उत्तर कोरिया तनाव (घटनाक्रम) | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

उत्तर कोरिया तनाव (घटनाक्रम)





अगस्त ४ को एतीहासिक संयूक्त राष्ट्र संघ नाकाबन्दी र बन्देज पछि उत्तर कोरिया शक्ति प्रदर्शनको दौडमा पागल भएको छ । आउनुहोस आज हामी सरल नेपाली भाषामा गएका समयमा भएका कोरिया घटना क्रम अनि अवस्थितीको जानकारी दिनेछौं । स्मरण रहोस् दक्षिण कोरियामा नेपाली हरुको उपस्थिती पनि बाक्लै रहेको छ, कोरिया तनाव पक्कै पनि नेपाली चासोको बिषय हो ।

यो पनि हेर्नुहोस् : बिग्रिएका धर्मगुरुहरु

सेप्टेम्बर ४, २०१७
बिसं २०७४ भाद्र १९

*दक्षिण कोरियाले सुरक्षाको दृष्टिले आफ्ना थाड मिसाइललाई वातावरणीय समितीको प्रतिवेदन आउनासाथ परीक्षण गर्ने जनायो
*दक्षिण कोरियाले सिओन्जु भन्ने ठाँउमा चारवटा लन्चर तयार गर्न पूर्वाधार निर्माण कार्य थाल्ने निर्णय लियो
*उत्तर कोरियाको परमाणु परीक्षण बिरुद्ध संयूक्त राष्ट्र संघको भेला बसेको छ । यस भेलाको माग गर्ने राष्ट्र हरु जापान, दक्षिण कोरिया, अमेरिका, बेलायत र फ्रान्स रहेका छन् ।
*अष्ट्रेलियाले चीनलाई उत्तर कोरियालाई प्ररित गरेर परमाणु आशक्ति नगर्न आग्रह


सेप्टेम्बर ३, २०१७
बिसं २०७४, भाद्र १८

*अमेरिकी रक्षा मन्त्रालयका सचिव जेम्स म्याटिसले उत्तर कोरिया प्रति जनाउ दिँदै अमेरिकी जनता र भूमि प्रतीको असुरक्षालाई कडा सैनिक आक्रमणले सम्बोधन गर्ने चेतावनी
*अमेरिकी राष्ट्रपतीले उत्तर कोरियासंग व्यापार गर्ने देशहरुसंग अमेरिकाले व्यापार नगर्ने चेतावनी दिए । चेतावनी उनको ट्वीटर एकाउन्ट वाट दिइएको हो ।
*उत्तर कोरिया समाचार एजेन्सी केसीएनए ले राष्ट्रपती किम ले हाईड्रोजन बम को निरीक्षण गरिरहेको भिडियो प्रशारण ।


सेप्टेम्बर २, २०१७
बिसं २०७४, भाद्र १७

*दक्षिण कोरिया र अमेरिकाका राष्ट्रपतीको भेटवार्ता
*५०० केजीको भार भएको र ८०० किमी प्रहार गर्न सक्ने दक्षिण कोरियाको बेलिस्टीक मिसाईलको क्षमता बृद्धि

अगस्त २७ सन् २०१७
भाद्र १३ बिसं २०७४

*उत्तर कोरियाको बेलीस्टीक मिसाइल हवासगं १२, जापान का आकाश माथिवाट प्रशन्त महासागरमा झरेको

अगस्त २६ सन् २०१७
भाद्र १२ बिसं २०७४

*२ वटा उत्तर कोरियाको मिसाइल प्रक्षेपण असफल

अगस्त १७, सन् २०१७
भाद्र १, बिसं २०७४

*दक्षिण कोरियाली राष्ट्रपती मुन जाई ईन ले कार्यभारको १०० दिनमा उत्तर कोरियाले हतीयार प्रक्षेपण गर्न रोकेमा यूद्ध नहुने जानकारी दिए ।

स्म्रण रहोस्, चीनको सरकारी नियन्त्रीत समाचार एजेन्सीले उत्तर कोरिया र अमेरिका सर्मथनको बीचमा यूद्ध भएमा चीन तठस्त रहने बताएको छ । तर यदि अमेरिका र दक्षिण कोरिया मिलेर उत्तर कोरियाको शाषन सत्ता नै हत्याउने प्रयास गरेमा चीन् चुप नलाग्ने बताएको छ ।

ठूलाठूला शत्तिराष्ट्र अनि परमाणुको यो भिडन्तमा बिश्वकै अस्तित्व संकट मा छ ।  दुबै कोरियाले बिचार पूर्याउन् ।  नेपाल सरकारले पनि बेलै देखि आफ्ना नागरीकलाई संभाव्य खतरावाट कोरियाको भूमिवाट झिक्न सक्ने रणनिती तैयार गर्न जरुरी छ । यूद्धको कुनै समय र अनुहार कहाँ हुन्छ र ?

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.