Hamropatro 7 Days 7 Features Search And Trendingnews | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हाम्रो पात्रो “७ दिन ७ विशेषता” - पाँचौंः अब सर्च र ट्रेण्डिङ विषय




   शंकर उप्रेती - Mar 09 2019

विगत ६ महिनादेखि हाम्रो पात्रोको प्राविधिक टोलीले गरीराखेको महत्वपूर्ण प्राविधिक अपडेटमा सर्च/खोजी तथा ट्रेण्डिङ सुविधा पनि एक थियो । एप्लिकेशनमा उपलब्ध अनेक सुविधाहरुमध्ये आफूलाई आवश्यक कुनैपनि जानकारी सर्च गरेर प्राप्त गर्नसके गज्जब हुने थियो भन्ने भावका तपाईंका कैंयन जिज्ञासा तथा सल्लाह बमोजिम हामीले हाललाई समाचार अनि भिडियोहरु खोज्नका लागि सर्चको सुविधा सार्वजनिक गरेका छौं ।



यो भर्चुअल संसारको स्क्रिनभित्र भएका सामाग्रीहरु कहिलेकाँही अत्न्तै नमिलेको र अस्तव्यस्त भएको झैं लाग्दछ मलाई । खोजिएको कुरा के हुन्छ अनि के भेटिन्छ ? आफ्नो रोचाईको विषय र त्यहाँ प्रस्तुत विषयको लुकामारी झैं, हामी आफूलाई चाहिने कुराहरु खोजि गरेर घण्टौं बिताँउछौँ अनि बल्ल फेला पर्दछ खोजेको कुरा । तैपनि त्यसरी खोजिएका सामाग्रीहरुमा कुन सही कुन गलत भनेर पत्ता लाउनु अर्को चुनौति ।

संसारमा यति धेरै पात्रहरु छन् की अनेक विषयवस्तु, घटना, तथा परिघटनाका संभावनाहरु सेकेण्ड दरसेकेण्ड केही न केही ट्रेण्डिङ विषय (एकैसाथ धेरै जमातमा चल्तिमा तथा चर्चामा आएका विषयहरु) मा समाचार आइरहेका हुन्छन् । हाम्रो पात्रोको मेगा रिलिज अन्तर्गत “७ दिन ७ विशेषता”मध्ये अर्को विशेषता भनेको ट्रेण्डिङ विषयहरुको सूची हो ।

मोबाइल इन्टरफेसमा राखिएका विभिन्न सुविधाहरुको विवरणमध्ये आफूलाई चाहिएको कुरा खोज्न पाउनु समयको बचत गर्नसक्नु हो । अझ हाम्रो पात्रोजस्तो लाखौं प्रयोगकर्ता भएको अनि समाचार देखि शास्त्रसम्मका कुरा र जानकारी भएको एप्लीकेशनमा सर्च अप्शन त झन प्रयोगकर्ताको प्रयोग सहजताका हिसाबले पनि अपरिहार्य नै हो ।

सर्च (खोजी) तथा ट्रेण्डिङ विषय
चाहेको विषयमा आफू अपडेटेड रहन पाउनु त सूचनाको हकमा नै पर्दछ । अझ यो हक सहज र सरल सुविधायूक्त हुने हो भने त के चाहियो । अनि हाम्रो पात्रोले पनि आफ्नो प्रयोगकर्ताहरुको व्यक्तिगत रोजाई र छनौटलाई ख्याल गर्दै भिडियो र ताजा समाचारमा सर्च सुविधा ल्याएका हौं ।

ट्रेण्डिङ विषय पनि यसै सर्चकै विकल्पमा डिफल्ट हुनेगरी हामीले सर्च फिल्डको ठिक तल ट्रेण्डिङमा चलिरहेका विभिन्न व्यक्ति, लोगो, विषयवस्तुहरुको तस्बिर तथा अक्षर सहित बढिमा १० वटा ट्रेण्डिङ विषय तपाईंले देख्नसक्नुहुनेछ । तपाईंले हेर्न चाहनुभएको कुनै पनि विषयसम्बद्ध तस्बिरमा थिच्नुभई विभिन्न सञ्चार माध्यमहरुले सार्वजनिक गरेका ताजा तथा पुराना समाचारहरु सजिलै प्राप्त गर्नसक्नुहुनेछ । ट्रेण्डिङ विषय हेर्नका लागि तपाईंले ताजा समाचारको हेडलाईन थोरै माथी स्क्रोल गर्नुभयो भने पनि देख्नसक्नुहुनेछ ।

