राष्ट्रिय युवा सम्मेलनको दोस्रो दिनमा युवा बहस | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

राष्ट्रिय युवा सम्मेलनको दोस्रो दिनमा युवा बहस




"उद्यमी युवा समृद्ध देश दिगो बिकास लक्ष्यमा समान परिवेश"



"उद्यमी युवा समृद्ध देश दिगो बिकास लक्ष्यमा समान परिवेश" भन्ने मुल नाराका साथ आयोजित राष्ट्रिय युवा सम्मेलनमा युवा भुमिकाको बिषयलाई उठाएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना भएको सम्मेलनको दोस्रो दिनको पहिलो सेसनमा निर्वाचन प्रक्रियामा युवाको भूमिका बारे युवाहरुलाई प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाले जानकारी दिनुभयो । साथसाथै दोस्रो सेसनमा पर्यटन ब्यवसायी राजन सिम्खडाले पर्यटन क्षेत्रको बिकास र नेपाल भ्रमण बर्ष २०२० मा युवाले कस्तो भुमिका खेल्न सक्दछ भन्ने बिषयमा आफ््नो कार्यपत्र प्रस्तुत गर्नुको साथै सहभागि युवाहरुले विज्ञहरुलाई आफ््नो जिज्ञासा पनि राखेका थिए ।

तेस्रो सेसनमा स्थानीय तहमा युवाहरुको निर्णायक भुमिका के हुन सक्छ भन्ने बिषयको छलफलमा तिलगुफा नगरपालिकाका उपमेयर दर्शना नेपाली, जुगल गाउँपालिकाका उपाध्यक्ष, सिर्जना तमाङ, पोखरिया नगरपालिका उपमेयर सल्मा खातुन को उपस्थिती रहेको थियो भने मोडरेटरको भुमिका संचारकर्मी मदन खातीले निर्वाह गर्नु भएको थियो । अर्को सेसनमा ५० अण्डर ५० लैंगिक समानताको बिषयमा महिला अधिकारकर्मी लिली थापा र युथ चेन्जमेकर सृष्टि के.सी. ले सहभागि युवाहरुलाई जानकारी दिनुभयो। जुन सेसनको मोडरेटरको भुमिका महिला अधिकारकर्मी सरु जोशी श्रेष्ठले गरेकी थिइन्् । त्यसैगरी अर्को सेसनमा नेपालमा युवा उद्यमशिलता बिषयमा युवाहरुसंग अन्तरक्रिया गरियो । उक्त सेसनमा वक्ताको रुपमा स्पारो एसएमएसका सिइओ अमित अग्रवाल, खालि सिसी संस्थापक, आयुषी के.सी. र ग्रोथ सेलरको म्यानेजिङ डिरेक्टर मोहन ओझा रहेका थिए भने मोडरेटरको रुपमा शैक्षिक अभियन्ता राजन कोइराला रहेका थिए ।


युवाहरुलाई संघिय प्रणालीको बारेमा जानकारी गराउने उदेश्य सहित पुर्वमन्त्रीहरुलाई सम्मेलनमा निमन्त्रणा दिई युवाहरुमा नयाँ जोश थप्ने काम नेपाल युवा परिषदले ग¥यो । उक्त सम्मेलनमा पुर्वमन्त्री माननीय मिन बहादुर बिश्वकर्मा, माननीय सरिता गिरी, माननीय टेक बहादुर बस्नेतको उपस्थिती रहेको थियो उक्त सेसनको मोडरेटर बरिष्ठ पत्रकार ऋषि धमलाले गरेका थिए । यसका साथै अन्तिम सेसनमा जलवायु परिवर्तन अनुकुलनमा युवाहरुको भुमिका कस्तो हुन सक्छ भन्ने बिषयमा मञ्जिल ढकाल कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिनमा युवाहरुको सक्रिय सहभागिताले आयोजकलाई थप उत्साह प्रदान गरेको थियो । सम्मेलन यही १५ अगष्ट सम्म चल्नेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.