्यान हटाएर ईश्वरमा चित्त लीन गराउन ब्रत बस्ने आधार हो । यस्तो ब्रतलाई रोजा पनि भनिन्छ जुन इस्लामको महत्वपूर्ण आधार हो । यसकासाथै निर्धन र भोकाहरुले कसरी भोकै आफ्ना दिन गुजार्नु पर्ने रहेछ भन्ने कुराको ज्ञानकालागि पनि रोजालाई लिइन्छ ।

५ तीर्थ यात्रा / हज
विवश नभइकन हरेक समर्पित इस्लामले आफ्नो हज अर्थात तिर्थयात्राको खर्च आफै उठाई साउदी अरबमा भएको मक्कामा तिर्थयात्रा गर्नुपर्ने इस्लाम धर्मको पाँचौ आधार हो ।
जीवनभरमा एकफेर हज अनिवार्य मानिन्छ, यसरी हज गरिसकेपछि आफ्नो नामको पछाडि हाजी लेखाउने चलन पनि छ । हाजी अर्थात हजको यात्री भन्ने बुझिन्छ ।

यस वर्षको ईद रमाइलो होस्, समृद्धि र शान्ति सबैलाई होस् ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.