Seven Days Seven Features Hamro Patro Now Available With Videos | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हाम्रो पात्रो मेगा अपडेट “७ दिन ७ विशेषता” - भिडियो हेर्ने स्मार्ट तरीका




   शंकर उप्रेती - Mar 07 2019

यदि तपाईं कुनै विषयका अथवा तपाईंले हेर्न विर्षनुभएका कुनै भिडियोहरु छन् भने हाम्रो भिडियो पृष्ठको सर्च बटनमा थिचेर रोमन, देवनागरी अथवा अङ्ग्रेजी भाषामा टाईप गरेर सम्बन्धित भिडियो खोज्ने कार्य गर्न सक्नुहुनेछ ।



“७ दिन ७ विशेषता” हेर्दै हुनुहुन्छ नि ? म हरेक विशेष फिचरलाई शव्दमा ब्याख्या गर्दै यहाँहरुलाई पस्किँदै छु । तेश्रो दिन हो आज हाम्रो पात्रोको विशेष फिचर ।

तपाईंलाई हाम्रो यो नेपाली जीवनशैली छुने पहल कस्तो लाग्दैछ ? प्रयोगकर्ताको जीवनमा महत्व राख्ने यी फिचरहरु ल्याउन पाँउदा हामी भने उत्साहित छौं । आजको विशेष फिचरको यहाँ कुरा गरौं, अलिक भूमिका बाँध्दै केहि दशक अघिको परिवेश कोट्याउने अनुमती मागें है ।

गाँउभरिका मान्छे भेला भएर केहि पैसो हालेर एकरातका लागि भिडियो हेर्ने डेक र भिडियोका चक्कावाला रिल वा सिडि ल्याएर हेर्ने अनिँदा भिडियोप्रेमीहरु हामीमध्ये को को छौं त ? नयाँ पुस्ताहरुलाई त्यस कुराहरुको साक्षात्कार उति नभएको पनि हुन सक्दछ तर उतिबेलाका नयाँ पुराना अंग्रेजी, हिन्दि चलचित्रका भिडियोको अनुभूति तथा शुरुवातकालिन नेपाल टिभीका समाचार, टेलिसिरियलहरुसंग जोडिन्छ । बिहिवार आउने रामायणमा टिभी अगाडि साष्टाङ्ग दण्डवत गर्ने अग्रज हजुरबुवा देखि शनिबारको चलचित्र हेर्न टिभी भएको घरमा झुम्मेका केटाकेटीको हुल याद आँउछ अनि एन्टीना ठिक्क दिशामा राख्न गरेको त्यो कसरत त झन कहाँ भुल्नु र? भिडियो सामाग्रीमा नेपाली पुस्ताको त्यो मोह अनि टिभी कोठा अगाडि थुप्रिएका चप्प्लका थाङहरु । आज कुराहरु प्रविधीले परिवर्तन गरिदियो र यहाँ प्रस्तुत गर्दैछु यहाँहरुको भिडियोको खोजि र उपलब्धतालाई हाम्रो पात्रोले कसरी अबबाट आफ्नो नयाँ परिमार्जनमा कसरी संलग्न गरेको छ भन्ने बिषयमा ।

यहाँहरुको अपडेटेड हाम्रो पात्रोको गृह पृष्ठमैं चल्तिमा रहेका समाचार, मनोरञ्जन सामाग्री, विविध विषय, प्रसङ्ग अथवा ब्रेकिङ/इक्सक्लूसीभ भिडियोहरु ट्रेण्डिङ भिडियोको रुपमा देखिनेछन् ।

हाम्रो पात्रोमैं भिडियो किन हेर्ने?
बिभिन्न श्रोतका अनेकन भिडियोको खोजि यूट्यूबमा हामी निकै कसरत लगाएर गर्ने गर्दछौं । जहाँ आफूलाई चाहिने नचाहिने अनेक अनावश्यक विकल्पहरुले कहिलेकाँही त विरक्त लागेर आउँछ । त्यहि विरक्ततालाई ध्यानमा राख्दै भिडियोप्रेमी हाम्रा स्मार्ट प्रयोगकर्ताहरुका लागि “Spam-free” समाचार, गीत सङ्गीत, रियालिटी शो, चलचित्र, विज्ञान, तथा अन्य विधाका रोचक भिडियोहरु स्मार्ट तरिकाले देखाउनु हाम्रो यो “मेगा रिलिज” को विशेषता हो ।

