साउन महिनामा गिफ्ट बाडौँ खुशी साटौँ ! | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

साउन महिनामा गिफ्ट बाडौँ खुशी साटौँ !





साउन अर्थात भगवान शिवको महिना । धार्मिक रुपमा अत्यन्तै विशेष मानिने यो पवित्र महिना हर्ष अनि उत्साहको महिना पनि हो । एकातिर दशैँ नजिकिँदै गरेको आभाष अनि अर्कोतर्फ रोपाइँ सकिएको उत्साहले श्रावण महिनालाई थप विशेष बनाउँछ । त्यसबाहेक, अहिले धेरै मानिसहरूको परिवारका सदस्यहरू श्रावण महिना भरि चोखो नितो गरेर व्रत बसिरहेका होलान् । आफ्नो परिवारको सुख, सुस्वास्थ्य तथा समृद्धिको व्रत बस्ने सबैको मनोकामना पूरा होस् । हाम्रो कामना ।

आफ्नो आफन्त, प्रियजन र साथिभाइहरुलाई उपहार दिने यो उपयुक्त समय मानिन्छ । श्रावण महिनाको सान्दर्भिकता बोक्ने विभिन्न उपहारहरू हुन सक्छन् । त्यसैले स्वदेशमा बस्ने आफ्नो विशेष व्यक्तिको लागि यो विशेष महिनाको धार्मिक महत्व र पवित्रता बोक्ने उपहारहरू पठाउनुहोस् । यो विशेष अवसरमा तपाईंले नेपाल पठाउन सक्ने केही गिफ्ट्सहरू यसप्रकार हुनसक्छन् ।

सारी, कुर्तासुरुवाल

व्रत बस्दा चोखो या नयाँ पहिरन लगाउने गरिन्छ । त्यसैले यो पवित्र महिनामा हामी हाम्रो परिवारमा व्रत बस्ने महिलाहरूको लागि आकर्षक सारी र कुर्तासुरुवाल उपहार पठाउन सक्छौँ । त्यसबाहेक श्रावण महिना हरियो रङ्गको लागि पनि विशेष मानिन्छ । त्यसैले हरियो सारी या कुर्ता सुरुवाल पठाएर आफ्नो परिवारको महिलाहरूलाई प्रसन्न बनाउन सकिन्छ ।

शृङ्गार वस्तु सहितको कम्बो सेट / कस्मेटिक सेट

श्रावणलाई शृङ्गारको लागि पनि विशेष मानिन्छ । महिलाहरूले हातमा मेहन्दी, हरियो चुरा, पोते आदी शङ्गारका वस्तु र कस्मेटिकहरूले आफूलाई सजाउने गर्दछन्। यसर्थ यी कस्मेटिक सेट या शृङ्गारका वस्तु सहितको कम्बो सेट उपहार स्वरूप आफ्नो परिवारका महिला सदस्यहरूलाई पठाएर उनीहरूलाई खुशी बनाउन सकिन्छ ।

ड्राइ फ्रुट्स (Dry Fruits)

अधिकांश मानिसहरूले श्रावण महिनामा निराहार व्रत बस्ने हुनाले शरीरलाई आवश्यक पर्ने तत्त्वहरू पूरा गर्न यो महिना ड्राइ फ्रुट्स उत्तम विकल्प हो । त्यसैले हामीले ड्राइ फ्रुट्स उपहार दिएर परिवार र आफन्तलाई स्वस्थ रहन मद्दत गर्न सक्छौँ ।

घडि, परफ्युम तथा एसेसरिज

घडि , परफ्युम तथा अन्य एसेसरिजले मानिसको व्यक्तित्वमा निखार ल्याउने गर्दछ । आफ्नो परिवारको लागि कठोर व्रत बस्ने व्रतालुहरूलाई यी सामग्री पठाएर पनि तपाईँहरूले उहाँहरूलाई खुशी बनाउन सक्नुहुनेछ ।

नेपालमा भएका आफन्तलाई यी लगायत अन्य गिफ्टहरू पठाउनको लागि तपाईंले gifts.hamropatro.com मा भएको विभिन्न गिफ्ट्सहरू हेर्न सक्नुहुनेछ । हाम्रो पात्रो गिफ्ट्स मार्फत परिवार तथा आफन्तका लागि सरप्राइज उपहार पठाएर उहाँहरुलाई खुशी प्रदान गर्नुहोस्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.