Swasthakrami Surakshyakarmi Lai Samman | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सम्मानमा ताली अभियान





चैत्र ११ गतेदेखि चैत्र १८ गते सम्म नेपाल सरकारले देशलाई लकडाउन गर्ने घोषणा गरेसंगै अहिले सर्वसाधारण घरबाट बाहिर निस्किने क्रम एकदम न्यून छ । अहिले विश्वभर स्वास्थ्यको ठूलो चुनौती बनिरहेको कोरोनाको संक्रमण फैलन नदिने उद्देश्यले सरकारले गरेको यो लकडाउन सम्पूर्ण देशवासीहरुको हितका लागि भएको सबैले बुझेका छन् । यतिखेर हामी सबै आफ्नो घरमा आफ्नो परिवारसँग सुरक्षित छौं, तर यो आपतकालिन समयमा आफ्नो ज्यान जोखिममा राखेर नेपाल आमाका धेरै योद्धा सन्तानहरु हामी सबैको सहजता अनि सुरक्षा सुनिश्चित गर्न निरन्तर आफ्नो कार्य गरिरहेका छन् । Youhaan International Events र हाम्रो पात्रो, ति योद्धा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको निस्वार्थ सेवा अनि योगदानको प्रोत्साहन स्वरूप यहि मंगलबार (मार्च ३१) साझ ५ बजे सम्पूर्ण देशवासीहरुलाई आआफ्नो घरको कौशी, बरण्डा, झ्याल या अन्य कुनै स्थानमा बसेर ति राष्ट्र सेवकहरुको सम्मानमा ताली बजाउन अनुरोध गर्दछ ।

हाम्रो टोल र समाजमा बज्ने तालीको आवाज आफ्नो कार्यक्षेत्रमा काम गरिरहेका सबैमाझ पुग्न सफल भए त्यसले उनीहरुलाई थप हौशला प्रदान गर्नेमा हामी विश्वस्त छौं । मंगलवार साँझ ५ बजे आफ्नो केहि समय ति राष्ट्र सेवकहरुको लागि अवश्य छुट्याउनुहोला र आफुले मात्र नभई आफुले सक्ने जति सबैमा यो संदेश पुर्याउनु हुन Youhaan International Events अनुरोध गर्दछ ।

गाली गर्न पछी नपर्ने हामी ताली बजाउन पनि पछी नपरौं, कोरोना भाइरस विरुद्ध सतर्क अनि सचेत रहौं, शुभकामना ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.