अब हाम्रो पात्रोको हाम्रो रिचार्ज सेवामा दुबई दिराम पनि लिने | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

अब हाम्रो पात्रोको हाम्रो रिचार्ज सेवामा दुबई दिराम पनि लिने





हाम्रो पात्रोका देश तथा विदेशमा रहेका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि एउटा एकदमै उत्साहजनक खबर छ। हाम्रो पात्रोले केही समय अघि ल्याएको हाम्रो रिचार्ज सेवाले जसलाई प्रयोग गरेर प्रयोगकर्ताले संसारको कुनै पनि ठाउँमा रहेर नेपालको कुनै पनि मोबाइल नम्बरमा रिचार्ज पठाउन सक्नुहुन्छ सेवा बिस्तार गर्दै अब दुबई दिराम पनि थप गरेको छ। अब दुबइमा रहनुभएका सेवाग्राहीहरूले दुबई दिराममै पैसा तिरेर नेपालको जुनसुकै नम्बरमा सजिलै रिचार्ज पठाएर आफ्ना साथीभाइ तथा परिवारलाई खुशी पार्न सक्नुहुनेछ। यस अघि यो सेवा अमेरिकी डलर, जापानी एन तथा अस्ट्रेलियाली डलरमा उपलब्ध थियो। सेवा बिस्तारसँगै अब यो सेवा दुबई दिरामबाट पनि लिन सकिनेछ। आफ्नो कार्डमा अन्तर्राष्ट्रिय भुक्तानी सुचारु रहेमा सेवाग्राहीले संसारको कुनै पनि ठाउँबाट डलरमा यो सेवा लिन सक्नेछन् जबकी दुबइका सेवाग्राहीले सिधै दुबई दिराम मार्फत नि भुक्तानी गरी नेपाली मोबाइल नम्बरमा सजिलै रिचार्ज गर्न सक्नेछन्। यो सेवा हाम्रो पात्रोको एप तथा वेब दुवैमा उपलब्ध छ र सेवा लिनका लागि सेवाग्राहीले लगइन गर्नुपर्दछ।

संसारका विभिन्न भागमा छरिएर रहेका नेपालीहरूले आफ्ना घरपरिवार तथा साथीभाइसँग कुरा गर्न कुनै अवरोध नआओस् भनेर हाम्रो पात्रोले समय समयमा विभिन्न सेवाहरू लिएर आएको छ र हाम्रो रिचार्ज सेवाले निकै सजिलो बनाइदिएको छ। सेवाग्राहीहरू माझ हाम्रो रिचार्ज सेवा निकै लोकप्रिय रहेको छ।

रिचार्ज सेवा प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् 

-हाम्रो पात्रोका लागि श्वेता बाग्ला



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.