"रनर मोटरसाइकल" नेपाली बजारमा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

"रनर मोटरसाइकल" नेपाली बजारमा




ब्रान्डका ८० देखि १५० सिसिका विभिन्न आकर्षक ७ मोडेलका मोटरसाइकल तथा १ओटा स्कुटरको बिक्रि शुभारम्भ भयो।



बंगलादेशको कम्पनी रनर अटोमोबाइल्सको नेपाली वितरक रमन मोटर्सले "रनर मोटरसाइकल" नेपाली बजारमा भित्र्याएको छ। रनर मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता तथा वितरक रमन मोटर्सले शनिबार एक कार्यक्रमको आयोजना गर्दै सो ब्राण्ड सार्वजनिक गरेको हो। शनिबार ह्यात होटलमा आयोजित एक समारोहका बीच उक्त ब्रान्डका ८० देखि १५० सिसिका विभिन्न आकर्षक ७ मोडेलका मोटरसाइकल तथा १ओटा स्कुटरको बिक्रि शुभारम्भ भयो।

बंगलादेशको रनर ग्रुप अफ कम्पनिका चियरम्यान हफिजुर रहमनले नेपालको रमन मोटर्सका सिईओ रमन महतोलाई कम्पनिको प्रमाण पत्र प्रदान गर्दै, आधिकारिक रुपमा नेपाली बजारमा रनर ब्राण्डाका मोटरसाईकलको कारोबार गर्ने इजाजत दिएका हुन् । 

रमन मोटर्सले यस अघि कन्ट्रक्सन क्षेत्रमा मात्र काम गर्दै आएकोमा अब भने अटोमोबाईल क्षेत्र पनि काम गर्ने भएको हो । योसँगै नेपाली बजारमा दुई पाङ्ग्रे सवारी साधनमा नयाँ ब्राण्डको उदय समेत भएको छ । यसले नयाँ पुस्ताहरुमा नयाँ ब्राण्ड र नयाँ पन समेत थपेको कम्पनिले बताएको छ । 

नेपाली बजारमा अहिले सम्म कुनै पनि ब्राण्ड तथा कम्पनिले दिन नसकेको अधिकतम ६ वर्षको वारेन्टी समेत रनरले प्रदान गरेको रमन मोटर्सका सिईओ महतोले दाबी गरेका छन् । उनले रनरको सेल्स् पछिको सेवामा पनि कम्पनिले विशेष ध्यान दिएको बताएका छन् । सेल्स्, सर्भिस् तथा स्पेयर पार्टस्सम्मको सुविधालाई मध्यनजर गर्दै बजारमा डिलर तथा वर्कशपहरुको व्यवस्था गरिएको बताएका छन् । हाल काठमाण्डौमा मात्र ९ ओटा र बाहिरी क्षेत्रमा १० वटा रनरको स्पेयर पार्टस् तथा सर्भिस सेन्टरको व्यवस्था गरिएको र कार्यक्रममा प्रमुख अथितिका रुपमा बंगलादेशका नेपालका लागि राजदुत मासफी विन्ती शामंस् रहेकी थिईन् भने उनले बंगलादेशी उत्पादन रनरको नेपालमा उपस्थितिले व्यवसायीक रुपमा मात्र नभई दुई देश विचको आत्मियतालाई समेत थप उचाईमा पुर्याएको बताएकी छिन् । उनले रमन मोटर्स्लाई सफलताको शुभकामना दिदै नेपालमा रनर मोटरसाईकलले राम्रो कारोबार गर्ने विश्वास समेत व्यक्त गरेकी छिन् । कार्यक्रममा नेपाल तथा बंगलादेशका विभिन्न मिडिया कर्मी पत्रकारहरु र अन्य आगन्तुकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

रमन मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक सुविधा सम्पन्न र वृहत शोरुमका साथै सर्भिस सेन्टर९घक० समेत खोलेको छ । यसले रनर मोटरसाईकलको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनिको विश्वास रहेको छ । यहाँ मोटरसाईकल विक्रिवितरण गरिनुका साथै विक्रि पश्चातका सबै खाले सेवा तथा सुविधा समेत उपलब्ध गराईने कम्पनिले बताएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.