Hamropatro 7 Days 7 Features Events Notes | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हाम्रो पात्रो “७ दिन ७ विशेषता” चौथो विशेषताः अब नोट/टिपोट राख्ने सुविधाका साथ




   शंकर उप्रेती - Mar 08 2019

र एउटा अर्को खुशीको कुरो के भने तपाईंका हरेक नोट टिपोट अथवा भनौ इभेन्ट प्लानका अग्रीम जानकारीका लागि हाम्रो पात्रोको रिमाइण्डर सुविधा पनि चाँडै नै सार्वजनिक गर्ने तयारी गरेका छौं :) ।



धादिङ साकोंशमा म एकदिन एकजना बासंग हाम्रो पात्रो विषयमा गफिँदै थिएँ, वहाँले त मलाई कागजको पात्रोभन्दा धेरै अघिको समयमा लैजानु भयो । समय परिवर्तनशील छ, वहाँले आफ्नो र आफूभन्दा अघिको पालाको कुरा गर्नुभयो जब आकाशको तारा हेर्दै अनि सूर्यको कोण हेरेर समय मापन गरिन्थ्यो । समय अनि पलाको मापनदेखि एक एकान एक र डेढ चौको ६ सम्मको हिसाब हुने समयबाट हामी अहिलेको परिवेशमा आयौं । पात्रो सबैको पहूँचमा नहुने र शुभसाइत हेराउन, औंशेपूर्णे बुझ्न पनि जानेकाहरुकोमा जानुपर्ने समय वहाँको जीवनभोगाईमा संग्रहित थियो । कति महत्वपूर्ण छन् त हाम्रा लागि कार्यक्रम, तिथि अनि तिनको सम्झना र अक्षराङ्कन म आत्मसाथ गर्दैथिँए ।

हाम्रो पात्रोले तिथि मितिको पहूँचसंगको एउटा परम्परामाथिको सामन्तवादलाई तोड्दै सबैको पहूँचमा तिथि मिति, साइत, चाडपर्व अनि तिनका व्याख्याका कुराहरु लिएर आयो । प्रविधिको पहुँच भएको नेपालीले अब एकादशी महात्मय सुन्न या श्रीस्वस्थानी कथा श्रवण गर्न कहिँ जानु पर्दैन, सबै चाडपर्व अनि एतिहासिक घटनाक्रमदेखि मुख्य समाचारहरु अब यसैमा उपलव्ध छ ।

कुरो हो नेपाली जीवनशैली छुने, अनि आफ्नो दैनिक क्रियाकलापको या गर्नुपर्ने कुराको नोट राख्ने आवश्यक्ताको । राती सुत्नेबेलामा कहिलेकाँही त्यसदिन गर्छु भनेको काम या जान्छु भनेंको ठाँउ जान भुलेको याद आउँछ, विस्मातले मन घेरिन्छ अनि अबबाट त्यसो गर्दिन भन्यो फेरि त्यही घटनाक्रम दोहोरिन्छ ।

यो नेपाली जीवनशैलीको एउटा महत्वपूर्ण आवश्यक्ता नै भएको छ र यसको कारण हो हामी नोट राख्दैनौं या हामीसंग यो दिन यो गर्छु भनी झस्काउने कुनै नोट राख्ने र सम्झाउने संयन्त्रको कमी छ । हाम्रो पात्रो आज ६० लाख बढि नेपाली मोबाइलमा आफ्नो रातो रंगको नेपालीपनासंगै झल्किरहेको छ, अब हाम्रो पात्रोको यस मेगा रिलिजमा वर्षका कुनै पनि दिन आफूले गर्नुपर्ने काम सम्झन अनि सम्पादन गर्न नोट राख्न मिल्ने सुविधा हामीले लिएर आएका छौं । यसो गर्दा हामीले कसैको जन्मदिन, विशेष सम्झना या कुनै महत्वपूर्ण कामविशेष भुल्नपर्नेछैन । हाम्रो पात्रोले आफ्नो मुख्य मेनुमानै ठूलाठूला अक्षरले यहाँहरुलाई संझाईदिनेछ ।

