Nic Asia Distributes Computer | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

एन आई सी एशिया बैंकद्वारा कम्प्युटर हस्तान्तरण





एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित श्री भाग्योदय मा. विÞ लाई केहि थान कम्प्युटर हस्तान्तरण गरेको छ । प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति माननिय शशी श्रेष्ठज्यूको प्रमुख आथित्यता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठज्यूको विशेष आथित्यतामा श्रीमती शशि श्रेष्ठज्यू, श्रीमान शिवराज श्रेष्ठज्यू, तथा बैंकका प्रमुख जन सम्र्पक अधिकृत श्री अर्जुन राज खनियाज्यूले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री मधु के सी र प्रधानाध्यापक श्री रुसण बसीज्यूलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गर्नुभयो ।

विद्यालय लक्षित यस्ता संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमले विद्यार्थीहरुको पठनपाठन तथा कम्प्युटर शिक्षामा सहयोग पु¥याउने हुनाले उक्तकार्यको श्री शशी श्रेष्ठज्यूले प्रशंसा गर्नुभयो । सो कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठज्यूले नेपालकै सर्वोत्कृष्ठ उदारणीय बैंकिङ्ग गरिरहेको एन आई सी एशिया बैंकले गरेको यस्ता सामाजिक उत्तरदायित्वको खुलेर प्रशांसा गनुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.