मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
विक्रम संवत २०८२ साल अर्थात् ईस्वीय सन् २०२५-२०२६ र नेपाल संवत ११४५-११४६ । यस वर्षमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझाव अनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य चाडपर्वहरूको संक्षिप्त जानकारी यसप्रकार रहेको छ :
बडा दशैं २०८२
भदौ २३ गते देखि सोह्रश्राद्ध
असोज ६ गते घटस्थापना
असोज १३ गते फूलपाती
असोज १४ गते महाष्टमी
असोज १५ गते महानवमी
असोज १६ गते विजयादशमी
तिहार २०८२
कात्तिक २ गते कागतिहार
कात्तिक ३ गते कुकुरतिहार / लक्ष्मीपूजा
कात्तिक ५ गते गाईपूजा, गोबर्द्धन, म्ह पूजा
कात्तिक ६ गते भाइटीका (किजापूजा)
Liked by: