हाम्रो पात्रो “७ दिन ७ विशेषता” - किनकी यसमा सबै छ! | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हाम्रो पात्रो “७ दिन ७ विशेषता” - किनकी यसमा सबै छ!




   शंकर उप्रेती - Mar 12 2019

हाम्रो पात्रोको यस मेगा अपडेटको ७ महत्वपूर्ण विशेषताहरुमध्ये जारी गरेका छौं दैनिक नोटिफिकेशन हिस्ट्रि जुन हिस्ट्रिको सूचीको रुपमा हाम्रो पात्रोमा २४ घण्टासम्म रहीरहनेछ । अब दिनभरी तपाईँ जस्तोसुकै व्यस्ततामा रहेपनि महत्वपूर्ण खबरहरुको अपडेट छुट्यो भनेर टेन्सन लिईराख्नु पर्दैन ।



यस मेगा अपडेट बारेमा हजूरहरुलाई विस्तारमा जानकारी दिउँ भन्ने हेतू ७ दिन देखि हाम्रा सबै विशेषताहरुबारे लेख्न शुरु गरेको थिएँ । म विश्वस्त छु हाम्रो पात्रोमा समावेश यस ‘७ दिन ७ विशेषता’ अन्तर्गतका हरेक सुविधाहरु हाम्रा आदरणीय प्रयोगकर्ताका लागि प्रयोग अनुभव र उपलब्धिका हिसाबले एउटा अनुपम दृष्टान्त हुनेछ ।

मेरो व्यक्तिगत अभिरुची तथा आवश्यक्ताले जन्मिएको हाम्रो पात्रोको शुरुवाती दिनहरु देखि आजको यो मेगा अपडेटेड भर्जनसम्म हाम्रो पात्रो नेपाली एप्सहरुको पंक्तिमा सर्वाधिक ठूलो परिवार सिद्ध भएको छ । गर्व लाग्छ कि हाम्रो यो स्मार्ट नेपाली परिवार आज लाखौं लाख सदस्य सहितको एउटा विशाल पारिवारीक संरचना बनिसकेको छ । यसपटक हामीले सार्वजनिक गरेका अहिलेसम्मका ६ वटै विशेषतापछि अब पालो सातौं विशेषताकोः

आजको विशेषताः नोटिफिकेशन पछि पनि हेर्न मिल्ने - नोटिफिकेशन हिस्ट्रि

हामीले हजूरहरुबाट प्राप्त गरेका विभिन्न जिज्ञासा तथा सुझावहरुमध्ये एउटा विषयले हाम्रो प्राविधिक टोलीलाई पनि हौस्याएको थियो । र त्यो विशेषता हो दिनभर नोटिफिकेशनमा आएका हरेक ब्रेकिङ तथा इक्सक्लूसिभ समाचार सेभ गर्ने अथवा पुस नोटिफिकेशन प्राप्त गर्न छुटेको खण्डमा हाम्रो पात्रोमा कतै हेर्नमिल्न सुविधा । तत्काललाई काम अगाडी बढाउने भइयो जस अनुरुप दिनहूँ पठाइने प्रमुख समाचार नोटिफिकेशनलाई सेभ गर्न मिल्ने सुविधा गरौं भन्ने भयो । ‘हैन! यो चैं गर्नुपर्छ’ जस्ता कुरा प्राविधिक साथीहरु हरेक छलफलका क्रममा कुरा निकालीरहनुहुन्थ्यो । मलाई व्यक्तिगत रुपमैं पनि यसबारे केही व्यवस्थित सुविधा ल्याउने रहर थियो ।

र सोही सामूहिक निर्णयलाई हामीले हाम्रो पात्रोको यस मेगा अपडेटको ७ महत्वपूर्ण विशेषताहरुमध्ये जारी गरेका छौं दैनिक नोटिफिकेशन हिस्ट्रि जुन हिस्ट्रिको सूचीको रुपमा हाम्रो पात्रोमा २४ घण्टासम्म रहीरहनेछ ।

अब दिनभरी तपाईँ जस्तोसुकै व्यस्ततामा रहेपनि महत्वपूर्ण खबरहरुको अपडेट छुट्यो भनेर टेन्सन लिईराख्नु पर्दैन । दैनिक नोटिफिकेशन हामीले सार्वनजिक गरेको नोटिफिकेशन हिस्ट्रिमा रहने हाम्रो यो सुविधाले देश विदेशका ताजा समाचार तथा महत्वपूर्ण जानकारीका कुनैपनि अपडेट तपाईँले आफ्नो अनुकूल समयमा पढ्न सक्नुहुनेछ । म विश्वस्त छुँ यहाँहरुको दैनिक जीवनमा हाम्रो यो नविन प्रकाश सहयोगी बन्नेछ ।

