Special Notice From Hamro Patro | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

गम्भिर ध्यानाकर्षण भएको बारे





उपरोक्त सम्बन्धमा यस ‘हाम्रो पात्रो’मा समाचार पोर्टल सूचिकृत गरिदिन्छु भनी सञ्चारगृहसँग वा अनलाइन सञ्चारगृहका आधिकारीक व्यक्तिसँग रकम माग गरेको र केही एकाध सञ्चारगृहसँग रकम समेत उठाएको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

कुनैपनि सञ्चारगृहसँग वा सञ्चारगृहका अनलाइन मेडिया हाम्रो पात्रोमा राख्नका लागि कुनैपनि शुल्क लाग्दैन । शुल्क सहितको मेडिया सूचिकरणको अभ्यास हामीले गर्ने गरेका छैनौ । मेडिया सम्बन्धि छलफल तथा सहकार्यका लागि हाम्रो पात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेती तथा प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटा बाहेक कुनै अर्को तेस्रो व्यक्ति अझसम्म तोकिएको छैन ।

यदि तपाईंलाई ‘म/हामी हाम्रो पात्रोमा तपाईंको पोर्टल राखिदिन्छु’भनि कसैले कुनै रकम माग गरेको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् र सम्भावित ठगीबाट बच्नुहोस् । हाम्रो नाममा कुनैपनि किसिमका अनाधिकृत नगदको लेनदेन गरेर पर्ने आर्थिक तथा व्यवसायिक अप्ठेरोका लागि हाम्रो पात्रो जिम्मेवार हुनेछैन ।

मेडिया सहकार्यमा हामीले गर्ने गरेको अभ्यासमा प्रत्यक्ष तथा अप्रत्यक्ष कुनैपनि किसिमको आर्थिक लेनिदेनि हुनेगरेको छैन र तत्काल नयाँ सूचना जारी नहुञ्जेल र पुराना अनुरोधमा रहेका सञ्चारगृह बाहेक नयाँ अनलाइन मेडिया सूचिबद्ध गर्ने कार्य पनि बन्द गरिएको बेहोरा यसै सूचनामार्फत् जानकारी गराउन चाहन्छु । यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमा चाहन्छौं ।

हाम्रो पात्रोको नाममा यदि तपाईं आर्थिक लेनदेनमार्फत अनलाइन मेडिया दर्ताका लागि कसैसँग कारोबार गर्दै हुनुहुन्छ भने त्यो नितान्त ठगि प्रयोजनले भएको हो । यसमा अमेरिकास्थित हाम्रो मुख्य कार्यालय Hamro Patro Inc. अथवा नेपालस्थित Smart Ideas Pvt. Ltd. जिम्मेवार हुनेछैन ।

साथै बुद्धनगर-१०, काठमाण्डौमा रहेको “स्मार्ट आइडियाज प्रा. लि.” बाहेक हाम्रो पात्रोको कुनैपनि स्वरुपको कार्यालय (सम्पर्क/कर्पोरेट/मार्केटिङ) नेपालमा अन्त कतै नरहेको बेहोरा समेत जानकारी गराउन चाहन्छु । अन्य केही घटनाहरुमा हाम्रो पात्रोको प्रतिनिधि भनि विज्ञापन एजेन्सी तथा हाम्रा विज्ञापनदाताहरुलाई समेत अनाधिकृत भेटघाट गरेको सम्बन्धमा समेत हाम्रो ध्यानाकर्षण भएको छ । बजार सम्बद्ध विषयहरुमा हाम्रो पात्रोका प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटालाई ([email protected]) सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद ।


शंकर उप्रेती
संस्थापक/अध्यक्ष
हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.