समृद्धिको बाटो तयार पार्ने युवाहरु "हामी उठ्ने छौं" | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

समृद्धिको बाटो तयार पार्ने युवाहरु "हामी उठ्ने छौं"




‘हामी उठ्ने छौं’का संस्थापक निर्देशक निर्मल श्रेष्ठको साथमा १३ पटक सगरमाथाको शिखरसम्म पुग्न सफल गिनिज वर्ल्ड रेकर्ड होल्डर किर्तिमानी आरोही फुर्वा तेञ्जिङ्ग शेर्पा र पत्रकार तथा आरोही रोजिता बुद्धाचार्य यहि शुक्रवार दिउसो २ बजे "हाम्रो पात्रो" फेसबुक लाइभमा आउनुहुनेछ।



नेपालीलाई भावनात्मक सम्बन्धमा जोड्ने र बिपतबाट उठ्न हौसला दिने अभियान ‘वी विल राइज’ अर्थात् ‘हामी उठ्ने छौं’ले अहिले ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो च्यालेन्ज आयोजना गरिरहेको छ। यस भिडियो च्यालेन्ज अन्तर्गत, पर्यटकीय क्षेत्रको सम्भावना भएर पनि अगाडि आउन नसकेका विषय, कुनै जात, जातीको पहिचान, संस्कृति वा स्थान विशेषका गतिविधिको प्रवर्द्धन गर्न फाउन्डेसनले देशैभरबाट पाँच मिनेटसम्मको भिडियो संकलन गर्नेछ। प्रचार प्रसारको अभावमा बाहिर आउन नसकेका स्थानीय ठाउहरुलाई बाह्य तथा आन्तरिक पर्यटकको नजरमा पार्ने उद्धेश्यले संचालन गरिएको यस भिडियो च्यालेन्जमा अहिले बिभिन्न पेशा र क्षेत्रका व्यक्तित्वको समेत सहभागिता बढिरहेको छ ।


यसै सन्दर्भमा ‘वी विल राइज’ अर्थात् ‘हामी उठ्ने छौं’का संस्थापक निर्देशक निर्मल श्रेष्ठको साथमा १३ पटक सगरमाथाको शिखरसम्म पुग्न सफल गिनिज वर्ल्ड रेकर्ड होल्डर किर्तिमानी आरोही फुर्वा तेञ्जिङ्ग शेर्पा र पत्रकार तथा आरोही रोजिता बुद्धाचार्य यहि शुक्रवार दिउसो २ बजे "हाम्रो पात्रो" फेसबुक लाइभमा आउनुहुनेछ। समाज कल्याण तथा विश्वभरि आफ्नो किर्तिमानले प्रभाव पार्न सफल यी व्यक्तित्वसँग तपाइहरुको पनि केहि जिज्ञाशा छ भने तैयार बस्नुहोला।




२०७२ को विनासकारी भूकम्पको बेला हङकङमा रहेका निर्मल श्रेष्ठले त्यस्तो प्राकृतिक विपत्तिमा आफ्नो देश रुदा मन थामेर बस्न सकेनन्। पुन: निर्माणको लागि रकम संकलन गरेर नेपाल आएका निर्मलबिस्तारै देशकै सेवामा आफ्नो कदम अघि बढाउन थाले। अहिले भने पर्यटन बर्ष २०२० लाई मध्यनजर गरेर यो भिडियो च्यालेन्ज सुरु गरिएको हो। त्यस्तै, वी विल राइज फाउन्डेसनले "हाइक फर नेपाल" पनि देश तथा विदेशमा आयोजना गरिरहेको छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.