पहिलो विशेषताः स्थानीय भाषाका साथमा

हाम्रो पात्रो अब नेपालभाषा, मैथिली भाषा र भोजपुरी भाषामा पनि उपलव्ध भएको र भाषा परिवर्तन गर्न सकिने फिचरको ब्याख्या गर्यौं । सगौरव यो भनिरहँदा हाम्रो पात्रोले काठमाण्डौं उपत्यकाको देवालयहरु देखि तराईका सपाट खेतका आलीहरुसम्म आफ्नो प्रयोगकर्ताहरुको मन छुने एउटा आत्मिय पहल हो । धन्यवाद हाम्रो यो पहललाई तपाईँहरुले दर्शाउनुभएको अथाह माया तथा समर्थनका लागि ।

दोश्रो विशेषताः दिन तथा रात थिमका साथ

प्रयोगकर्ताहरुको सहजताका र तपाईँले प्रयो गर्नेङ डिभाइसको व्याट्री प्रभावकारितालाई ध्यानमा राख्दै लाईट, डार्क र अटो थिमलाई हामीले सार्वजनिक गर्यौं । अब हाम्रो पात्रोको नेपथ्यका रंग र प्रकशको परावर्तनको अनुपातका आधारमा प्रयोगकर्ताले आफूलाई आवह्य छान्न सक्नुहुनेछ । 

तेश्रो विशेषताः भिडियो हेर्ने स्मार्ट तरीका

मेगा अपडेट अन्तर्गत हामीले विविध भिडियो वर्ग (क्याटोगरी) अनुसार भिडियो हेर्ने स्मार्ट तरिकालाई ब्याख्या गर्यौं । भिडियोको नेपाली इतिहासलाई बाल्यकालिन डेक र एन्टीना अनि नेपाल टिभीका पुराना सिरियलको याददेखी पर आज हाम्रो पात्रोमा सहजै नेपाली राजनीतिका, खेलकुदका, मनोरञ्जनका, रियालिटी शोका तथा युवा रोजाईका दर्जनौं आधिकारीक भिडियो स्रोतका च्यालहरु समावेश गरिएका छन् ।

हाम्रो पात्रोमैं भिडियो किन हेर्ने ?
बिभिन्न श्रोतका अनेकन भिडियोको खोजि यूट्यूबमा हामी निकै कसरत लगाएर गर्ने गर्दछौं । जहाँ आफूलाई चाहिने नचाहिने अनेक अनावश्यक विकल्पहरुले कहिलेकाँही त विरक्त लागेर आउँछ । त्यहि विरक्ततालाई ध्यानमा राख्दै भिडियोप्रेमी हाम्रा स्मार्ट प्रयोगकर्ताहरुका “Spam-free” समाचार, गीत सङ्गीत, रियालिटी शो, चलचित्र, विज्ञान, तथा अन्य विधाका रोचक भिडियोहरु स्मार्ट तरिकाले देखाउनु हाम्रो यो “मेगा अपडेट”को विशेषता हो । 

चौंथो विशेषता: नोट/टिपोट राख्ने सुविधा

हाम्रो पात्रो मेगा रिलिजको अत्यन्त महत्वपूर्ण फिचर हो नोट टिपोट । आफ्ना अनेकानेक कार्यक्रमको तालिका मिलाउन र गर्नुपर्ने कामहरु सम्झिन हाम्रो पात्रोद्वारा सार्वजनिक हाम्रो नोट/टिपोटको सुविधा अब तपाईँको व्यक्तिगत प्रयोगका लागि तयार छ । यो सुविधा प्रयोग गर्नका लागि तपाईंले हाम्रो पात्रो लग(ईन गरेको हुनुपर्छ र यो लग-ईन अत्यन्त सहज छः ह्याम्वर्गर मेनु अर्थात् छेउको मुख्य मेनुमा गएर या नोट्स एड गर्दा पनि लग(ईन अप्शन देख्न सकिन्छ, आफ्नो साबिकको फेसबुक, ट्विटर या जीमेल अकाउण्टबाट सजिलै लग-ईन गर्न सकिनेछ ।

नोटलाई सम्पादन अर्थात एडिट तथा हरेक नोटलाई आफूले चाहेको फरक फरक रंगमा राख्न पनि सकिन्छ । अब नेपालीहरुले कुनै इभेन्टस या कार्यक्रम छुटाउनु नपरोस्, समय अनुसार अघि बढ्न सकियोस र सुस्तरि नेपाली टायमको आक्षेप कुनै कार्यक्रममा या उपस्थितीमा नलागोस्, हाम्रो पात्रोको ध्येय त्यसमा केन्द्रित छ । यो फिचरले सबैलाई दैनिक क्रियाकलापमा थप जुझारु अनि सफलताको थप नजिक लान सहयोग अवश्य गर्नेछ ।

पाँचौ विशेषताः समाचार सर्च तथा ट्रेण्डिङ समाचार

हामीले सर्च र ट्रेन्डिगं विषयमा नयाँ फिचर र विशेषता बाकेर आयौं । आफ्नो इच्छा अनुसारको विषयको सामाग्री सर्च गर्न र ट्रेण्डिगं विषयहरुमा अवलोकन र अपटेडेड रहन हामीले यो फिचर ल्याएका हौं । सर्च गर्ने प्रभावकारी तरिका देखि सर्च हिस्ट्रि सम्पादन सम्मको सुविधाको एप्लिकेशनले दिएको छ ।