विगत ६ महिनादेखि हाम्रो पात्रोको प्राविधिक टोलीले गरीराखेको महत्वपूर्ण प्राविधिक अपडेटमा सर्च/खोजी तथा ट्रेण्डिङ सुविधा पनि एक थियो । एप्लिकेशनमा उपलब्ध अनेक सुविधाहरुमध्ये आफूलाई आवश्यक कुनैपनि जानकारी सर्च गरेर प्राप्त गर्नसके गज्जब हुने थियो भन्ने भावका तपाईंका कैंयन जिज्ञासा तथा सल्लाह बमोजिम हामीले हाललाई समाचार अनि भिडियोहरु खोज्नका लागि सर्चको सुविधा सार्वजनिक गरेका छौं । यो दुई सुविधाहरुको प्रयोग तथा खोजि नतिजालाई हदैसम्म सटिक र लक्षित पारेर मात्र हामी यो सर्च सुविधा इभेन्ट्स, अडियो, ब्लग साहित्य लगायतका हाम्रा अन्य सुविधाहरुमा समावेश गर्दै लैजाने छौं ।

कसरी सर्च (खोजी) गर्ने
यो सर्च विकल्प प्रयोगका हिसाबले अति नै सरल छ, सामान्य रुपमा देब्रेतर्फ रहेको तीनधर्के अर्थात् ह्यामबर्गर मेनुबाट हाम्रो पात्रोको सम्पूर्ण सुविधाको सूची देख्दछौं । सोही सूचीबाट अथवा एप्लिकेशनको गृहपृष्टमध्यै जतासुकैबाट ताजा समाचार अथवा भिडियोहरुमा जाँदा सम्बन्धित पृष्ठको माथिल्लो दाहिनेपट्टि एउटा सानो सर्चग्लास आकारको सर्च बटन राखिएको छ । त्यस बटनमा क्लिक गरेर आफूले खोजेको कुरा रोमन अथवा नेपालीमा टाइप गरि सर्च गर्न सकिनेछ । यसरी सर्च वर्डहरु टाइप गर्दा सकेसम्म दोहोरा कुरा अनि दुइवटा शब्दहरु नलेख्नुहोला । यसो गर्दा खोजिएका विषयका परिणामहरु विभिन्न समाचार श्रोतहरुबाट सटिक र लक्षित विषयवस्तु देखाउन सहयोग गर्दछ । मानौ भर्खरै एसईईको नतिजा सार्वजनिक भयो र त्यसविषयमा यहाँहरु थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने ताजा समाचारको सर्चमा गएर रोमन या नेपालीमा नै केवल एसईई टाइप गरेर यसबारे ताजा समाचारमा आएका विभिन्न सञ्चार माध्यमका समाचारहरु प्राप्त गर्न सकिनेछ ।

सर्च हिस्ट्रि
हामीले हाल सार्वजनिक गरेको यस सर्च सुविधा अर्को एउटा कारणका लागि पनि तपाईंलाई मन पर्न सक्छ त्यो हो सर्च हिस्ट्रि । अब यो भनेको के हो भन्नुहोला; यो भनेको हाम्रो सर्च बटन थिचेर तपाईंले यदि कुनै शब्द खोजी गर्नुभयो र केही कामले अन्य कार्यमा व्यस्त भएर खोजिएका विषयवस्तु पढ्न पाउनुभएन भने चिन्ता लिनुपर्दैन । तपाईंले खोजेका ति तमाम शब्दहरु सर्च फिल्डको तल क्रमैअनुसार देख्न सक्नुहुनेछ । जसलाई तपाईं आवश्यस्कता अनुसार सर्च हिस्ट्रि राखिछाड्ने अथवा नचाहिएको शब्दसंगै दाहिनेतर्फ रहेको X बटन थिचेर सर्च हिस्ट्रिको सूचीबाट हटाउन सक्नुहुनेछ । 

भिडियो सर्च
भिडियो पृष्ठमा रहेको सर्च अप्शनमा आफूले चाहेको विषयको भिडियो हेर्नका लागि नेपाली वा रोमनमा टाइप गरेर सर्च गर्न सकिनेछ । नेपालीमा टाइप गर्न तपाईँका लागि हाम्रो नेपाली किवोर्ड पनि छँदैछ । 

हाम्रो पात्रो मेगा रिलिज अन्तर्गत “७ दिन ७ विशेष विशेषता”मा म फेरि भोली अर्को विशेषताबारे जानकारी लिएर आउनेछु ।

साथै धन्यवाद हामीले जारी गरेका अघिल्ला चार विशेषता (भाषा, लाईट-डार्क थिम, भिडियो तथा नोट/टिपोट) बारे जानकारीमा यहाँहरुको अपार सहभागीता सहितको मायाका लागि साथै यहाँहरुले हामीलाई त्यसबारे दिनुभएको सल्लाह सुझाव तथा प्रतिकृयाका लागि हाम्रो पात्रो परीवार कृतज्ञ छ ।

यदि तपाईंलाई हाम्रो यो नयाँ अपडेट मनपरेको छ भने कृपया
play store मा रेटिङ र प्रतिक्रिया अवश्य दिनुहोला । तपाईंको राम्रो प्रतिक्रियाले हामीलाई थप सुधार गर्न सहयोग गर्नेछ । अन्य केही कुराहरु र सुझावहरु छन् भने कृपया तल कमेन्ट बक्समा लेखी पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.