Seven Days Seven Features Hamro Patro Now Available With Dark And Light Theme | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हाम्रो पात्रो मेगा अपडेट “७ दिन सात विशेषता”: अब Light र Dark थिममा उपलब्ध




तपाईंको अपडेटेड हाम्रो पात्रोको मुख्य पृष्ठमा दायाँपट्टि भएको रिफ्रेश बटन छेवैको अर्धसूर्याकार बटनमा थिचेर थिम रोज्न सकिनेछ । हामी यहाँहरुको प्रयोग अनुभव, डिभाइसको प्रभावकारिता र दृष्टिसहजताका लागि संवेदनशील छौं ।



हाम्रो पात्रो “७ दिन ७ विशेषता”मा स्वागत छ ! आज हाम्रो पात्रोको पछिल्लो परिमार्जनको अर्को एउटा नयाँ फिचर, त्यसको महत्व अनि त्यसको प्रयोगबारे आवश्यक जानकारीहरु लिएर आएको छौं ।

यस पटकको विशेष फिचर हो आफू अनुकूल थिम छनौट । हामीले मोवाइल लगायतका अन्य डिभाइसहरुको प्रयोग गर्ने तरीका समयअनुसार बदलिँदै गएको छ । अनेक सुविधायुक्त यस्ता मोबाइलहरुका प्रयोग विधि, चलन अनि ति डिभाइसको आकार, भित्रि रंग अनि अन्य बिभिन्न विषयहरुमा फरक पर्दै आएको हामी सबैले देखेकै छौं । शुरुशुरुमा हामीले देखेका मोबाइल, टिभी लगायतका कुराहरु आज दशकभित्र कति धेरै परिवर्तन भएर देखापरेका छन् हैन र ?

एप्लीकेशन एउटा यस्तो क्षेत्र हो जहाँ रचनात्मकता र प्रयोगमैत्री एकैपटक देखिनु पर्दछ । मोबाइलको हकमा जब थिमको कुरा हुन्छ तब हामीले आफ्नो आवश्यक्ता र सरलताका आधारमा आफूलाई मनपर्ने थिम प्रयोग गर्ने गरेका छौं । मोबाइल एप्लीकेशनको हकमा थिमको महत्व झनै बढि हुन्छ, हरेक बटनहरु सहज होस आफ्नो आवश्यक्ता अनुकूल राखिएको होस्, प्रयोगकर्ताहरुलाई प्रयोगका क्रममा कुनै किसिमको दुविधा नहोस र यस्ता स्मार्ट उपकरणहरुले दिन अथवा रातको समयको ख्याल राखी मोबाइलको प्रकाश नियन्त्रित हुनेगरि आफ्ना सामाग्रीहरु पस्किन सकोस्, सायद् यिनै कुराहरु नै प्रयोगमैत्री कुराहरु हुनुपर्छ ।

अर्कोतर्फ तपाईंको मोबाईलको ब्याट्री कम खपत हुनुका साथै हाम्रा प्यारा प्रयोगकर्ताको आँखाको स्वास्थ्यलाई ध्यान दिँदै आँखामा कम प्रकाश पर्ने र प्रयोग गर्दा आखाँलाई असुविधा नहुने, दृष्टिलाई अप्ठेरो नपर्ने हाम्रो नयाँ डार्क थिम स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण छ ।

हाम्रो पात्रो प्रयोगकर्ताको तथ्याङ्कले हाम्रा प्रयोगकर्ताहरु अधिकतम समय हामीसंग बिताउने देखाउँदछ र वहाँहरुको प्रयोग सहजता र स्वास्थ सुरक्षा हाम्रो उत्तरदायित्व हो, यो नयाँ थिमको सुविधा त्यसै दायित्ववोध अन्तरगतको एउटा कदम हो । हाम्रो पात्रोका प्रयोगकर्ताको प्रयोग अनुभवलाई स्वस्थ अनि सुमधुर बनाउने यो हाम्रो कसरतमा हामीले प्रयोगकर्ताहरुले आफ्नो आवश्यक्ता अनुसार दिन अथवा रातको थिम छान्न सक्ने सुविधा लिएर आएका छौं ।

