टिभी घरघरमा छ, अब त कम्प्यूटर या मोबाइलकको स्क्रीन पनि टिभी भइसेको छ, यूट्यूब टिभीहरुको संसार जस्तो भएको छ । तथापि हामीले टिभीका बारेमा धेरै कुरा थाहा पाउन जरुरी छ । ठूलो डब्बामा कालोसेतो रंगमा आएकी टिभी अब त पातली, मुलायम अनि अझ कुसुमी बैसमा भए झैं पनि लाग्दछ । अप्रिल महिनाको ३० तारिख सन् १९३९ अर्थात आजभन्दा लगभग ७७ बर्षअघि बिश्व व्यापार मेलामा सर्वसाधरण ले बाकस भित्रवाट तस्वीर र आवाज सुनेका हुन्, पछि त्यही बाकस अर्थात टिभी अहिलेसम्मकै अत्यन्त रुचाइएको आविष्कार बन्न पुग्यो । आजसम्म आइपुग्दा लगभग हरेक मान्छेसंग एक न एक स्क्रीन छ जसवाट टिभी हेर्न सकिन्छ ।
आउनुहोस् टिभीका बारेमा बिश्वले नजानेका केही तथ्यहरु आज उक्काउन चाह्यौं ।
१. सन् १८८४ मै जर्मनले टिभी आविष्कार गरेर पेटेन्ट आविष्कार अधिकार लिएको छ । सन् १९२८ बाट सर्वसाधरणलाई बिक्रि र प्रयोगका लागि टिभीलाई ल्याइएको हो । यस तथ्य अनुरुप टिभीको जन्म भएको १३७ बर्ष भइसकेको छ ।
२. बिभिन्न अध्ययनका अनुसार कुनै पनि वयस्क ब्यक्ति ६५ बर्षको उमेरसम्म पुग्दा कम्तीमा पनि २० लाख वटा टिभी बिज्ञापनहरु हेरिसकेको हुनेछ ।
३. सन् १९३८ ताका अमेरिकी डलरको हिसाबमा १२ ईन्चको सामान्य टिभीलाई डलर ४४५ डलर अर्थात अहिलेको ७२०० डलर भन्दा धेरै तिर्नपर्ने हुन्थ्यो । यो रकम अहिलेको नेपाली रकमका हिसाबले रु ८० हजार हाराहारीमा पर्न आँउदछ ।
४. सन् १९५० मा प्रथम पटक जेनिथ कम्पनीले टिभी रिमोट ल्याएको हो । स्मरण रहोस् त्यस रिमोटलाई तारको सहारामा टिभीसंग जोडिएको थियो । पछि ५ बर्षपछि तारबिहिन रिमोट बजारमा आएको हो । बिभिन्न वेबसाइटबाट रिमोट आएपछि सन् १९५० ताकाको कम्पनीको पत्रिकाको बिज्ञापनको पाना ल्याएका छौं ।
५. सन् १९०७ देखि यस आविष्कारलाई अग्रेजी भाषामा टेलिभिजन भनिएको हो र केवल सन् १९८४ बाट मात्रै यसको छोटो रुप टिभी प्रयोगमा आएको हो ।
६. दोश्रो बिश्वयूद्ध ताका बिबिसी टिभी सेवा ७ बर्षसम्म बन्द भएको थियो । बेलायत ले जर्मन बिरुद यूद्ध घोषणा गरेपछि मिक्की माउस कार्टुन प्रशारण भइरहेको टिभी बन्द भएको थियो जसन ७ बर्षपछि सन् १९४६ मा मात्र खुलेको हो । यसरी ७ बर्षपछि खुल्दा सोही कार्टुनको बाँकी अशं प्रशारण गरेर बिबिसी पूर्नप्रशारण गरिएको हो ।
७. सोनी कम्पनीले सन् १९८२ मै खल्तीमा राख्न मिल्ने टिभी निर्माण गरेको थियो । र्दुभाग्यवश यो आविष्कार अस्पष्ट र धेरै सानो स्क्रीन भएका कारणले बजारमा चल्न सकेन् ।
८. औसत मान्छेले आफ्नो जिवनकालको लगभग १० बर्ष समय टिभी हेरे बिताउने गर्दछ भन्ने बिभिन्न अध्ययनहरुले देखाएको छ ।
सुयोग ढकाल
--------------
*तस्वीर श्रोत : बिभिन्न वेबसाइटहरु
Liked by: