बेलायती राजकुमारले आँफै बनाएका इङगेजमेन्ट औंठी | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

बेलायती राजकुमारले आँफै बनाएका इङगेजमेन्ट औंठी




हिराको टुक्रा आमाको गहना सञ्चयवाट निकालेका ह्यारीले प्रेमीकासंगको यो औपचारीक डेटपनि सन्कन बगैंचामा गरे जून उनकी आमाको संझनामा तयार गरिएको स्मारक बगैंचा हो । यस बर्ष ह्यारीले आमा गुमाएको २० बर्ष हुँदैछ ।



राजकुमार ह्यारीको बिवाह प्रसंग अहिले बिश्वमा अत्याधिक चर्चामा रहेको छ ।
बिश्व शक्तिकेन्द्रहरु मध्य एक बेलायत आफ्नो बिकासक्रम, सभ्यता, आधुनिकता अनि उपनिवेश का लागि इतिहासदेखि नै चर्चित छ । बेलायती साम्राज्यमा घाम अस्ताँउदैन भन्ने भनाई त १८ औं शताव्दीको मध्यवाटै भनिने चलन थियो । भारत, अफ्रिका देखि अमेरिकासम्म अनि कैयन टापु र भूमिहरु बेलायती अधिनमा रहेका थिए । यसै साम्राज्यका राजपरिवार का सदस्यहरु सदैव अन्तराष्ट्रिय प्रकाश अनि चासोका बिषय हुने गर्दछन् ।

राजकुमार ह्यारी जो केही बर्षअघि नेपाल पनि आएका थिए, उनको बिवाह प्रसंग अहिले चर्चामा छ ।
अभिनेत्री मेगन मारक्ले अनि ह्यारीले औपचारीक घोषणा गर्दै इङगेजमेन्ट गरेका छन् ।
केनिस्टन दरवारको सन्कन बगैंचामा नोभेम्बर २७ तारिखमा ३३ बर्षिय ह्यारीले आफ्नी ३६ बर्षिय प्रेमीका मेगनलाई प्रथमपटक भेटदा नै जिवन सगिंनी को रुपमा देखेका बताएका छन् ।
अब यि जोडीले अर्को बर्षको बसन्त क्रृतुमा बिबाह गर्ने बताइएको छ ।
ह्यारी आँफैले डिजाइन गरेका हिराको हार हातमा देखाँउदै यि जोडीले फोटो शुट गरेका हुन् । स्मरण रहोस् ह्यारी की आमा स्वर्गिय राजकुमारी डायनाको हिराको औंठीलाई जोडेर ह्यारीले आफ्नी प्रेमीकाका लागि आफैंले डिजाइन गरेका हिराको औंठीको पनि चर्चा सर्वत्र छ । अर्को टुक्रा हिरा चाँही ह्यारीले बाल्यकालमा धेरै भ्रमण गरेका देश बोत्सवाना बाट ल्याएको हिराको टुक्रा रहेको बताइएको छ । उक्त औंठीको फित्ताचाँही सुनको र निर्माण भनें बेलायती साम्राज्यमा शदियौं देखि राजपरिवारलाई गहना अनि तक्मा बनाउदै आएको क्लीभ एण्ड कम्पनीले बनाएको हो ।
 निलो कोट र प्यान्टमा सजिएका ह्यारीको छेउमा सेतो कोट लगाएकी उनकी प्रेमीका मेगन उभिएकी थिइन। मेगनले आफ्नो हातको औंठी भनें फोटोमा प्रष्ट देखियोस भनेर पोज दिएकी थिइन् ।
पत्रकारहरु संग बोल्दै मेगनले ह्यारीसंग यसरी जीवन जोडीएको मा आफू धेरै नै खुशी भएको बताइन् ।
ह्यारीले पनि आफू मेगनसंग हुन पाँउदा चन्द्रमा माथी भएझैं महसुस गरेको बताए ।
थोरै मजाक गर्दै आज मेरी प्रिय मसंग छिन र पानी नपरेकोमा म धन्य छु भनेका थिए ।
खुल्ला आकाशमुनी प्रेमको उजागर गर्ने चलन पश्चिमा देशहरुमा महत्वपूर्ण मानिन्छ ।
एकजना पत्रकारले मजाकमा एउटा प्रश्न जोडिहाले राजकुमारलाई, राजकुमार कसरी प्रेमको प्रस्ताव राख्नुभयो भनेंर ?
उत्तरमा मेगनले भयो सबैकुरा आज नै नसोध्नुहोस्, पछिका लागि पनि केही जोगाउनुहोस भनेकी थिइन् । आफ्नी आमालाई सानै छदाँ गुमाएपनि आमाको याद अनि आफ्नो जीवनमा आमाको अस्तित्वलाई ह्यारीले उजागर गर्दै आएका छन् । हिराको टुक्रा आमाको गहना सञ्चयवाट निकालेका ह्यारीले प्रेमीकासंगको यो औपचारीक डेटपनि सन्कन बगैंचामा गरे जून उनकी आमाको संझनामा तयार गरिएको स्मारक बगैंचा हो । यस बर्ष ह्यारीले आमा गुमाएको २० बर्ष हुँदैछ ।

उता ह्यारी र मेगन को प्रेमले भनें १६ महिना काटेको छ, साथीहरुका माध्यमवाट उनिहरुको भेट १६ महिनाअघि लण्डनमा भएको हो । वेल्सका राजकुमारको आधिकारिक पत्रमा क्लीयरेन्स हाउसको लेटरहेडमा यि दुइजनाको बिवाहको सन्देश प्रकाशीत गरिएको छ । यस पत्रका अनुसार राजकुमार ह्यारीले मेगनको मातापिता संग पनि आर्शिवाद लिने कुरा उल्लेख छ ।

पोहोर साल ह्यारी नेपाल आएपछि उनीप्रति नेपालीहरुको चासो झनै बढेको छ । बेलायती राजपरिवार प्रतिको नेपालीहरुको चासो र सदभाव सदैव रहनेछ ।
ह्यारी र मेगनलाई शुभकामना ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.