एन आई सी एसिया बैंकको ९ प्रतिशत ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

एन आई सी एसिया बैंकको ९ प्रतिशत ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत





४ बैशाख, काठमाण्डाै । यस बैंकले जारी गरेको "९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१/८२" नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने द्वारा मिति २०७५/०१/०३ मा सम्झौतामा हस्ताक्षर गरी सूचीकृत गरिएको छ । उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्डधनीहरुले "९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१/८२" धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् ।

यसै सन्दर्भमा एन अार्इ सी एसियाका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी प्रेस विज्ञप्तीको पूरा पाठः
बैंकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको, जसका लागि तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको थियो । बैंकले जारी गरेको यस ऋणपत्रको लागी शतप्रतिशत आवेदन परी सफलतापुर्वक बाँडफाँड हुनुले सम्पूर्ण सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुको यस बैंक प्रति भरोसा एवं विश्वसनीयता प्राप्त भएको बैंकले लिएको छ ।

उक्त ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडद्वारा "LA–" क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्गले तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्ने सक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत कम रहेको जनाउँछ ।

यस ऋणपत्र बिक्री प्रक्रियालाई सफल बनाउन अतुलनीय योगदान पुर्याउनुहुने सम्पूर्ण नियमक निकायहरु, बिक्री प्रबन्धक तथा लगानीकर्ताहरु प्रति बैंक कृतज्ञ रहेको तथा यहाहरुले पुर्याउनुभएको सद्भावका लागि बैंक हार्दिक आभार प्रकट गर्दछ ।

साथै, बैंकलाई सर्वसाधारणले दर्शाउनु भएको प्रगाढ विश्वास, अगाध स्नेह भरोसाले गर्दा मुलुकभर गरी बैंकका १९२ शाखा कार्यालयहरु, १९६ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल मध्येको बैंक हुन सफल भएको छ । यससँगै वासलातको आकार, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले बैंक निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.