“युवा परिवर्तनका संवाहक हन्” भन्ने नाराका साथ विगत ८ बर्षदेखि युवाहरुको क्षेत्रमा क्रियाशिल नेपाल युवा परिषदले अन्य बर्षहरुमा झैँ यो बर्षपनि नेपालभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ जना युवा र १ जना युवतीलाई राजधानीमा ल्याई अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उद्यमी युवा समृद्ध देश दिगो बिकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ राष्ट्रिय युवा सम्मेलन २०१९ आयोजना गर्न गईरहेको छ । पर्यटन (नेपाल भ्रमण बर्ष २०२०), ५० अण्डर ५० (लैंगिक समानता), दिगो बिकास लक्ष्य, युवा नेतृत्व र युवा उद्यमशिलतालाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानीमा अगष्ट १२, १३, १४ र १५ सम्म चल्नेछ । कार्यक्रमको उद्घाटन अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हुन लागेको हो ।
सम्मेलनमा २०४ जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ युवा र १ युवती हुनेछ , ५० जना बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उदाहरण हुने कुरामा आयोजक बिस्वस्त रहेको छ । सम्मेलन मा ५१ प्रतिशत महिलाको सहभागिता रहने छ । विगतका बर्षमा झैँ यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका सकरात्मक सोचाई राख्ने युवाहरु जो आफ्नै स्थानिय तह वा जिल्लामा रही अध्ययन गरिरहेका, व्यवसाय गरिरहेका वा सामाजिक क्षेत्रमा कार्य गरिरहेका युवाहरुले मात्र सम्मेलनमा सहभागि हुन पाउनेछन् ।
सम्मेलनमा सहभागि हुन आउने युवाहरुले स्थानिय सरकारसंग सोही जिल्लामा अध्ययन गरि बसिरहेको हो भनि सिफारिस पत्र लिएर मात्र सहभागि हुन पाउनेछन् । सम्मेलनको छनौट प्रक्रिया सम्पन्न भईसकेको छ । छनौट भएका युवाहरुले सम्मेलनमा आउन अगाडि पत्रकार सम्मेलन गरी प्रदेश मुख्यमन्त्रीलाई विज्ञप्ती बुझाउनुपर्नेछ र सहभागि गए पश्चात् पनि सम्मेलनको घोषणा पत्र र प्रेस विज्ञप्ती प्रदेशको मुख्यमन्त्री र स्थानीय निकायलाई बुझाउनेछन् ।
यस पटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १-१ वटा स्टल दिइन्छ । जहाँ सहभागिहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने बिभिन्न सामाग्री प्रदर्शन गर्नेछन् । ४ दिनै राखिने उक्त स्टलमा राखिने प्रदेशकौ संस्कृति, पर्यटन र भेषभुषा प्रवद्र्धन गर्ने सामाग्रीहरु सहभागिहरुले अनिवार्य रुपमा ल्याउनपर्नेछ । यसका साथै सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना समेत गरिनेछ जहाँ सबै सहभागिहरुले आफ्नो जातिय पोसाकमा सहभागिता जनाउन पर्नेछ ।
विगत ७ बर्षदेखि युवाको नेतृत्व, उद्यमशिलता, दिगो बिकास प्राप्तीका लक्ष्य, वाताबरण, सडक सुरक्षा र व्यक्तित्व बिकासको क्षेत्रमा सक्रिय नेपाल युवा परिषदले सबै प्रदेशका युवाहरुलाई स्थानिय आर्थिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा ल्याउने उदेश्यले हरेक बर्ष राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दै आइरहेको हो । पहिलोपटक राष्ट्रिय युवा सम्मेलन २०१५ आयोजना गर्दा ५२ जिल्ला, राष्ट्रिय युवा सम्मेलन २०१६ मा ६८ जिल्ला, त्यसैगरि २०१७ मा ७४ र २०१८ मा ७७ वटै जिल्लाका युवाहरुको सहभागितामा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न सफल भईसकेको छ ।
यसबर्ष नविल बैँक संगको सहकार्यमा हरेक जिल्लालाई सिड मनि प्रदान गरिनेछ । बिश्व पर्यटन दिवस अवसर पारेर हरेक जिल्लाको सांस्कृतिक तथा पर्यटकिय क्षेत्र प्रवद्र्धनको निम्ती २७ सेप्टेम्बरमा उक्त क्षेत्रको पहिचान गरी करिब १०० जना युवाहरुको सहभागितामा सरसफाई कार्यक्रम गरिनेछ । जसको उदेश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नका साथै भिजिट नेपाल २०२० सफल पार्न पनि केही भुमिका खेल्नेछ भनि परिषदले अपेक्षा गरेको छ । कार्यक्रमको निम्ती अनिवार्य रुपमा स्थानीय तहसंग सहकार्य गरी कार्यक्रम गर्नु पर्दछ ।
Liked by: