जेष्ठ १९, त्रास र रहस्य | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

जेष्ठ १९, त्रास र रहस्य




   Suyog Dhakal - Jun 02 2017

जेष्ठ १९, त्रास र रहस्य

सम्बोधन तिमीलाई गर्दैछु म , सिकेका ति सबै रागहरुले भन्ने गीतमा एउटा समर्पण रहेको छ । राजपरिवार का सदस्यहरुको सामुहिक बिभत्स हत्या पछिको रहस्य अनि नेपालीहरुको राजपरिवार प्रतिको सदभावना यस गीतमा रहेको छ । दरबार हत्याकाण्ड भएको वर्ष जेष्ठ १९ शुक्रबार परेको थियो र आज १६ वर्षपछि पस्नः शुक्रबारकै दिन जेष्ठ १९ आएको छ ।
लग्न चाहयौ, आजभन्दा १६ वर्षअगाडी । हामीमध्य कतिपय सानै थियौ र कतिपयलाई धमिलो याद मात्रै होला पनि । त्रासदिपूर्ण त्यस दिनमा रेडियो र टीभीले बजाएका शोकध्वनी र पशुपतिको स्थिर चित्र अझै पनि धेरैलाई याद छ । एन्टीना घुमाईघुमाई भारतको दुरदर्शन र आज तक च्यानल हेरेपछि खबर पाएका हामी आम नेपालीको त्यसदिन वास्तवमै त्रासदिमय भएको हो । आज घुमिफिरि १६ वर्ष भएको छ । ईतिहास लेखिएको छ वा लेख्न बाँकी छ थाहाछैन तर तारानाथ रानाभाट अध्यक्ष रहेका छानविन समितीको भटट रिपोर्ट अनि फितलो उत्तर हामीमध्य धेरैलाई याद छ । कसले मार्यो त ? राजदरबारका सदस्यहरुको रगतले सोधेको प्रश्नको जवाफ अझैपनि नेपालले खोज््न सकेन ।
राष्टा्रध्यक्ष को सपरिवार हत्या हुँदा पनि हत्याराको धमिलो त्यान्द्रोपनि पाउन नसकेको हाम्रो देशमा सामान्य नागरीकले न्याय र सुशाषन को सपना देख्नु कत्तिको जायज छ त ?
गतवर्ष थाईल्याण्डमा राजा भुमिबोलको मृत्यू हुँदा सम्पूर्ण थाई जनताले शोक मनाए, रेल देखि सिनेमा हलसम्म ३ महिना भरि राजाका तस्वीर अनि भिडियोहरु प्रर्दशन गरिए, काला र सेता कपडामा मात्र धेरै नागरीकहरु हिँडे ।
हामी नेपालीहरु १६ वर्ष सम्म पनि अपुष्ट कारणका आधारमा राजपरिवारको घटना को कारण ब्याख्या गरिरहेका छौ । विदेशी अनि स्वदेशी चलचित्रकर्मीहरुले यसै घटनाका आधारमा चलचित्र अनि उपन्यास को परिकल्पना गरेका छन् ।
वास्तवमा भन्ने हो भने नेपाली राजनैतिक परिदृश्यको द्रुतगतीमा परिवर्तन शुरुभएको आज भन्दा १६ वर्षअगाडी जेष्ठ १९ वाटै हो । राजगद्धी खाली भएन तर त्यसपछिका दिनहरु अनि शाषकका कदमहरुले नै राजगद्धीलाई छोटो समयमै सँग्राहलयसम्म ल्याईपूर्याएको छ ।
राजपरिवारको बशंनास आधुनिक यूगको विश्वमा संभवत पहिलो घटना हो । विश्व समुदायको मौनता पनि गज्जबको थियो, आजसम्म पनि सत्य मौनता भित्र लुकेको छ ।
आत्माहरुले चिर शान्ती पाउन् ।


सुयोग ढकाल






Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.