National Youth Conference Starts | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

राष्ट्रिय युवा सम्मेलन २०१९ को उद्घाटन





“उद्यमी युवा समृद्ध देश दिगो बिकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ राजधानीमा नेपाल युवा परिषदले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनको उद्घाटन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उद्घाटन भएको सम्मेलन ४ दिनसम्म चल्नेछ । सम्मेलनको उद्घाटन समारोहमा नेपाल युवा परिषदको झण्डा सर्वोच्च शिखर सगरमाथामा पुगेको भिडियो प्रसारण गरि गरिएको थियो । नेपाल युवा परिषदको झण्डा पर्यटन गाईड बल बहादुर लोप्चानले मे ३० बिहान ५ः३० बजे सर्वोच्च शिखर सगरमाथामा पुर्याउन सफल भएका थिए ।

सम्मेलनमा २०४ जना युवाहरुको सहभागिता रहेको छ, जसमा १५४ जना ७७ जिल्लाका १ युवा र १ युवती रहेका छन् भने ५० जना बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराइएको छ । सम्मेलनको सहभागिहरुमा ५१ प्रतिशत महिला रहेका छन् । विगतका बर्षमा झैँ यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका सकरात्मक सोचाई राख्ने युवाहरु जो आफ्नै स्थानिय तह वा जिल्लामा रही अध्ययन गरिरहेका, व्यवसाय गरिरहेका वा सामाजिक क्षेत्रमा कार्य गरिरहेका युवाहरु सम्मेलनमा सहभागि भएका छन् ।

यस पटकको सम्मेलनमा युवा नेतृत्व बिकास, युवा उद्यमशिलता, दिगो बिकास प्राप्तीका लक्ष्य (३, ४, ५, ८, १३ र १६), ५० अण्डर ५० लैंगिक समानता, भिजिट नेपाल २०२० लाई मुख्य बिषय बनाई बिभिन्न बिज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा सहभागि हुन आउन पुर्व युवाहरुले स्थानिय सरकारसंग सोही जिल्लामा अध्ययन, ब्यवसाय वा सामाजिक कार्य गरिरहेको प्रमाण स्वरुप स्थानिय तहको सिफारिस परिषदलाई बुझाएका थिए । छनौट भएका युवाहरुले सम्मेलनमा आउन अगाडि पत्रकार सम्मेलन गरी प्रदेश मुख्यमन्त्रीलाई विज्ञप्ती बुझाएका थिए ।

यस पटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १-१ वटा स्टल दिइएको छ । जहाँ सहभागिहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने बिभिन्न सामाग्री प्रदर्शन गर्नेछन् । ४ दिनै उक्त स्टलमा राखिने प्रदेशको संस्कृति, पर्यटन र भेषभुषा प्रवद्र्धन गर्ने सामाग्रीहरु सहभागिहरुले अनिवार्य रुपमा आफै राख्नेछन् । यसका साथै सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना समेत गरिन लागिएको छ जहाँ सबै सहभागिहरुले आफ्नो जातिय पोसाकमा सहभागिता जनाउनेछन् ।

गत बर्ष प्रत्येक प्रदेशबाट आफ्नो आफ्नो प्रदेश अनुकुल बिभिन्न कार्ययोजना निर्माण गरिएको थियो र तिमध्येबाट उत्कृष्ट कार्ययोजनालाई कोकाकोला नेपालसंगको सहकार्यमा कार्ययोजना सम्पन्न गर्नको निमित्त सहयोग गरिएको थियो । यसबर्ष पनि नविल बैँक संगको सहकार्यमा हरेक जिल्लालाई सिड मनि प्रदान गरिनेछ । बिश्व पर्यटन दिवस अवसर पारेर हरेक जिल्लाको सांस्कृतिक तथा पर्यटकिय क्षेत्र प्रवद्र्धनको निम्ती २७ सेप्टेम्बरमा उक्त क्षेत्रको पहिचान गरी करिब १०० जना युवाहरुको सहभागितामा सरसफाई कार्यक्रम गरिनेछ । जसको उदेश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नका साथै भिजिट नेपाल २०२० सफल पार्न पनि केही भुमिका खेल्नेछ भनि परिषदले अपेक्षा गरेको छ । कार्यक्रमको निम्ती अनिवार्य रुपमा स्थानीय तहसंग सहकार्य गरी कार्यक्रम गर्नु पर्दछ । त्यसबाहेक सुदुरपश्चिम प्रदेशमा पर्यटन प्रवद्र्धनका निम्ती भिजिट सुदुरपश्चिम अभियान पनि चलाउँदै आइरहेको छ । जसले गर्दा आर्थिक तथा सामाजिक स्तरोन्नती हुनेछ भनी परिषद बिश्वस्त रहेको छ ।

विगत ७ बर्षदेखि युवाको नेतृत्व, उद्यमशिलता, दिगो बिकास प्राप्तीका लक्ष्य, वाताबरण, सडक सुरक्षा र व्यक्तित्व बिकासको क्षेत्रमा सक्रिय नेपाल युवा परिषदले सबै प्रदेशका युवाहरुलाई स्थानिय आर्थिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा ल्याउने उदेश्यले हरेक बर्ष राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दै आइरहेको हो । पहिलोपटक राष्ट्रिय युवा सम्मेलन २०१५ आयोजना गर्दा ५२ जिल्ला, राष्ट्रिय युवा सम्मेलन २०१६ मा ६८ जिल्ला, त्यसैगरि २०१७ मा ७४ र २०१८ मा ७७ वटै जिल्लाका युवाहरुको सहभागितामा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न सफल भईसकेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.