हाम्रो पात्रो “७ दिन ७ विशेषता” छैठौं विशेषता - तपाईको लागि समाचार - न्यूज पर्सनलाईजेशन | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हाम्रो पात्रो “७ दिन ७ विशेषता” छैठौं विशेषता - तपाईको लागि समाचार - न्यूज पर्सनलाईजेशन




   शंकर उप्रेती - Mar 11 2019

तपाईँलाई मनपरेको समाचारका विषयहरु पढ्न अझै सजिलो होस्, खोज्न अझै सजिलो होस् भनेर हामीले सर्च शब्दलाई सेभ तथा ट्रेण्डिङ विषयलाई फलो गर्ने सुविधा दिएका छौं । यसरी सेभ गरीएका सर्च शब्द अथवा फलो गरीएका ट्रेण्डिङ विषयहरु ‘मन परेकाहरु’ पृष्ठमा देखिन्छ ।



मेगा रिलिजको “७ दिन ७ विशेषता” अन्तर्गत आज पालो “तपाईँका लागि समाचार” अर्थात् News Personalization को.

तपाईँका लागि 😀

यस अघि नेपालका लोकप्रिय विभिन्न ४० वटा मेडियाका ताजा सामाग्रीहरु प्राप्त गर्दै आईरहनुभएको थियो । जसमा ताजा समाचार सहित लोकप्रिय, पत्रपत्रिका लगायत अन्य केही समाचार वर्ग (क्याटोगरी)हरु राखिएका थिए । जसमा सबैले सबै विषयवस्तु केन्द्रित समाचारहरु प्राप्त गर्नुहुन्थ्यो । सबैलाई सबै समाचारका वर्गहरु मनपर्छ भन्ने हुँदैन, मानौ की तपाईँलाई खेल तथा मनोरञ्जनका समाचार मात्र मनपर्नसक्छ । यि समाचार वर्गहरुमात्र पढ्ने सुविधा यसअघिको भर्सनमा थिएन ।


यस मेगा अपडेटमा हामीले तपाईँलाई मनपर्ने समाचारहरु रोजी रोजी पढ्न सक्ने सुविधा लिएर आएका छौं । अब तपाईँले आफूलाई मनपरेको समाचार स्रोत रोज्न तथा आफूलाई चाहिने समाचार वर्ग चयन गर्न सक्नुहुनेछ ।

यसका लागि समाचार पृष्ठको फुटरमा दोस्रो बटनको रुपमा स्माइली आइकनलाई थिच्नुपर्ने हुन्छ । त्यसलाई थिच्ना साथ तपाईँलाई समाचार स्रोत तथा समाचार वर्ग चयन गर्ने + बटन देख्नुहुनेछ ।

सम्बन्धित बिकल्पका + बटनमा थिचेर तपाईँ मनपर्ने समाचार स्रोत तथा आफूलाई मनपर्ने समाचार वर्ग चयन गर्न सक्नुहुनेछ । अब ‘तपाईँका लागि’ पृष्ठमा तपाईँले चयन गर्नुभएको समाचार वर्ग अनुसारका समाचारहरु तपाईँले रोज्नुभएको स्रोतबाट मात्र आउनेछ ।

मनपरेकाहरु ❤️

‘मन परेकाहरु’मा क्लिक गरेर यसअघि तपाईले रोज्नुभएको समाचारका स्रोतहरु, वर्ग (क्याटोगरी)का ताजा सामाग्रीहरु पढ्न सकिनेछ ।

तपाईँलाई मनपरेको समाचारका विषयहरु पढ्न अझै सजिलो होस्, खोज्न अझै सजिलो होस् भनेर हामीले सर्च शब्दलाई सेभ तथा ट्रेण्डिङ विषयलाई फलो गर्ने सुविधा दिएका छौं । यसरी सेभ गरीएका सर्च शब्द अथवा फलो गरीएका ट्रेण्डिङ विषयहरु ‘मन परेकाहरु’ पृष्ठमा देखिन्छ ।