क्यालेण्डरका कुनै पनि दिनविशेषमा गएर तलपटि नोट या इभेन्टस अप्शन देखिन्छ जहाँ थिचेर यहाँहरुले सहजै दिन विशेषमा आफ्ना नोट्स/टिपोटहरु राख्न अनि सम्पादन गर्न सक्नुहुनेछ । यो एउटा अत्यन्त महत्वपूर्ण फिचर हो, आफ्ना अनेकानेक कार्यक्रमको तालिका मिलाउन र गर्नुपर्ने कामहरु सम्झिन हाम्रो पात्रोद्वारा सार्वजनिक हाम्रो नोट/टिपोटको सुविधा सेवाका लागि तयार छ । यो सुविधा प्रयोग गर्नका लागि तपाईंले हाम्रो पात्रो लग-ईन गरेको हुनुपर्छ र यो लग-ईन अत्यन्त सहज छः ह्याम्वर्गर मेनु अर्थात् छेउको मुख्य मेनुमा गएर या नोट्स एड गर्दा पनि लग-ईन अप्शन देख्न सकिन्छ, आफ्नो साबिकको फेसबुक, ट्विटर या जीमेल अकाउण्टबाट सजिलै लग-ईन गर्न सकिनेछ । नोटलाई सम्पादन अर्थात एडिट तथा हरेक नोटलाई आफूले चाहेको फरक फरक रंगमा राख्न पनि सकिन्छ । ल एकफेर प्रयोग पो गरेर हेर्ने हो कि यो नयाँ फिचर ?

अब नेपालीहरुले कुनै इभेन्टस या कार्यक्रम छुटाउनु नपरोस्, समय अनुसार अघि बढ्न सकियोस र सुस्तरि नेपाली टायमको आक्षेप कुनै कार्यक्रममा या उपस्थितीमा नलागोस्, हाम्रो पात्रोको ध्येय त्यसमा केन्द्रित छ । यो फिचरले सबैलाई दैनिक क्रियाकलापमा थप जुझारु अनि सफलताको थप नजिक लान सहयोग अवश्य गर्नेछ ।

र एउटा अर्को खुशीको कुरो के भने तपाईंका हरेक नोट टिपोट अथवा भनौ इभेन्ट प्लानका अग्रीम जानकारीका लागि हाम्रो पात्रोको रिमाइण्डर सुविधा पनि चाँडै नै सार्वजनिक गर्ने तयारी गरेका छौं :) । हातमा रहेको यो कामधेनु तर बहुउपयोगी सहयात्रिको यो नयाँ फिचर आज चौथो दिनमा । “७ दिन ७ विशेष विशेषता”मा म फेरि भोली अर्को विशेषताबारे जानकारी लिएर आउनेछु ।

साथै धन्यवाद हामीले जारी गरेका अघिल्ला तीन विशेषता (भाषा, लाईट-डार्क थिम तथा भिडियो) बारे जानकारीमा यहाँहरुको अपार सहभागीता सहितको मायाका लागि साथै यहाँहरुले हामीलाई त्यसबारे दिनुभएको सल्लाह सुझाव तथा प्रतिकृयाका लागि हाम्रो पात्रो परीवार कृतज्ञ छ ।

यदि तपाईंलाई हाम्रो यो नयाँ अपडेट मनपरेको छ भने कृपया play store मा रेटिङ र प्रतिक्रिया अवश्य दिनुहोला । तपाईंको राम्रो प्रतिक्रियाले हामीलाई थप सुधार गर्न सहयोग गर्नेछ । अन्य केही कुराहरु र सुझावहरु छन् भने कृपया तल कमेन्ट बक्समा लेखी पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.