भर्खरै विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्ये एउटा कम्पनी गुगलले पनि आफ्ना प्रयोगकर्ताहरुको अत्याधिक माग र चाह सम्वोधन गर्दै थिम सुविधामा डार्क थिमको अवधारणा सन् २०१८ मा ल्याएको हो । यस्ता थिमहरुले डिभाइसहरुको व्याट्री प्रभावकारिता, प्रयोगकर्ताको सहजता बढोत्तरी गर्दै प्रयोगकर्ताहरुको आँखाको भार कम गर्दै उक्त डिभाइस र उत्पादनको अनुकुलता र प्रयोग अनुभवमा सुमधुरता कायम गर्दछ । हाम्रो पात्रोको प्राविधिक सजगता सर्वोत्कृष्ट हुनपर्दछ भन्ने हेतुका साथ अबबाट यहाँहरुको यो मोबाइल सहचारीलाई ३ वटा बिशेष थिममा प्रयोग गर्न सक्नुहुनेछः

लाईट थिमः सामान्यतया दिन या उज्यालो समयकालागि यो थिम प्रभावकारी रहन्छ । यस थिमको नेपथ्यमा रहेका रंगहरु उज्यालो समय अनुकुल र दृष्टिअनुकुल रहेका छन् । अत्यधिक उज्यालोमा समेत हाम्रो पात्रोको लाईट थिम स्क्रिनमा स्पष्ट रहन्छ र हरेक रङ्गहरु छरपष्ट देखाउन सहयोग गर्छ । 

डार्क थिमः रातको समय अथवा अन्य समयमा समेत डार्क थिम प्रभावकारिताका लागि निर्बिकल्प थिम हो । यस थिमको सहयोगले नेपथ्यमा रहेका अनेक रंगहरु अँध्यारोे समय अनुकूल र दृष्टिअनुकुल हुनेगर्दछन् । रातमा डार्क थिम सहितको हाम्रो पात्रोको प्रयोगले तपाईंको आखाँलाई तनाव दिनेछैन । अँध्यारो ब्याकग्राउण्डमा तपाईंले प्राप्त गर्ने हाम्रो पात्रोका हरेक सुविधाहरु छरपष्ट भई झन खुल्नेछन् ।

अटोमेटिक थिमः
 आँफै समय अनुसार यो थिम उज्यालो र अँध्यारो थिममा रुपान्तरित हुन्छ, यसो गर्दा सिस्टम आँफैले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स लगाएर थिम बदल्दै जान्छ ।

डिभाइसहरुमा र स्क्रिनमा धेरै समय बिताउने पुस्ता र प्रयोजनका लागि थिम छनौट महत्वपूर्ण कुरा हो, यस कुराहरुमा वेब उत्पादक र बिकासक संस्थाहरु जागरुक र उत्तरदायि हुन जरुरी छ ।

तपाईंको अपडे
टेड हाम्रो पात्रोको मुख्य पृष्ठमा दायाँपट्टि भएको रिफ्रेश बटन छेवैको अर्धसूर्याकार बटनमा थिचेर थिम रोज्न सकिनेछ । हामी यहाँहरुको प्रयोग अनुभव, डिभाइसको प्रभावकारिता र दृष्टिसहजताका लागि संवेदनशील छौं ।

तपाईं अझै नयाँ थिमका बिकल्पहरु हाम्रो पात्रोमा प्राप्त गर्न चाहनुहुन्छ भने कृपया हामीलाई [email protected] मा लेख्नुहोस् । 
हाम्रो पात्रो “७ दिन ७ विशेषता” पस्किने क्रममा भोली नयाँ सुविधा बारे जानकारी लिएर आउने छौं ।

के तपाईंले
हाम्रो पात्रोको “मेगा रिलिज” प्राप्त गर्नुभयो? छैन भने नविन अपडेट सहितको हाम्रो नयाँ अपडेट एक पटक अवस्य हेर्नुहोस् ।

यदि तपाईंलाई हाम्रो यो नयाँ अपडेट मनपरेको छ भने कृपया
play store मा रेटिङ र प्रतिक्रिया अवश्य दिनुहोला । तपाईंको राम्रो प्रतिक्रियाले हामीलाई थप सुधार गर्न सहयोग गर्नेछ । अन्य केही कुराहरु र सुझावहरु छन् भने कृपया तल कमेन्ट बक्समा लेखी पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.