यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

यो “भ्यालेन्टाइन डे”मा आफ्नो प्रियजनलाई कस्तो गिफ्ट दिने ?





माया, प्रेम,पिरती अनि आत्मियताले भरिएको मायाको दिवस अर्थात् भ्यालेन्टाइन डे नजिकिदै छ। चिसो मौसमले अझ साथ छोडी नसक्दा फेब्रुअरी महिनाको यो न्यानो दिन नजिकीरहँदा धेरै प्रेमिल जोडीहरु उत्साहित भइरहेका छन्। कसैलाई आफूलाई मनपर्ने मानिसलाई प्रेम प्रस्ताव गर्ने हतारो होला भने कसैलाई आफ्नो प्रियजनसँग स्तरीय समय बिताउन योजना बनाउने उत्साह हुनसक्छ ।

प्रेमी जोडीले मायाका भावनाहरु सँगसँगै आकर्षक उपहारहरु साटासाट गर्ने चलन पनि यस दिनको विशेषता हो।

भनिन्छ नि उपहार र पुरस्कार सबैलाई मन पर्छ । झन् आफ्नो प्रियजनले दिने आकर्षक उपहार त मुटुको नजिक हुने गर्दछ । हुन त आफ्नो प्रियजनलाई चोखो मनले जे उपहार दिंदा पनि हुन्छ, चोखो मनले दिएको जुनसुकै उपहार विशेष हुन्छ।

तर, अहिलेको व्यस्त जीवनशैलीको कारणले धेरै प्रेमिल जोडीहरुले आफ्नो प्रेम एक अर्कासँग व्यक्त गर्न सकिरहेका हुँदैनन्। यसरी व्यक्त गर्न नसक्दा प्रेम कम भएको आभाष हुनसक्छ । यस्तो समयमा बढ्दै गरेको दूरीलाई यो भ्यालेन्टाइनमा एउटा आकर्षक गिफ्टले मेट्ने प्रयास गर्नुहोस् । त्यसैले आफ्नो प्रियजनको साथमा भइरहने कुनै सामग्रीलाई उपहार दिने कुरालाई प्राथमिकतामा राख्नु उपयुक्त हुनसक्छ।

“भ्यालेन्टाइन डे”मा प्रेमी प्रेमिकाले सबैभन्दा धेरै रातो गुलाफ आदानप्रदान गर्ने गर्छन् । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ । त्यसैकारण, गिफ्ट जे दिएपनि त्यो गिफ्टसँग अनिवार्य एउटा रातो गुलाफ दिनु उचित रहन्छ ।

टाढा हुनुहुन्छ भने तपाईंलाई कुनै न कुनै माध्यमबाट आफूले माया गर्ने मान्छेलाई उपहार पठाउने सोचले सताएको हुनसक्छ, भेट्न नसकेपनि गिफ्ट पठाएर आफ्नो माया व्यक्त गरे भ्यालेन्टाइनको विशेष अवसर फिक्का नजाला।
हुन त भ्यालेन्टाइनलाई प्रेमी प्रेमिकाको दिवसको रुपमा मात्र हेर्न जरुरी छैन । यो मायाको दिवस हो, माया आफ्नो आमा, बुवा दिदी बहिनी या दाजुभाइसँग पनि हुनसक्छ । तसर्थ, भ्यालेन्टाइन विशेष उपहार आफ्नो प्रिय मानिसलाई पठाउदै एक कल फोन गरेर मिठो कुराकानी गरी समेत यो भ्यालेन्टाइनलाई विशेष बनाउन सक्नुहुनेछ।

यदि तपाईं विदेशमा बस्नुहुन्छ र नेपालमा बस्ने आफ्नो प्रियजनलाई अप्रत्याशित आश्चर्य उपहारहरू पठाउन चाहनुहुन्छ भने हाम्रो पात्रो मार्फत आकर्षक छुटमा केही आकर्षक गिफ्टहरु पठाउन सक्नुहुनेछ ।

यहाँ हामीले यो विशेष अवसरमा दिन सकिने केहि गिफ्टहरु उल्लेख गरेका छौं :

१. चकलेट, टेड्डी र गुलाफ (Chocolate, Teddy and Rose)
प्रायजसो छोरी मान्छेहरुलाई अत्यन्त मन पर्ने कुरा भनेको चकलेट र टेड्डी हो । चकलेटको स्वाद र टेड्डीको आभाषको साथमा रातो गुलाफ तपाईंको प्रेमिकाको लागि आकर्षक भ्यालेन्टाइन गिफ्ट हुनसक्छ ।

२. कस्टमाइज्ड कप र कुशन (Customized Cup and Cushion)
आफ्नो प्रियजनलाई मनपर्ने तस्वीरहरु छापेर कप र कुशन गिफ्ट स्वरूप दिन सकिन्छ। कप र कुशन लामो समय सम्म आफ्नो साथ नै रहने हुँदा यो भ्यालेन्टाइनको सम्झना लामो समयसम्म रहन सक्छ ।

३. कस्टमाइज्ड चकलेट (Customized Chocolates)
आफ्नो प्रेम सम्बन्धलाई चकलेटको स्वाद जतिकै मिठो बनाउन चाहनुहुन्छ भने आफ्नो प्रेमी प्रेमिकालाई चकलेट बक्समा सुमधुर अनि रोमान्टिक सन्देश लेखेर समेत गिफ्ट दिन सक्नुहुनेछ ।

यदि तपाईंहरु अझ पनि आफ्नो प्रियजनलाई दिने उपयुक्त गिफ्टको बारे अन्योलमा हुनुहुन्छ भने तल दिईएको लिंकमा क्लिक गरेर आफ्नो अन्योललाई मेट्न सक्नुहुनेछ ।
https://gifts.hamropatro.com/products/valentine-s-day

प्रेमको उत्सव यो “भ्यालेन्टाइन डे” हाम्रो गिफ्ट्सको साथमा मनाउनुहोस्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.