छैठौं विशेषताः न्यूज पर्सनलाईजेशन

यहाँहरुको व्यक्तिगत रोजाई, छनौट र रुचिअनुसारका समाचार स्रोत र समाचार वर्गहरु समेटिएको पर्सनलाइजेशन सुविधा तपाईँको प्रयोगका लागि अब तयार छ । हाम्रो पात्रोले नेपालभरिका ४० भन्दा धेरै श्रोतका समाचारहरु यहाँहरु सामु पस्कँदै आएको र समाचार या समाचार स्रोतहरु हरेकका लागि रुची अनुरुप र चासो अनुरुप नहुने कुरालाई मध्यनजर राख्दै यहाँहरुलाई समाचार पर्सनालाइजेशनको सुविधा ल्याइएको हो । त्यस यस मेगा अपडेटमा हामीले तपाईँलाई मनपर्ने समाचारहरु रोजी रोजी पढ्न सक्ने सुविधा लिएर आयौं । अब तपाईँले आफूलाई मनपरेको समाचार स्रोत रोज्न तथा आफूलाई चाहिने समाचार वर्ग चयन गर्न सक्नुहुनेछ ।

सातौं विशेषताः दैनिक नोटिफिकेशन हिस्ट्रि
आज, सातौं विशेषताका रुपमा हामीले समाचारका दैनिक नोटिफिकेशन हिष्ट्रिमा सूचिवद्ध प्राप्त गर्नमिल्ने सुविधा जारी गर्यौं । साथै वेब अपटेड र कमेन्टिङ सुविधाका बारेमा केहि विशेष कुरा लिएर आएका छौं । हाम्रो पात्रोका सामाग्री र तिथिमितिको खोजी एप्स र वेब भर्जन दुबैमा उतिकै हुनेगरेको छ । हाम्रो पात्रोको वेब ठेगाना www.hamropatro.com मा अब अपडेटेड कुराहरु देख्न सकिनेछ । अब वेब भर्जनका सामाग्रीहरुमा यहाँहरुले प्रतिक्रिया दिन, लाइक, डिस्लाइक र कमेन्ट गर्न सक्नुहुनेछ भने हरेक समाचार तथा ब्ल्ग साहित्यका हाम्रा सामाग्रीहरुलाई पछि हेर्न मिल्ने गरेर सेभ समेत गर्नसक्नुहुनेछ । हाम्रो पात्रो एप्सका सबै बिशेषताहरु अब वेब भर्जनमा पनि उपलब्ध छन् अब ।

हामी यहाँहरुको कुरा, भावना र प्रतिक्रिया हरेक सामाग्रीहरुमा सुन्न चाहन्छौं, हामी हाम्रा सामाग्रीहरुमा विचार र तर्कहरुको प्रवाह हेर्न चाहन्छौं । आशा छ कमेन्टिगं सिस्टममा यहाँहरुको दिलचस्पी र अपनत्व झनै बढेर जानेछ भन्ने । 

केहि समय मौसमको जानकारी दिने सुविधा रोकिएको भएतापनि अब यो सुविधा पुनः सूचारु भएको छ । यि अपडेटहरु हाम्रो पात्रोको श्रीगणेश भएपछिका दिनहरुका सर्वाधिक ठूला अनि प्रयोगमैत्री अपडेटहरु हुन् । यहाँहरुको चाहना र प्रयोग सहजताका लागि हाम्रो पात्रो सदासर्वदा कठिवद्ध छ ।

म विश्वस्त छुँ हाम्रो पात्रोको यस मेगा अपडेट अन्तर्गतको
‘७ दिन ७ विशेषता’ले तपाईँको स्मार्ट जीवनलाई स्मार्ट दैनिकीमा व्यवस्थापन गर्नेछ । यहाँहरुको माया, सद्भाव र सदाशयताको खाँचो हामीलाई सदा रहनेछ । विश्वको जुनसुकै कुनामा भएपनि मोबाइलमा हाम्रो पात्रो देखेपछि मलाई आफ्नो परिवारको सदस्य र सहृदय मान्छे भेटेको झैं भान हुन्छ । यो परिवारका तपाईँ-हामी सबै क्रियाशील सदस्यहरु हौं, आ-आफ्नो भावना र अपेक्षा हामीलाई भन्नुहोस् है । यदि तपाईंलाई हाम्रो यो नयाँ अपडेट मनपरेको छ भने कृपया play store मा रेटिङ र प्रतिक्रिया अवश्य दिनुहोला । तपाईंको राम्रो प्रतिक्रियाले हामीलाई थप सुधार गर्न सहयोग गर्नेछ । अन्य केही कुराहरु र सुझावहरु छन् भने कृपया तल कमेण्ट बक्समा लेखी पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.