माटो किन महत्त्वपूर्ण? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

माटो किन महत्त्वपूर्ण?





अहिलेको यो आधुनिक संसारमा दैनिक जीवनको जुगाडमा यति व्यस्त भइरहेका छाै कि हामीले टेकिरहने माटोको कदर त परैको कुरा, वास्ता पनि गर्दैनाै । यो सामान्य रूपमा देखिने माटो भनेको पर्दा पछाडिको नायक सरह हो र यसकोमा महत्त्व निकै नै धेरै रहेको छ ।

१. माटो, हाम्रो अन्नदाता:
प्रत्येक दिन बाच्न आवश्यक पर्ने आधारभूत कुरा मध्ये एक हो खानेकुरा । आफ्नो मनपर्ने फलफूल, तरकारी वा अन्य कुनै कुरा सम्झनुहोस् । माटो बिना यी सबै कुराको कल्पना पनि गर्न सकिदैन । यो हामीले मनपर्ने स्वादिष्ट खानाहरूको जन्मस्थान हो । पोषक तत्व दिएर माटोले बोटबिरुवाहरूलाई ठुलो र बलियो हुर्काउन मद्दत गर्छ, जसले हामीलाई हरेक दिन अन्नको आवश्यकतालाई पूरा गर्दछ ।

२. माटो, पानीको फिल्टर:
हामीले पिउने पानी कहाँबाट आउँछ भनेर कहिल्यै सोच्नुभएको छ? माटोले प्राकृतिक फिल्टरको रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ । जब वर्षा हुन्छ, माटोले यसलाई स्पन्ज जस्तै भिजाउँछ, र पानीमा भएको बिकारलाई सफा गर्छ । यसले सुनिश्चित गर्छ कि हामीले पिउने पानी ताजा, सफा र सुरक्षित छ ।

३. माटो, जलवायु परिवर्तनविरुद्धको नायक:
हाम्रो पृथ्वीले अहिले जलवायु परिवर्तनबाट आइपर्ने समस्याको सामना गरिरहेको छ । माटोले जलवायु परिवर्तन विरुद्ध ढाल बनेर हानिकारक ग्याँसहरू आफूमा समाहित गर्छ । माटोको संरक्षण गरेर हामीले वास्तवमा हाम्रो ग्रह बचाउन मद्दत गर्दैछौं !

४. माटो: जीवजन्तुहरूको घर:
प्राय हामी जमिनको सतहमा बस्छैां तर सतह मुनि पनि धेरै जीवजन्तुहरू बसिरहेका हुन्छन् । जस्तै कीरा, ब्याक्टेरिया जस्ता स-साना जीवहरूसँग एक पूरै पार्टी भइरहेको छ। यी साना जीवजन्तुहरू देखिदा साना भए पनि यीनीहरूले माटोलाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छन् । यसले गर्दा माटोमा हुने बिरुवाहरूलाई सहि पोसक तत्व पाउने सुनिश्चित गर्छ ।

५. माटो: हाम्रो खेल मैदान:
चाहे खेल खेल्नु होस्, पिकनिक मनाउनु होस्, वा पहाडमा घुम्नु होस्, माटोले नै यो ठाँउलाई योग्य बनाउछ । यो हाम्रो विभिन्न गतिविधिहरूको लागि रंगमन्च हो । अत: माटोको हेरचाह गर्नु भनेको हाम्रो मन्चलाई सुरक्षित गर्नु हो ।

त्यसैले माटोलाई बेवास्ता नगर्नुहोस् । हिलो धुलो बाहेक माटोलाई हेर्ने दृष्टिकोण बदल्नुहोस् । यसले मैानतामा हाम्रो लागि धेरै काम गरिरहेको छ र हाम्रो जीवनलाई सहज बनाएको छ । माटोलाई पनि हामी रूख रोपेर, पर्यावरण मैत्री अभ्यासहरू प्रयोग गरेर, र फोहोर नबनाई माटोको संरक्षण सुनिश्चित गर्न सक्छौं ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.