वैदिक हिन्दु सनातन धर्ममा सबै चाडपर्वको आ-आफ्नै विशेषता र महत्त्व रहेको छ । त्यसमध्ये एउटा पर्व हो, मकर सङ्क्रान्ति । सङ्क्रान्ति अर्थात एउटा राशिबाट अर्को राशिमा ग्रहको प्रवेश हुने मध्य समय वा सङ्क्रमण काल (समय) लाई भनिन्छ । माघ महिनामा सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश हुने भएकाले र ऐतिहासिक मान्यता अनुसार सूर्य नारायण स्वयं आफ्नो पुत्र शनिलाई भेट्न जाने समय भएकोले यसको महत्त्व धेरै रहेको छ । किनकि शनि मकर राशिका स्वामि हुनुहुन्छ । मकर सङ्क्रान्ति कै दिन भगिरथ राजाको पछि पछि आउनु भएको र कपिल मुनिको आश्रम हुँदै सागरमा गएर मिसिनु भएको थियो ।यस कारण यो दिन तिर्थ स्थानमा गई स्नान, दान, धर्म, पूजा गर्नाले पूण्य मिल्ने कुरा हाम्रो शास्त्रले बताएको पाइन्छ ।
माघमासे महादेव: यो दाद्यात् घृतकम्बलम् ।
सभुङ्त्वा सकलान् भोगान् अन्ते मोक्षंच विन्दति ।
यस दिन गरेको दान पूण्य १०० गुणा भएर बढ्दछ अर्थात सय गुणा बढि पूण्य मिल्दछ र घ्यू, कम्बल दान गर्नाले मोक्षको प्राप्ति हुन्छ भनिएको छ ।
श्रीमद् भागवत एवं देवी पुराणमा शनिदेव र पिता सूर्यदेवको बैरभाव थियो । शनि र छाँयाले सूर्यदेवलाई कुष्ट रोगको श्राप दिएका थिए । पिता सूर्य देवलाई कुष्ट रोगबाट पीडित देखेर यमराज दु:खी भए र सूर्यदेवलाई रोग मुक्त गर्नको लागि तपश्या गरेता पनि सूर्यदेवले शनिको घरलाई खरानि बनाइदिनु भयो र शनि र छाँयालाई कष्ट भोग्नु पर्यो । यो देखेर यमराजले प्राथना गरेर शनिको घर जान आग्रह गर्नुभयो र सूर्य देव शनिको घरमा जादा केवल तील मात्र शेष थियो । तील द्वारा सूर्यको सत्कार गरेकोले यसदिन तीलको पनि विशेष रहेको छ । यस दिन तील दान गर्नाले सुख श्री र यश प्राप्त हुने कुरा शास्त्रमा वर्णित छ ।
तील दानको महिमा-
तिलस्नायी तिलोद्वर्ती तिलहोमी तिलोदकी ।
तिलभुक तिलदाता च षड्तिला : पापनाशना: ।।
तीलको स्नान गर्नु, तीलको होम गर्नु
तीलको दान गर्नु, तीलको परिकार खानु, तिलको टिका लगाउनु, तील द्वारा तर्पण गर्नाले पापनाश हुन्छ ।
Liked by: