Whats New In Hamropatro Update | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

के छ हाम्रो पात्रोको नयाँ अपडेटमा ?





नेपालीहरूमाझ लोकप्रिय एप हाम्रो पात्रोले नव वर्ष २०२१ मा प्रयोगकर्ताहरूको लागि केही नयाँ अपडेटहरू लिएर आएको छ । जसअन्तर्गत प्रयोगकर्ताहरूले हाम्रो पात्रोलाई अब एकदमै भिन्न लुक्स (डिजाइन) मा देख्न सक्नुहुनेछ। प्रयोगकर्ताहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाहरूमा केन्द्रित रहेर बनाइएको नयाँ User Interface (UI) ले हाम्रो पात्रो प्रयोग गर्दा केही फरक अनि केही सहज अनुभव प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं । 

त्यसबाहेक हाम्रो पात्रोले म्यासेन्जर फिचरको समेत बेटा रिलिज गरेको छ । जस अन्तर्गत अब प्रयोगकर्ताहरूले हाम्रो पात्रो मार्फत नै आफ्नो मित्र तथा आफन्तसँग च्याट गर्न सक्नेछन् । च्याट मात्र नभई प्रयोगकर्ताले यसबाट अडियो तथा भिडियो कल समेत गर्न सक्नेछन्। तपाईंको च्याट, भिडियो गोप्य रहने हुँदा यो नयाँ फिचर तपाईंले ढुक्क भएर प्रयोग गर्न सक्नुहुनेछ । IOS (आईओएस) प्रयोगकर्ताहरूले भने यो सुविधा लगभग २ महिना भित्रको अपडेटमा पाउने आशा गरिएको छ । नेपाली स्टिकरहरुको प्रयोग गर्दै गर्न सकिने हाम्रो आफ्नै च्याट सिस्टमले प्रयोगकर्ताहरुबाट राम्रो प्रतिक्रिया बटुल्छ भन्ने कुरामा हामी आशावादी छौं ।

सन् २०२० मा हाम्रो पात्रो


सन् २०२० धेरै अर्थहरुमा कठिन वर्ष भएपनि हाम्रो पात्रोका प्राविधिकहरुले प्रयोगकर्ताहरूको लागि नयाँ सुविधाहरु प्रस्तुत गर्न निरन्तर मेहेनत जारी राखे । यो वर्ष अनलाइन ज्योतिष सेवालाई थप प्रभावकारी बनाउन हामी केन्द्रित रह्यौ । छोटो समयमा नै अनलाइन ज्योतिष परामर्शमा हामीले पाएको सहभागिता उत्साहजनक छ । प्रयोगकर्ताहरुबाट आएको प्रतिक्रिया सुनेर हामी अत्यन्तै खुशी छौं। त्यसबाहेक, सन् २०२० मा प्रयोगकर्ताहरु माझ हामीले ल्याएका केही फिचरहरु यसप्रकार छन् : 

हाम्रो रिचार्ज
हामीले “हाम्रो रिचार्ज” सुविधा अन्तर्गत, अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया र जापान बस्ने नेपालीहरूले हाम्रो पात्रो मार्फत यहाँ नेपालमा बस्ने आफन्त, साथीभाइ र प्रियजनहरूलाई “टप अप” गरी मोबाइलमा रिचार्ज पठाउन मिल्नेछ । यी ४ देशहरूबाट हामीले “हाम्रो रिचार्ज”मा पाएको सहभागिताले हाम्रो मनोबल बढाएको छ र छिट्टै नै हामी यो सेवालाई अन्य देशहरूमा पनि थप्दै लिएर जानेछौँ । 

हाम्रो गिफ्ट्स
“हाम्रो रिचार्ज” मा जस्तै विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूले नेपालमा बस्नुहुने आफ्नो आफन्त र प्रियजनहरूलाई गिफ्ट पठाउन सक्ने सुविधाको शुरुवात पनि हामीले २०२० मा गर्यौ । यो फिचर अन्तर्गत विदेशमा रहेका प्रयोगकर्ताहरुले हामीबाट विभिन्न गिफ्टका सामग्रीहरू छनौट गरी नेपालमा भएका आफन्तको लागि खरिद गर्न सक्नेछन् । उक्त गिफ्टलाई हामीले प्रयोगकर्ताले दिएको लोकेसन र समयमा डेलिभर गर्नेछौं । तत्काल हामीले काठमाडौँ उपत्यका भित्र मात्र गिफ्ट डेलिभर गरेपनि निकट भविष्यमा नै हामी विदेशबाट पठाइएको गिफ्ट नेपालभर डेलिभरी गर्न प्रतिबद्ध छौं । यो सुविधा हामीले उपलब्ध गराएसँगै बर्थ डे, Anniversary, दशैं, तिहार लगायतका शुभ अवसरमा विदेशबाट थुप्रै प्रयोगकर्ताहरुले नेपाल बस्ने आफन्तलाई गिफ्ट पठाउनु भएको छ । 

कल टु डाक्टर सेवा
यो वर्ष कोरोना महामारीको समयमा जनतामा यो नयाँ भाइरस र यसका लक्षण तथा यसलाई नियन्त्रण गर्ने कदमहरूको बारेमा अन्योल हुँदा हाम्रो पात्रोले घर बसेरै डाक्टरसँग निशुल्क परामर्श लिने भिडियो कल सुविधा लिएर आयो। कोरोना सम्बन्धित जानकारी दिनका साथै कहिलेकाँही विशेषज्ञ डाक्टरहरूसँग समेत हाम्रा प्रयोगकर्ताहरूले परामर्श लिनुभयो । 

News Personalization (न्युज पर्सनालाइजेशन)
हाम्रो पात्रोमा अहिले ६५ वटा भन्दा धेरै समाचार श्रोतका समाचारहरु प्रयोगकर्ताहरूले पढ्ने गरेका छन् । ति विभिन्न समाचार श्रोत मध्ये आफूलाई मनपर्ने श्रोतको समाचार मात्र आफ्नो न्युज फिडमा हेर्न मिल्ने सुविधा नै न्युज पर्सनालाइजेशन हो । आफूलाई मनपर्ने समाचार श्रोत (न्युज पोर्टल) का समाचारका अलावा आफूलाई मनपर्ने विधा जस्तै खेल, कृषि, आर्थिक समेत चयन गरेर प्रयोगकर्ताले त्यहि समाचार मात्र हेर्न सक्नुहुनेछ । साथै, यदि तपाईंलाई अंग्रेजी भाषाको समाचार मात्र हेर्न मन छ भने यो सुविधा प्रयोग गरेर तपाईंहरुले आफ्नो न्युजको पेजमा अंग्रेजी समाचार मात्र पाउन सक्नुहुनेछ। 

यहाँहरूले हाम्रो पात्रोलाई दिएको साथ र सहयोगले हामीमा हरेक वर्ष थप उत्साह बढिरहेको छ । सन् २०२१ मा पनि यहाँहरूको माया या साथको अपेक्षा राख्दछौँ । हाम्रो नयाँ अपडेट यहाँहरूलाई कस्तो लाग्यो ? प्रतिक्रिया अवश्य दिनुहोला । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.