यदि तपाईँलाई पत्रपत्रिका नै पढ्ने बानी परेको छ भने ‘पत्रपत्रिका’ बटनमा अन्नपूर्ण पोष्ट, राजधानी दैनिक लगायतका धेरै राष्ट्रिय पत्रपत्रिका तथा विभिन्न विधाका म्यागेजिनका ताजा ईकपीहरु देख्न सक्नुहुनेछ, अब जहाँ भएपनि तपाईँले बिहानको चियाको चुस्की होस् या दिनको कुनै पनि प्रहर आफूलाई पायक पर्ने जुनसुकै समयमा नेपाली पत्रपत्रिकाको अध्ययन गर्न सक्नुहुनेछ ।

हाम्रो पात्रो वेबसाइट https://www.hamropatro.com पनि एप्लिकेशनकै सुविधा सरह समाचार हेर्ने, समाचार सेभ गर्ने सुविधा सार्वजनिक गरेका छौं । एकफेर वेब र एप्स दुबै चलाएर हेर्नुस न है ! हामी यहाँहरुको रुची अनि खोजिलाई बुझ्दै त्यसैअनुसार सामाग्री पस्कन तयार छौं, अब आफ्नो मनपरेका समाचार स्रोतहरु जोड्दै जानुहोस्, यहाँहरुलाई विश्वका सबै ताजा समाचार र अपडेटहरु ल्याएर सुसुचित र सशक्त बनाउने जिम्मा हाम्रो ।

साथै कमेण्ट सुविधा

यो हाम्रो पात्रो बास्तवमा तपाईँहामी सबैको साझा थलो हो जुन एउटा क्यालेण्डर केवलमा सिमित छैन । अनि यसमा उपलब्ध फिचरमा गएर आफूलाई लागेको कुराहरु कमेण्ट गर्न, लाईक गर्न र अरुले गरेका कमेण्टमा रिप्लाई अथवा लाईक डिसलाईक गर्नसकिने भएकोछ । यो सुविधा हाम्रो पात्रोको वेबसाइट https://www.hamropatro.com मा समेत उपलब्ध छ । मन खोलेर आफ्ना बिचारहरु कमेण्ट गर्नुहोस् । कमेण्ट सुविधा समाचार, भिडियो, ब्लग/साहित्य, अडियो, रेडियो, बिनिमय दर, सुनचाँदी तथा तरकारी बजार जस्ता फिचरहरुमा उपलब्ध छन् । हाम्रो सामाजिक निर्देशिका अन्तर्गत मात्र रहेर कमेण्ट लेख्नुहुन अनुरोध गर्दछौं ।

मेगा रिलिज अन्तर्गत आजको यस न्यूज पर्सनलाईजेशनको सुविधा सहित हामीले जारी गरेका अघिल्ला पाँच विशेषता (भाषा, लाईट-डार्क थिम, भिडियो तथा नोट/टिपोट, सर्च तथा ट्रेण्डिङ विषय) यहाँहरुले प्रयोग गर्नुभयो की भएन ? छैन भने आजै तपाईँको हाम्रो पात्रो अपडेट गर्नुहोस् र नविन अपडेट प्राप्त गर्नुहोस् ।

यदि तपाईंलाई हाम्रो यो नयाँ अपडेट मनपरेको छ भने कृपया play store मा रेटिङ र प्रतिक्रिया अवश्य दिनुहोला । तपाईंको राम्रो प्रतिक्रियाले हामीलाई थप सुधार गर्न सहयोग गर्नेछ । अन्य केही कुराहरु र सुझावहरु छन् भने कृपया तल कमेण्ट बक्समा लेखी पठाउनुहोस् ।

न्यूज पर्सनलाईजेशन सम्बन्धि भिडियो हेर्नुहोस्ः





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.