विशेषतः नेपाली टेलिभिजन तथा मनोरञ्जन क्षेत्रका कुनैपनि सामाग्री तपाईंले छुटाउनुपर्नेछैन । हाम्रो पात्रोको गृहपृष्ठको माथिल्लो देब्रे कुनामा रहेको तिनधर्केमा थिचेर समेत भिडियोको मुख्य पृष्ठमा प्रवेश गर्न सकिन्छ । यसमा गएर यहाँहरुले भिडियोका विभिन्न क्याटगोरी जस्तै ताजा, यूवा, मनोरञ्जन, टेलिभिजन, समाचार, खेलकुद लगायत देख्न सक्नुहुनेछ ।

सङ्गीत, प्रविधि तथा चलचित्र समावेश यूवाहरुलाई मनपर्ने सामाग्रीहरु यसमा प्रशस्त छन् । आफूलाई मनपर्ने क्याटगोरीमा थिचेर यहाँहरुले आफ्नो रोजाई अनुसारको भिडियो हेर्न सक्नुहुनेछ ।

जारी भिडियो सुविधामा नेपालका चर्चित रियालिटी शोहरु द भ्वाइस अफ नेपाल, को बन्छ करोडपति लगायतलाई तत्काल हेर्नमिल्नेछ । आफूलाई मनपर्ने भिडियोको खोजि कार्यमा अब समय बर्वाद गरिरहन जरुरी छैन् ।


सर्च सुविधा
यदि तपाईं कुनै विषयका अथवा तपाईंले हेर्न विर्षनुभएका कुनै भिडियोहरु छन् भने हाम्रो भिडियो पृष्ठको सर्च बटनमा थिचेर रोमन, देवनागरी अथवा अङ्ग्रेजी भाषामा टाईप गरेर सम्बन्धित भिडियो खोज्ने कार्य गर्न सक्नुहुनेछ ।

स्तरीय तथा आधिकारीक भिडियो हेर्ने तपाईंको चाहना यदी हो भने हाम्रो पात्रोको यो फिचर कल्पवृक्ष सावित हुनेछ, हामी विश्वस्त छौं ।

जाँदाजाँदै एउटा कुरा थप्न चाँहे, यस्ता अनेक नविनतम विशेषताले भरीएको हाम्रो पात्रोको यस “मेगा रिलिज” प्रयोगार्थ लग ईन गर्न चाँही नभुल्नुहोला है । आफ्नो फेसबुक, ट्विटर अथवा जिमेल अकाउण्टबाट हाम्रो पात्रो लगईन गरेर कमेण्ट, रिप्लाई इत्यादि गर्न सकिन्छ ।

साथै विशेष धन्यवाद! हामीले जारी गरेका अघिल्ला दुई विशेषता (भाषा तथा लाईट र डार्क थिम) बारे जानकारीमा यहाँहरुको अपार सहभागीता सहितको मायाका लागि साथै यहाँहरुले हामीलाई त्यसबारे दिनुभएको सल्लाह सुझाव तथा प्रतिकृयाका लागि हाम्रो पात्रो परीवार कृतज्ञ छ ।

यदि तपाईंलाई हाम्रो यो नयाँ अपडेट मनपरेको छ भने कृपया play store मा रेटिङ र प्रतिक्रिया अवश्य दिनुहोला । तपाईंको राम्रो प्रतिक्रियाले हामीलाई थप सुधार गर्न सहयोग गर्नेछ । अन्य केही कुराहरु र सुझावहरु छन् भने कृपया तल कमेन्ट बक्समा लेखी पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.