चैत्र २५, काठमाण्डाै । नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ५ वर्षदेखि १५ बर्ष सम्मका छ जना बालबालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा रिहना भट्टराई (बहुआयामिक), एञ्जेलिना न्यौपाने (साहित्य), स्वन्ति श्रेष्ठ (गायन तथा नृत्य) रहेका छन् ।
ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।
यसैगरी नइ कोपिला पुरस्कार नृत्यमा सुश्री सगुन श्रेष्ठ र गायनमा रुनिषा सुनुवारलाई समर्पण गर्ने निर्णय भएको छ ।
ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् ।
ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ चिचिला पुरस्कार पाँच वर्षीय स्निग्धा देवकोटालाई समर्पण गरिने भएको छ ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
शताब्दी पुरुष डा.सत्यमोहन जोशीद्वारा उहाँको ९९ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुस्कारहरु समर्पण गरिने छन् ।
नइ प्रकाशनका २८ वटा पुरस्कारमध्ये यस वर्ष २२ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिभालाई नइ पुरस्कार समर्पण गरिने छ ।
Liked by: