रक्षा बन्धनको आफ्नै सान्दर्भिकता र रैानकता हुन्छ, यो केवल चाड मात्रै नभएर दिदी भाइ वा दाजु बहिनीको सम्बन्धको सुन्दर अभिव्यक्ति हो । यो वर्ष नजिकिँदै गरेको रक्षा बन्धनमा आफ्नो दाजुभाइ दिदीबहिनीलाई के उपहार दिने भन्ने कुरामा अन्योलमा हुनुहुन्छ, भने हामी हजुरहरूलाई रक्षा बन्धनमा आफ्ना दाजु भाइलाई दिन सकिने उपहारहरू सुझाव गर्नेछैाँ ।
१. चकलेटसहितको कम्बो:
चकलेट हामी जो कोहीलाई मन पर्ने खाने कुरा मध्ये एक हो l आफ्नो दाजुभाइ दिदीबहिनीलाई रक्षा बन्धनको उपलक्ष्यमा चकलेट पठाई एकअर्का प्रतिको भावनालाई चकलेटको मिठाससँगै मनमा भएको माया व्यक्त गर्नुहोस् l मन मोहित पार्ने चकलेटसहितको कम्बो तपाईंको दिदीबहिनी दाजुभाइलाई उपहारको लागि सहि छनोट हुन सक्छ l
२. घडि, परफ्युम तथा एसेसरिज:
घडि , परफ्युम तथा अन्य एसेसरिजले मानिसको व्यक्तित्वमा निखार ल्याउने गर्दछ । हातको नाडीमा लगाइने घडिले व्यक्तित्वमा निखार ल्याउने गर्दछ । प्राय दाजु भाइ दिदीबहिनीहरूको रोजाइ परफ्युम पनि हुने गर्दछ । त्यसैले प्रत्येक दिदी बहिनीले रक्षाबन्धनमा आफ्ना दाजु भाइलाई घडि परफ्युम तथा अन्य एसेसरिज जस्तै कस्मेटिक, पर्स, वालेट, बेल्ट, टाइ, आदि उपहार दिनु उपयुक्त हुन्छ । अहिले स्मार्ट वाचमा रहेका अन्य फिचर जस्तै मुटुको चाल, पाइलाहरूले स्वास्थ्यसँग सम्बन्धित सामान्य जानकारी प्राप्त हुन्छ ।
३. केक:
आजभोली कुनै पनि खुशियालीको अवसरमा मिठास थप्न केक अनिवार्य जस्तो भएको छ l यस रक्षा बन्धनमा आफ्नो दिदीबहिनी दाजुभाइको लागि केक उपहार एक राम्रो छनोटको रूपमा लिन सकिन्छ l विभिन्न फ्लेबरमा आकर्षक डिजाइनका केकहरू साथ रक्षाबन्धनलाई उत्सवका साथ मनाउनुहोस् l
४. किताब:
किताब मनपराउनेहरूलाई किताब उपहार पाउदा उनीहरूलाई प्रफुल्लित पार्न सकिन्छ l उनीहरूलाई मनपर्ने किताबहरू पठाई यस रक्षा बन्धनलाई विशेष बनाउनुहोस् l
५. स्मार्ट फोन, इयरबड वा इलेक्ट्रोनिक्स:
अहिलेको युगमा हाम्रो जीवनयापनलाई इलेक्ट्रोनिक्स सामानले निकै सुविधा जनक बनाएको छ l दैनिकी प्रयोगमा आउने आकर्षक इलेक्ट्रोनिक्स उपहारहरू जस्तै स्मार्ट मोबाइल, इयरबड आफ्नो प्यारो दिदीबहिनी दाजुभाइलाई उपहार स्वरूप लिन सक्नुहुन्छ l
६. कुर्ता - सुरुवाल वा साडी :
रक्षाबन्धनमा दाजुभाइहरूले आफ्ना दिदी बहिनीहरूलाई कुर्ता सुरुवाल दिएर सम्बन्ध प्रगाढ बनाउन सक्छन् । गिफ्ट सम्झनाहरूको प्रतीक पनि हो । त्यसैले कुर्ता - सुरुवाल दिएर रक्षाबन्धनमा दिदी बहिनीहरूलाई खुशी बनाउन सकिन्छ । प्राय विभिन्न अवसरमा हाम्रा दिदी बहिनीलाई सारीको आवश्यकता पर्ने गर्दछ । त्यसैले रक्षाबन्धनमा दाजु भाइहरूले सारी उपहार दिनु अझै उपयुक्त हुन सक्छ ।
७. कम्बो प्याक गिफ्ट :
दिदी बहिनी वा दाजु भाइ दुवैले एक अर्कालाई कम्बो प्याक गिफ्ट दिनु पनि उपयुक्त हुन्छ । कम्बो प्याक गिफ्टमा विभिन्न उपहारहरू एकै ठाउँमा राखिन्छ । त्यसैले आफूलाई उपयुक्त लाग्ने कम्बो प्याक गिफ्ट उपहार दिएर हामीले यो रक्षाबन्धन स्मरणीय बनाउन सक्छौँ ।
८. राखी कम्बो :
रक्षाबन्धनमा दिदी बहिनीहरूले विभिन्न थरिका राखी दिन रुचाउने गर्छन् । विभिन्न डिजाइनका राखी किनेर दाजुभाइलाई लगाइदिनु उपयुक्त हुन्छ । दिदी बहिनीहरूले यो राखी कम्बो उपहार दिएर आफ्ना दाजुभाइलाई सरप्राइज पनि दिन सक्नु हुन्छ ।
९. कस्टमाईजड टिसर्ट:
दिदीबहिनी, दाजुभाइलाई मनपर्ने डिजाइन वा रक्षाबन्धन स्पेशल डिजाइनको टिसर्ट उपहार दिदा त्यो दिनको सम्झना रहनेछ ।
यदि तपाईंहरू अझ पनि आफ्नो दिदीबहिनी दाजुभाइहरूलाई दिने उपयुक्त गिफ्टको बारे अन्योलमा हुनुहुन्छ भने तल दिईएको लिंकमा क्लिक गरेर आफ्नो अन्योललाई मेट्न सक्नुहुनेछ ।
https://mart.hamropatro.com/c/-O3avNSf13oSrQmQiTC1
तपाईले के रोज्नुहुन्छ भन्ने फरक पर्दैन, सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईको दाजुभाइ दिदीबहिनीलाई तपाई कत्तिको ख्याल राख्नुहुन्छ भनेर देखाउनु हो । चाहे भव्य इशारा गरेर होस् वा साधारण गिफ्ट दिएर होस्, तपाईंले आफ्नो उपहारमा राख्नुभएको विचार र माया महत्त्वपूर्ण हुन्छ । गिफ्टस् उपहार मात्रै होइन यो खुसी साट्ने बाहना हो, आत्मियताको भावना हो ।
यदि तपाईं आफ्नो दिदीबहिनी दाजुभाइलाई उपहार पठाउन चाहनुहुन्छ भने हाम्रो मार्ट मार्फत आकर्षक छुटमा उपहारहरू लिन वा पठाउन सक्नुहुनेछ ।
त्यसोभए, तपाइँ के को लागी प्रतीक्षा गर्दै हुनुहुन्छ? उपहारहरूको हाम्रो मार्ट पेजमा गइ ब्राउज गर्नुहोस् र सरप्राइज उपहार पठाएर उहाँहरूलाई खुशी प्रदान गर्नुहोस् र यो रक्षा बन्धनलाई विशेष बनाउनुहोस् ।
रक्षाबन्धनको सबैमा हार्दिक शुभकामना !
Liked by: