Makarsankrantee | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मकर संक्रान्तिमा शुभ संयोग




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Jan 13 2020

यसपाली मकर संक्रान्तिमा शोभन योगमा सूर्यले राशि परिवर्तन गर्दैछ । यस्तो समयमा जप, तप, दान, पुण्य, श्राद्ध, तर्पण, संस्कृती र खुशी साटासाटको पर्व माघे संक्रान्ति झनै विशेष हुनजान्छ । पूर्व फाल्गुनी नक्षत्र र शोभन योगमा मकर संक्रान्तिको संयोग परेकाले यसको महत्त्व झनै बढी भएको हो । यस्तो शुभ संयोगमा गरिएको दान पुण्य र अनुष्ठानले चाँडै फलदिने हुन्छ । माघ कृष्ण पंचमी, बुधवार तदनुसार १५ जनवरीको दिन माघे संक्रान्तिमा यस्तो विशेष संयोग बनेको छ ।

सनातन धर्ममा मकर संक्रान्तिलाई मोक्षको मार्ग भनिएको छ । यसै तिथिमा भीष्म पितामहले मोक्ष प्राप्त गर्नु भएको थियो । यसको साथै खरमास अर्थात् धनुर्मास समाप्त भए संगै सूर्य दक्षिणायणबाट उत्तरायण हुन्छ र सबै प्रकारको शुभकार्यहरू सुरु हुनेहुन्छ । यसै दिनबाट तीर्थराज प्रयाग, काशी आदि पवित्र तिर्थस्थलमा आजकै दिनबाट एक महिना सम्मको मकर स्नान प्रारम्भ हुन्छ । यो पवित्र दिनलाई सुख र समृद्धिको दिन सहजै मान्न सकिन्छ । यस दिन गंगाआदि पवित्र तिर्थस्थलको स्नान गर्नाले पापको क्षय भई अक्षय पुण्य मिल्ने र अन्त्यमा मोक्ष प्राप्ति हुने भएकाले सनातनिहरू यस्तो पर्व र माहा संयोगको समयमा गंगा आदि पवित्र तिर्थस्थलमा स्नानको साथै दान गर्ने गर्दछन् ।

मकर संक्रान्तिको दिन बुधवार पूर्वा फाल्गुनी नक्षत्र र शोभन योगमा मकर संक्रान्तिका मनाउँदै छौं । यस समयमा सूर्य उत्तरायण हुनुका साथै सूर्यको प्रभावले मनुष्यहरूको चेतनता, कार्य शक्ति, उर्जा र कार्यक्षमतामा वृद्धि हुन थाल्दछ । भगवान् सूर्यनारायण शनिदेवको पिता हुनुहुन्छ । सूर्य र शनि दुवै ग्रहहरूमा पराक्रमी ग्रह हुन् । जब यस्तो अवस्थामा सूर्यदेव मकर राशि मा आएको बेला शनिको प्रिय वस्तुहरूको दानगर्नाले सूर्य र शनिले आफ्नो भक्तलाई सदैव आफ्नो कृपा द्वारा शुभ फल प्रदान गर्नु हुन्छ ।

शास्त्र अनुसार दक्षिणायणलाई देवताहरूको रात्रि अर्थात् नकारात्मकताको प्रतीक र उत्तरायणलाई देवताहरूको दिन अर्थात् सकारात्मकताको प्रतीक मानिएको हुनाले यसदिन जप, तप, दान, स्नान, श्राद्ध, तर्पण आदि धार्मिक क्रियाकलापको लागि विशेष महत्त्व रहन्छ । यस्तो शुभ संयोगमा गरेको पुण्य सयौं गुणा बढी पुनस् प्राप्त हुन्छ ।

माघे मासे महादेवस् यो दास्यति घृतकम्बलम् ।
स भुक्त्वा सकलं भोगं अन्ते मोक्षं च प्राप्यति ॥

यसै कारणले धार्मिक दृष्टिले मकर संक्रान्तिको दिन तिलद्वारा निर्मित परिकार हरूको साथै घ्यू, कम्बल, ऊन, विद्युतीय उपकरणआदि श्रद्धापूर्वक दान गर्नाले सूर्यदेव र शनिदेवको विशेष कृपा द्वारा हामीलाई प्राप्तहुने र हाम्रो जन्म कुण्डलीमा सूर्यको स्थिति बलियो हुने ज्योतिषीय मान्यतापनि रहेको छ । यस्तो शुभ संयोगमा सूर्यदेव र शनिदेवलाई प्रसन्न गर्न सबै भन्दा उपयुक्त मकर संक्रान्ति नै भएकाले यो दिन झनै विशेष रहन्छ ।।

–प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.