Nic Bank Bhatbhatenui Money Patner | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच रेमिटेन्स सम्झौता




सरल र सुलभ रुपमा ग्राहक महानुभावहरूले भुक्तानी पाउने गरी सम्झौता



एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम यस बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र सुलभ रुपमा ग्राहक महानुभावहरूले भुक्तानी पाउने गरी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यू तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक श्री राजन कुमार अमात्यज्यूले हस्ताक्षर गर्नुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.