Nepals First Bakery Mela | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

नेपालमा पहिलो पटक बेकरीको मेला





बेकरी पारखीहरुका लागि नेपालमा पहिलो पटक बेकरी मेला सञ्चालन गर्न लागिएको छ । बेकरहब अनलाइनले पुस १४ गते बुधबारदेखि ललितपुरको लबिङ् मलमा ‘बेक फेस्ट’ सञ्चालन गर्न लागेको हो । पुस १४ गतेदेखि सुरु हुने मेला पुस १६ गतेसम्म सञ्चालन हुने आयोजक बेकरहब अनलाइनले जनाएको छ । तीन दिनसम्म चल्ने उक्त फेष्टिबलमा भिन्न भिन्न प्रकारका बेकरीहरु –ओहो केक, यूरोपियन बेकरी, बेक्स एण्ड केक्स, लगायतका आइटमहरु एकै ठाउँमा रहनेछन् ।

३५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरका लुलु, ताजा बेकरीजहरुको आबद्वता रहने सो बेक फेष्टको पहिलो दिनमा सेफ च्यालेन्ज थिम, दोस्रो दिनमा गेम च्यालेन्ज र तेस्रो दिनमा केक रनवे र म्युजिकल इभेन्ट रहने संस्थाकी प्रमुख कार्यकारी अधिकृत दीपा भुसालले बताइन् ।

राजधानीका विभिन्न होटल म्यानेजमेन्ट कलेजहरुको प्रत्यक्ष सहभागीतामा लाइभ बेकरीका आइटमहरुको प्रतिष्पर्धा हुने र पुरस्कारको पनि व्यवस्था गरिएको भुसालले बताइन् ।

बेक फेष्टमा फुड एण्ड बेभरेज, हस्पिटालिटी, शैक्षिक र फिल्मी क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहने जनाइएको छ ।

संस्थाको बेकरहब अनलाइन प्लेटफर्म मार्फत सबै खालका बेकरी आइटमहरु एकै ठाउँबाट उपलब्ध गराउन सकियोस् भनेर आम उपभोक्तालाई सहजताका लागि सञ्चालनमा ल्याइएकोे संस्थाका सञ्चालक प्रमोद ज्ञवालीले बताए ।

बेक फेष्टको उदघाटन उद्योगपति राजेन्द्र खेतानले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

बेक फेष्ट काठमाण्डुको एभर फन चकलेट, भान्बोरीले प्रायोजित गरेको छ भने गेट कलेज, कलिनरी आर्टस,कल माई केक लगायतका संघ संस्थाहरुको पनि सहभागिता रहनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.