Nepal Abhiyanta Sammelan | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

नेपालमा अभियन्ता सम्मेलन २०२० आयोजना हुने





नेपालमा अभियन्ता सम्मेलन २०२० आयोजना हुन लागेको छ । यो एउटा बृहत र एकिकृत अभियन्ता सम्मेलन हो । विभिन्न पेशामा आबद्ध रहे तापनि आफनो व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवन भन्दा माथि उठेर दिन दुःखि, समाज, देशको विकास तथा समृद्धिमा योगदान गर्न निस्वार्थ भावले विभिन्न अभियान संचालन तथा सामाजिक कार्य गरी रहेका २०० सामाजिक अभियन्ताहरुको अभियन्ता सम्मेलन आउदों मार्च ८, २०२० का दिन वीरगंजमा आयोजना हुन गई रहेको छ । भोर र प्रदेश २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियानको नेतृत्वदायी पहलमा उक्त अभियन्ता सम्मेलन २०२० आयोजना हुनेछ ।

यस सम्मेलनमा प्रदेश २ का बासिन्दा भएर प्रदेश २ का लागि अभियान संचालन-समाज सेवा गरि राखनु भएका तथा प्रदेश २ बाहिरका बासिन्दा (नेपालका बांकी ६ वटा प्रदेशका, भारत तथा विश्वका अन्य मुलुकहरुका) भएर पनि प्रदेश २ का लागि अभियान संचालन-समाज सेवा गरि राखनु भएका अभियन्ताज्यूहरु यस सम्मेलनमा सहभागी हुन हुनेछ ।

यस सम्मेलनमा २०० अभियन्ताहरुको सहभागीता, तिन जना अन्तराष्ट्रिय मुख्य वक्ताहरुको प्रस्तुती, दुई वटा उच्च स्तरीय प्यानेल डिस्कसन, १० वटा सामानान्तर सेटेलाइट वर्कसप, ११ विधामा अभियन्ता अवार्ड प्रदान, प्रदेश २ अभियन्ता प्रोफाइल प्रकाशन तथा विमोचन र विविधतामा एकता प्रर्वद्धन गर्ने सांस्कृतिक सांझ यस अभियन्ता सम्मेलन २०२० का मुख्य कार्यक्रम र आकर्षण रहनेछ ।

अभियन्ता सम्मेलन २०२० मा तल उल्लेखित १० वटा क्षेत्रमा सेवारत अभियन्ताहरु सहभागी हुनेछ ।
१. सामाजिक विकासः स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा (महिला तथा बालबालिका, जेष्ठ नागरीक र अपङ्गता) र खेलकुद
२. संस्कृति, भाषा, सम्पदा, कला र पर्यटन
३. आर्थिक उन्नती, रोजगार, व्यापार
४. प्राकृतिक विपद बाट जोगिने र रेजीलिएन्ट
५. प्रदेशको मान, सम्मान, इज्जत बढाउने
६. सरसफाई, स्वाच्छता र वातावरण संरक्षण
७. विज्ञान, प्रविधिी र आविस्कार
८. भौतिक संरचना निर्माण
९. सुसाशन र मितव्ययीता, पारदर्शिता र जवाफदेहिता
१०. साझेदारी, सहकार्य र समन्वय (स्थानीय तथा संघीय सरकार सित र सहयोगी निकाय)
यस अभियन्ता सम्मेलन २०२० ले मुख्य पांच वटा उदेश्यहरु लिएको छ जुन यस प्रकार रहेको छ ।
१) समाज, देश र प्रदेशको विकास र समृद्धिमा अभियन्ताको भुमिका र योगदानलाई एकिकृत तथा औपचारीक रुपमा स्थापित गराउन सरकार, सहयोगी निकाय, राजनीतिक दल र अन्य सरोकारवालाहरु बिच सचेतीकरण गर्दै वकालत गर्ने ।
२) प्रदेश २ भित्र विभिन्न क्षेत्रमा र विधामा विविधतायुक्त अभियान तथा सामाजिक सेवा गर्दै आउनु भएका अभियानीहरु बिच एक आपसमा उपलब्धी, चुनौती, सामाधानका उपाय तथा सिकाईको अनुभव आदान प्रदान गर्दै क्षमता विकासमा योगदान गर्ने । साथै अगामी दिनमा अभियान संचालन गर्न तथा सामाजिक कार्य गर्न एक अर्कालाई सहयोग, समन्वय तथा सहकार्य अभिवृद्धि गर्न क्षमता बढने ।
३) प्रदेश २ को समृद्धिकोे लागि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा गरिनु पर्ने कार्यहरु, रणनीति, सिफारिस (जिम्मेवार निकाय सहितको) तय गरी प्रदेश २ सरकार र संघीय सरकार तथा अन्य सरोकारवालाहरुलाई नागरिक समाजको तर्फबाट मार्ग दर्शन डकुमेन्ट तयार गर्ने ।
४) आफनो व्यक्तिगत, पारिवारीक तथा व्यवसायीक जीवन भन्दा माथि उठेर समाज, देश र प्रदेशको विकास र समृद्धिको लागि निस्वार्थ भावले विभिन्न अभियान तथा सामाजिक सेवा मार्फत गरि राख्नु भएको सेवा भावलाई प्रोत्साहन गर्न विभिन्न ११ विधामा अवार्ड वितरण गरी अभियानी, सेवाभाव तथा परोपकारी सोच र वातावरण लाई सुदृढ गर्ने ।
५) प्रदेश २ भित्रको सांस्कृतिक विविधतालाई प्रोत्साहन गर्दै विविधतामा एकता सांस्कृतिक सांझ कार्यक्रम संचालन गरी आपसी सद्भाव तथा सम्मान बढाउन मदत गर्ने ।

यस अभियन्ता सम्मेलन २०२० मा सहभागीताको लागि आज देखि दर्ता खुल्ला गरिएको छ । मिती २१ पुस २०७६ देखि ८ माघ २०७६ सम्म इच्छुक अभियन्ताले आफु सहभागी हुन वा अन्य कुनै अभियन्तालाई सहभागी गराउन अनलाइन वा पेपर मार्फत दर्ता गर्न सक्नु हुनेछ । तल दिएको लिंकमा क्लिक गरेर आफनो दर्ता गराउन सकिन्छ ।

फारम दर्ता गर्न यहाँ थिच्नुहोस्

यस फारममा दर्ता पुरा गरे पश्चात सम्बन्धित व्यक्तिले दिएको ईमेल आईडीमा दर्ता प्राप्त भएको सुनिश्चितताको लागि एउटा ईमेल पठाइने छ । त्यस ईमेल संग संगै अभियन्ता प्रोफाइल तयारीको लागि एउटा फारम पनि पठाइने छ । सम्बन्धित अभियन्ताले त्यस फारमलाई भरेर बुझाए पछि मात्र सहभागीता सुनिश्चित हुनेछ ।

सहयोग र सद्भावको लागि हार्दिक धन्यवाद्



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.